Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

माओवादीले उम्मेदवार घोषणा गर्यो

\"\"बैतडी, २३ चैत । नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए । यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उनले भने, “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।” नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए । पार्टीमा उम्मेदवारका आकांक्षी धेरै छन् उनीहरुमध्ये उत्कृष्टको खोजी भइरहेको उनले बताए । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले जानकारी दिए । गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । त्यहाँ सहमति हुन नसकेमात्रै हामी जिल्ला कार्यसमितिमा पठाउँछौँ, उनले भने । यस्तै, नेकपा (एमाले)ले पनि जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । “जिल्लाका सबै ठाउँमा हामीले भेला गरिरहेका र पार्टीमा पु¥याएको योगदान, स्थानीयको चाहनालगायतका विषयलाई ध्यान दिएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला सचिव लिलाधर भट्टले बताए । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ । “गाउँपालिका तथा नगरपालिकामा नेतृत्वका लागि आकांक्षीको नामावली चैत मसान्तभित्र पठाउन भनेका छौँ । वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउँछौँ ।” राप्रपाका प्रदेश नम्बर ७ का संयोजक पुष्करराज जोशी (लख्खाभाइ) ले भने । ठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् । बैतडीमा स्थानीय तहको निर्वाचनमा सम्भावित उम्मेदवार खोज्नका लागि राजनीतिक दल गाउँगाउँमा पसेका छन् । स्थानीय तहको निर्वाचनका लागि आफ्नो दलको तर्फबाट कसलाई टिकट दिँदा उपयुक्त हुन्छ त्यसका लागि अध्ययन गर्न दल गाउँगाउँ पुगेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE