Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

थोरै मेहेनतले मोटरसाइकल सँधै चम्किलो

\"\"सहरी क्षेत्रमा मात्र होइन, अहिले राजमार्गका सडक पनि धुलाम्य भएका छन् । जसले गर्दा सवारीचालकलाई त धुलोले असर पु¥याएको छ नै, त्यसले सवारीसाधनलाई पनि खराब बनाइरहेको छ । यस्तो अवस्थामा सफा र चम्किलो मोटरसाइकल चलाउने चाहना पूरा गर्न समस्या नै हुन्छ । सधैँ सफा गर्न वास सेन्टरमा लाने सम्भव पनि हुँदैन । त्यसैले मोटरसाइकल घरैमा सफा र चम्किलो बनाइराख्ने तरिका पनि जान्न जरुरी छ । वासिङ सेन्टरमा नलगी घरैमा मोटरसाइकल सफा र चम्किलो बनाउने तरिकाबारे कायस्थ मोटर्सका नसिब कायस्थका सुुझाब यस्ता छन् : बाइकमा लागेको धुलोमैलो सफा गर्न सबैभन्दा पहिला पानी प्रयोग गर्नुुपर्छ । पानीसँगै स्याम्पु लगाएर रगडेर बाइक पुछ्नु राम्रो हुन्छ । स्याम्पुको प्रयोगले धेरै परिश्रम नगरीकनै मोटरसाइकलमा लागेको हिलो तथा मैलोको दाग सफा गर्न सकिन्छ । बाइक रगड्नलाई भने फम प्रयोग गर्न सकिन्छ । तर, पानी धेरै छ्याप्दा इलेक्ट्रिकल पार्टस्मा धेरै नपरोस् भन्नेमा भने सचेत हुनुपर्छ । पानीले मोटरसाइकल सफा गरे पनि कुनाकाप्चामा बाँकी रहेको पानीलाई सफा तथा सुक्खा कपडाले पुछ्नुपर्छ । बाइकलाई पूरै सुक्खा बनाउनु अत्यन्त आवश्यक छ । अन्यथा ब्याट्री, इन्जिन, प्लग एरियामा पानीका थोपा रहिरहन सक्छ । सुक्खा नबनाउँदा बोल्ट भएका स्थानमा खिया लाग्ने सम्भावना रहन्छ । बाइकलाई सफा गरेपछि चम्किलो बनाउन आफैँले पोलिसिङ गर्नु राम्रो हुन्छ । यसका लागि वेक्स पोलिस या अन्य रेगुलर पोलिस रोज्न सकिन्छ । फमको सानो टुक्रामा पोलिस राखेर त्यसलाई पूरै फर्मभरि पर्ने गरी मिच्ने । त्यसपछि पूरै बाइकमा एकपटक लगाएर करिब १५ मिनेट त्यतिकै सुक्न दिने । मोटरसाइकलमा पोलिस गरिसकेपछि सुक्खा कपडाले पुछ्नुपर्छ । यसरी थोरै मिहिनेत गरेर घरैमा मोटरसाइकल तथा स्कुटर सोरुमबाट भर्खरै निकालेको जस्तो चम्किलो बनाउन सकिन्छ । यस्तो बाइक चलाउनुको मज्जा नै फरक हुन्छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending