Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भूकम्प पीडितको लाखौं खर्चेर बनाइएको नाटकः हाता लाग्यो शून्य !

\"\"सिन्धुपाल्चोक, २४ चैत । सदरमुकाम चौतारामा भूकम्पमा आधारीत कृतिम अभ्यास कार्यक्रम ठुलै रकम खर्च भएको पाईएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति सिन्धुुपाल्चोकले आयोजना गरेको अभ्यास कार्यक्रममा जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा गरेका थिए । अभ्यास कार्यक्रममा करिब १४/१५ लाख खर्च भएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताएका छन् । तर, सिलवालले १४/१५ लाख खर्च भएको अनुमान लगाएको भएपनि जिल्ला दैवि प्रकोप उद्धार समितिमै अभ्यास कार्यक्रमका लागि संघसंस्थाले १६ लाख रुपैयाँ खर्च विनियोजन गरेको थियो । ‘हामीले औषतमा १४/१५ लाख खर्चकोे अनुमान लगाएका हौँ’ प्रजिअ सिलवालले भने–‘अहिलेसम्म नाटकको एकिन खर्च विवरण आउन नसकेकाले अनुमान भन्दा धेरै खर्च हुनसक्ने सम्भावना रहेको छ ।’ भूकम्पपछि हुनसक्ने जोखिम न्यूनिकरणका लागि भनेर अभ्यास कार्यक्रम गरिएको जिल्ला समन्वय समितिका निमित्त प्रमुख राजेन्द्र नेपाल बताउँछन् । कार्यक्रमको एकिन खर्च विवरण अझैपनि बाहिर ल्याउन नसकेकोसमेत नेपालले स्विकार गरे । ‘के कति खर्च भएको छ, अहिलेसम्म खर्चको एकिन विवरण जिल्ला दैवि प्रकोप उद्धार समितिले तयार गर्न सकेको छैन’ उनले भने । ठुलो रकम खर्च गरेर नाटक देखाउने कुनै खासै उपलब्धि नभएको गैर सरकारी महासंघका जिल्ला अध्यक्ष सोम सापकोटा बताउँछन् । जनतालाई जनचेतना जगाउनका लागि नाटक गरिएको भएपनि त्यसबाट जनमानसमा कुनै किसिमको सोचसमेत पैदा नभएकोसमेत सापकोटाले बताए । ‘सदरमुकामको एक छेउमा नाटक गरेर लाखै रकम झ्वाम पारेर कुनै उपलब्धि नभएको भएपनि जिल्ला दैवि प्रकोप उद्दार समितिको आग्रहलाई आफुहरुले मानेको मात्र हो’ अध्यक्ष सापकोटाले खबरडबलीसँग भने–‘संघसंस्थाहरुले समन्वय गरेर नाटकमा खर्च गरेका हुन् । त्यसको हिसाब÷किताब कसरी कहिले आउँछ भन्ने जिल्ला दैवि प्रकोप उद्धार समितिलाई नै जानकारी रहेको छ ।’ अहिले अभ्यास कार्यक्रमको नाममा मात्रै अनुमानित बजेटभन्दा दोब्वर रकम खर्च गरेकोे स्रोतले बताएको छ । सरकारी कर्मचारीहरुले नै नाटकमा ठुलै रकम हिनामिना गरेको बताईएको छ । नाटकको नाममा भएको रकमको एकिन विवरण न जिल्ला दैवि प्रकोप उद्दार समितिले दिन सकेको छ न त गैरसरकारी महासंघसँग संघसंस्थाले सहकार्य गरेका छन् । भूकम्प गएको २ वर्ष पुग्न लागिसकेको छ । भूकम्प पीडितहरुले अहिलेसम्म पुनर्निर्माणको लागि खास ठोस वातावरण बनाउँन सकिरहेका छैन । भूकम्पपछि जिल्लामा भित्रिएका संघसंस्थाहरुले प्रष्ट रुपमा हेर्दा नै देखिन्छ आफ्नो दुनो सोझाईरहेको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending