Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

आरआर स्ववियु कार्यसमितिले पूर्णता पायो

\"\"काठमाडौँ, २३ चैत । चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ । समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए । उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए । “अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाएको छ” उनले भने “स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।” प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका अनुसार समानुपातिक मतको आधारमा अनेरास्ववियुले पाँच, नेपाल विद्यार्थी सङ्घले तीन, अनेरास्ववियु क्रान्तिकारी र संयुक्त प्यानलबाट एक÷एक जना स्ववियु कार्यसमितिमा आएका छन् । स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु उपाध्यक्षमा श्रीकृष्ण उप्रेती र सहसचिवमा इन्द्रहाङ राईलाई चयन गरिएको जानकारी गराए । एक्काइस सदस्यीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य निर्वाचित भएका थिए भने समानुपातिकबाट उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत प्राप्त मतको आधारमा निर्वाचित गर्ने व्यवस्था रहेको थियो । यसैबीच, सर्वोच्च अदालतले आरआरमा भएको निर्वाचन बदरको माग गरी दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने भएको जनाएको छ । मङ्गलबार न्यायाधीश दीपक जोशीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो । अनेरास्ववियु क्रान्तिकारीका धु्रवराज वाग्लेले चैत १५ गतेको स्ववियु निर्वाचन बदर गर्न माग गदै चैत १६ गते सर्वोच्च रिट दायर गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE