Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

छात्रालाई यौनशोषण गर्दागर्दै शिक्षक पक्राउ

\"\"महोत्तरी, २३ चैत । महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । शिक्षक साहले यसैवर्ष एसईई दिइबसिरहेकी एक १६ वर्षीया छात्रालाई हिजो थप अध्ययन कक्षा तयारी गराउने नाउँमा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाई सो छात्रालाई उद्धार गरेको थियो । छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए । पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक/पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयवासी बताउँछन् । आज पीडित छात्राको परिवारजनबाट शिक्षक साह विरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी पनि परेको छ । प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending