Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

वाइसीएल सिद्धार्थनगरको सम्मेलन सम्पन्न

\"\"भैरहवा, चैत २१ । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल सिद्धार्थनगर, रुपन्देहीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेताहरुले अन्याय, अत्याचार र भ्रष्टचार विरुद्ध वाइसीएलले सधैं काम गर्दै आएको र हरेक परिवर्तनमा यस संगठनको उल्लेखनीय भुमिका रहेको चर्चा गर्दै आगामी स्थानीय तहको निर्वाचनको वाइसीएल सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । सम्मेलनमा वक्ताहरुले हरेक क्रान्ति र परिवतर्नमा माओवादीले नेतृत्व लिँदै आएको कारणले मात्र नभई गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीता जस्ता एजेण्डा माओवादीले बोकेको कारण पार्टीले जनताको मन जित्न सफल रहेको बताए । वाइसीएल नेपालका केन्द्रीय सचिव तथा विदेश विभाग प्रमुख निर्मल जि.सी.ले माओवादीले युद्धकाल होस वा र शान्ति प्रक्रियामा सबै कालखण्डमा उत्पीडित समुदायको मुद्वा सदैव बोकेको र वाइसीएलले समाजमा रहेका विकृति, विसङगति र अन्याय विरुद्ध सधैं आवाज उठाउदैं आएको बताए । नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले देश निर्माणमा युवाहरुको ठूलो भुमिका रहेको र यसका लागि अब युवाहरु आत्मनिर्भर बन्न आवश्यक रहेको उनको जोड थियो । उनले सिंहदरबारमा केन्द्रित रहेको अधिकार स्थानीय तहका जनतालाई प्रत्याभुति दिलाउने काम माओवादीले नै गरेको दावी गरे । कार्यक्रममा माओवादी केन्द्र सिद्धार्थनगरका उपाध्यक्ष उमेश खनाल, सचिव तिर बहादुर रोकाय (डार्विन), कोषाध्यक्ष कमला थापा, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य धनबहादुर गुरुङ, वाइसीएल रुपन्देहीका संयोजक माधव बस्नेत, आकाश खान लगायतले माओवादी प्रतिको जनविश्वास र भरोसा कायम राख्नुपर्ने र आगामी स्थानीय निकायको निर्वाचनमा पार्टीलाई जिताउन वाइसीएलले उल्लेखनीय भुमिका खेल्नुपर्ने बताए । वाइसीएल सिद्धार्थनगरमा कुंवर वाइसीएल सिद्धार्थनगर, रुपन्देहीको आइतबार सम्पन्न दोस्रो नगर सम्मेलनले केशव कुंवरको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा समिर खान, सचिवमा जोशन गुरुङ्ग, कोषाध्यक्षमा विनोद थापा र सह–सचिवमा चुन्नु खान रहेका छन । वाइसीएल नेपाल सिद्धार्थनगरका अध्यक्ष केशव कुंवरको अध्यक्षता, केन्द्रीय सचिव निर्मल जि.सी.को प्रमुख आतिथ्यता, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टि.पी.न्यौपाने, दलित राष्ट्रिय मुक्ति मोर्चा रुपन्देहीका उपाध्यक्ष राजेन्द्र धवल, विशाल गुरुङ लगायतको आतिथ्यता, सिद्धार्थनगर सचिव जोशन गुरुङ्गको सञ्चालन तथा माओवादी केन्द्र रुपन्देहीका जिल्ला समिति सदस्य सुरेन्द्र कुमार तिवारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending