Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

'झन्डै ज्यान गएको थियो'

\"\"काठमाडौं, २२ चैत । नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नारायणगढबाट १७ किलोमिटर उत्तर कविलासको घुमाउनेमा करिब १० बजे ढुंगा खसेजस्तो ठूलो आवाज आयो । मान्छेहरू कराउन थाले, \'पहिरोले गाडी पुर्यो, मान्छे मर्यो ।\' सडक माथिबाट ठूलो चट्टानसहित खसेको पहिरोले ना ४ ख ५४१९ नम्बरको ट्यांकर पुरियो । एकछिनपछि मानिसहरू घटनास्थलतर्फ जान थाले । ट्यांकर र त्यसको छेवैमा एकजना मान्छे पुरिएका थिए । तिनको मृत्यु भइसकेको थियो । अर्कोपट्टि ढुंगाको चेपबाट आवाज आयो, \'बचाऊ...बचाऊ ।\' सानो प्वालबाट एउटा हात हल्लिएको देखेपछि प्रत्यक्षदर्शी कराउन थाले, \'ल, यहाँ एकजना जीवितै रहेछन्, जतिसक्दो छिटो निकालौं।\' सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् । \'जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो\', मन्दिपले भने, \'म बाँचें भनेर पत्याउन सकेको छैन ।\' उनी बुवासँग नवलपरासीको बर्दघाट जान लागेका थिए । बसमा जाँदै गरेका आमा दिलमाया, भाइ सञ्जु भनिने भुवनसिंह र दाजुको अवस्थाबारे साँझसम्म उनी बेखबर थिए । उनलाई बुबाका बारेमा कसैले नभने पनि आस मारिसकेका थिए । उनीहरू अर्घाखाँचीस्थित सुपा देउरालीमा पूजा गर्न मंगलबार जाने तयारी गरिरहेका थिए । बर्दघाटमा रहेका ठूलोबुबा र मामालाई भेटेर परिवारसँगै मंगलबार अर्घाखाँची जाने योजना थियो । \'बुबासँग आएको हुनाले मैले अरू सोच्न सकिनँ । बुबा के हुनुभयो होला भन्नेमा ध्यान गयो\', चितवन मेडिकल कलेजमा उपचाररत मन्दिपले भने ।अगाडिको भाग पुरिएको ट्यांकर चालक बन्नु पटेल पनि पहिरोबाट बाँच्न सफल भए । उनीसँगै रहेका सहचालक विनय कोइरीको भने मृत्यु भयो । बन्नु झ्यालबाट बल्लतल्ल निस्केपछि अरूले उद्धार गरेका हुन् । टाउकोमा चोट लागेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending