Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

यसकारण म्यादी प्रहरीमा आकर्षित छन् महिला

\"\"बर्दिया, २२ चैत । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् । स्थानीय तह चुनावका लागि आह्वान गरिएको म्यादी प्रहरीमा आवेदन दिन सदरमुकाम आएकी दुर्गाले भनिन्, “प्रहरी हुने सानैदेखिको इच्छा हो । पहिलोपटक असफल भएँ । प्रहरी नै हुन नसके पनि यसपालि म्यादी प्रहरी बन्ने धोको छ ।” उनीजस्तै धेरै महिला यतिखेर म्यादी प्रहरीको लाइनमा छन् । सामान्य लेखपढ गरेका मात्र होइन, स्नातक तह पढ्दै गरेका युवती र गृहिणीको म्यादी प्रहरी बन्ने धोको छ । महिलामध्येमा पनि थारु महिला बढी छन् । म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने र घरखर्च पनि चलाउन सजिलो हुने उनीहरूको भनाइ छ । सदाशिव बहुमुखी क्याम्पस मगरागढीमा स्नातक प्रथम वर्षमा पढ्दै गरेकी आशाकुमारीले म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने हुनाले म्यादीमा भर्ना हुन आएको बताइन् । “यतिखेर समय खाली छ । फुर्सद छ । समयको पनि सदुपयोग हुने, पढाइ खर्च पनि जुट्ने भएकाले म्यादी बन्ने इच्छा जागेको हो,” उनले भनिन् । विगतमा घरायसी काममा मात्र सीमित रहने महिला आजभोलि सामाजिक काम तथा अन्य क्षेत्रमा सक्रिय देखिनुले महिलाको चेतनास्तर बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् । सरकारले म्यादी प्रहरीलाई सेवा सुविधा पनि राम्रै दिएकाले पनि यसमा आर्कषण बढेको महिला बताउँछन् । अघिल्ला निर्वाचनमा म्यादीका लागि महिलाले खासै चासो देखाउँदैन्थे । यसपालि भने बढी आकर्षित छन् । अनुभव पनि हुने र कमाइ पनि हुने भएकाले आफूहरू आकर्षित भएको महिला बताउँछन् । म्यादीको अनुभवले सेना प्रहरीमा जागिर खान सजिलो हुने धेरैको बुझाइ छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार म्यादीका लागि एक हजार १२७ महिलाले आवेदन दिएका छन् भने पुरुष चार हजार सात रहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । प्रहरी उपरीक्षक बोहराका अनुसार एक हजार ११२ जनालाई म्यादीमा छनोट गरिने छ । म्यादी प्रहरीले तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE