Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

\"\"म्याग्दी, २२ चैत । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रविधि भित्रिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले जानकारी दिए । “कृत्रिम तरिकाले उत्पादन गरिएको रानी मौरीमा अन्डा पर्ने क्षमता बढी हुने, कुट र महको उत्पादन तथा गुणस्तर बढ्ने र घार छाडेर भाग्ने समस्यामा कमी आउँछ” शर्माले भने “यो प्रविधिले म्याग्दीमा व्यावसायिक मौरीपालन विकासमा ठूलो मद्दत गर्छ ।” शाखा र कृषि विकास कार्यालयले कुहुँ, डडुवा, चिप्लेटी, पूर्णगाउँ, सल्लान, थाइवाङ र भरजुलाका कृषकलाई मौरीमा ग्राफ्टिङ गर्ने प्रविधिको विषयमा स्थलगत तालिम दिएका छन् । सोमबार सम्पन्न तालिममा सहभागी २९ जना मौरीपालक कृषकलाई मौरीको लार्भालाई प्रत्यारोपण रानी मौरी विकास गर्ने प्रविधिको बारेमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो । मैन पगालेर तयार पारिएको क्युवीनकप (रानीमौरी बस्ने ठाउँ) लाई डिपिङ रडको सहायताले घारको फ्रेममा टाँसेर विशेष प्रकारको सुईको सहायताले रानीविहीन घारमा ४८ घन्टासम्मको लार्भा राखिन्छ । कर्मी र राना मौरीले कृत्रिम तरिकाले राखिएको लार्भालाई रानीको रुपमा स्वीकार गरी हुर्काउने शाखाकी नायब प्राविधिक सहायक अनिता रानाले बताए । “लार्भा राख्नुअघि नै घारबाट रानी मौरी निकाल्नुपर्छ” रानाले भने, “क्विनकपमा लार्भा राख्नुअघि रानी मौरीको लागि आवश्यक मह तथा आहराको व्यवस्था गर्नुपर्छ ।” कृत्रिम प्रविधिबाट १६ दिनमा तयार हुने रानी मौरीले दिनमा ७०० देखि ८०० वटासम्म अन्डा उत्पादन गर्न सक्ने रानाले बताए । यस्तो प्रविधिबाट रानी मौरीको उत्पादन गर्दा गोला छाडेर नभाग्ने, रोग नलाग्ने र मह उत्पादन बढ्ने अपेक्षा गरिएको बेनपा–५ डडुवाका मौरीपालक कृषक मीनबहादुर खत्रीले बताए । एपी सेरेना जातको मौरीमा यसअघि देशका अन्य ठाउँमा गरिएको परीक्षण सफल भएपछि म्याग्दीमा यस वर्षदेखि विस्तार गरेको शाखाका प्राविधिक सहायक लक्ष्मीप्रसाद गिलालले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE