Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तीन सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, आइजीपी र उप्रधानमन्त्री वरियताको टुंगो लाग्ने

[caption id=\"attachment_120886\" align=\"alignnone\" width=\"848\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं, २४ चैत । तीन सातादेखि बस्न नसकेको मन्त्रीपरिषद बैठक बिहिबार (आज) दिउँसो ३ बजे बस्ने भएको छ ।

उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र अर्कोतिर आइजीपी नियुक्ति विवादका कारण तीन सातादेखि मन्त्रीपरिषद बैठक बस्न सकेको थिएन् । मन्त्रीपरिषद बैठकमा नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आइजीपी) नियुक्ति हुने बताइएको छ । त्यस्तै बैठकले उपप्रधानमन्त्रीको वरियताबारेमा निर्णय गर्ने बताइएको छ । यसअघि सरकारले फागुन १ गते आइजीपीमा नियुक्त गरेका डिआइजी जयबहादुर चन्दको बढुवालाई सर्वोच्च अदालतले बदर गरेको थियो । अदालतको नयाँ फैसलापछि रोकिएको नेपाल प्रहरीको आइजीपी नियुक्तिका लागि सरकारले सर्वोच्चकै आदेश अनुसार प्रहरी नियमावली अनुसा निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्केपछि पहिलोपटक बैठक बस्न लागेको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधि र अर्का उपप्रधानमन्त्री कमल थापामध्ये कसलाई दोस्रो वरियता दिने भन्ने विषयमा विवाद हुँदा चैत ३ गतेपछि मन्त्रीपरिषद बैठक बस्न सकेको थिएन । वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदासमेत कार्यवाहक नतोकी र भ्रमणमा गएका थिए । देश एक साता प्रधनमन्त्री विहिन बन्यो । थापाले निधिभन्दा आफू पहिले नै मन्त्री र उपप्रधानमन्त्री बनेकाले दोस्रो वरियता पाउनुपर्ने बताएका थिए । उता निधिले सरकार गठन हुँदा भएको सहमति र ठूलो दलका हिसाबले आफूले दोस्रो वरियता पाउनुपर्ने अडान राखेपछि वरियता विवाद देखिएको थियो । मन्त्रिपरिषद् बैठक नबस्दा अरु महत्वपूर्ण ५२ वटा प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा रोकिएको छ, त्यसलाई आजको बैठकले अगाडि बढाउने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending