Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

निर्वाचन बहिष्कार गर्ने रुकुमवासीको चेतावनी

\"\"रुकुम, २२ चैत । रुकुमको तकसेरावासीले आगामी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका तकसेरावासीले तकसेरामा केन्द्र नतोकिए स्थानीयसहित प्रादेशिक र केन्द्रीय तहको निर्वाचनसमेत बहिष्कार गर्ने चेतावनी दिएको खबर आजको नयाँ पत्रिकामा छ । आन्दोलित तकसेरावासीले गाउँपालिकाको केन्द्रको विषयमा एक विकल्प पनि दिएका छन् । तकसेरामा केन्द्र बन्न नसके स्थानीय तहको निर्वाचन नहुँदासम्म गाउँपालिकाको सम्पूर्ण काम सदरमुकामबाट गर्नुपर्ने विकल्प तकसेरावासीले राखेका छन् । ‘यदि गाउँपालिकाको केन्द्र तकसेरामा नबन्ने हो भने निर्वाचन नहुँदासम्म गाउँपालिकाको सम्पूर्ण काम सदरमुकामबाटै हुनुपर्छ,’ तकसेरा संघर्ष समितिका संयोजक जुद्ध बुढाले भने, ‘निर्वाचनबाट विजयी भएर आएको नेतृत्वले केन्द्रको टुंगो लगाउने भनिएको छ, त्यसमा हामी सहमत छौँ ।’ उनले तत्कालीन कोल गाविस कार्यालयबाहेक कोलकै अन्य ठाउँमा पनि हाललाई अस्थायी केन्द्र तोकिए पनि मान्न तयार रहेको बताए । तर, राजपत्रमा उल्लेख गरिएअनुसार तत्कालीन कोल गाविस कार्यालयमा गाउँपालिकाको केन्द्र कायम गरिए कुनै हालतमा निर्वाचन बहिष्कार गर्ने उनीहरूको चेतावनी छ । गाउँपालिकाको केन्द्र माग गर्दै आन्दोलित बनेका तकसेरावासीले यसअघि तकसेरामा प्रहरीबाहेक सरकारी कर्मचारी, राजनीतिक दल, संघसंस्थालगायतलाई प्रवेश निषेध गरेका थिए । राज्यले नै मापदण्ड मिचेपछि किन चुप लाग्नु ? राज्यले नै मापदण्ड मिचेर विद्रोह निम्त्याएको तकसेरावासीले आरोप लगाएका छन् । स्थानीय तह निर्धारणका लागि बनेको विघटित आयोगले तोकेको मापदण्ड, कार्यविधि र कार्य सर्तलाई राज्यले उल्लंघन गरेको तकसेरा संघर्ष समितिको आरोप छ । आयोगले भनेअनुसारका सबै मापदण्ड तकसेरामा हुँदाहुँदै पनि राज्यले त्यसलाई मिचेर तत्कालीन कोल गाविस कार्यालयमा गाउँपालिकाको केन्द्र तोकी मापदण्ड मिचेको तकसेरावासीको आरोप छ । गाउँपालिकामा एसइई र उच्च माविको एक मात्र केन्द्र भएको, कृषि र पशु सेवा केन्द्र भएको, फराकिलो भूगोल, इलाका प्रहरी कार्यालयलगायत सुविधा रहेकाले केन्द्र तकसेरामै बन्नुपर्ने उनीहरूको अडान छ । पार्टीले टिकट दिए पनि लिँदैनौँ प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का तकसेरा प्रमुखहरूले स्थानीय निर्वाचनमा टिकट दिए पनि नलिने घोषणा गरेका छन् । आफूहरूको माग सम्बोधन नभएसम्म निर्वाचन बहिष्कार गर्ने उनीहरूले बताएका छन् । कांग्रेसका हरिशंकर घर्ती, एमालेका सतमान पुन र माओवादी केन्द्रका तेजेन्द्र खाम मगरले पार्टीले टिकट दिए पनि नलिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE