Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा

\"\"काठमाडौं, २१ चैत । ३१ वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट कार्य अहिले तीव्र रूपमा भइरहेको छ । ७५ हजार जनशक्तिका लागि १ लाख ७० हजारभन्दा बढीको आवेदन परेको छ । म्यादी प्रहरी भर्नाका लागि देशभर आकर्षण रहेको उल्लिखित तथ्यांकबाट पनि पुष्टि हुन्छ । आजको राजधानी दैनिकमा खबर छ–म्यादी प्रहरीका लागि आर्थिक रूपमा कमजोर रहेका, बेरोजगार युवा शक्तिलगायतको आवेदन परेको हामी अनुमान गर्न सक्छौं । तर, म्यादी प्रहरीका लागि आवेदन हालेका एक युवाको पहुँच, आर्थिक स्थिति, सम्पन्नता हेर्ने हो भने हाम्रो अनुमान गलत पनि हुन सक्छ । हो, म्यादी प्रहरीका लागि एकजना यस्ता युवकले निवेदन हालेका छन्, जसलाई हामी सहजै पत्याउन सक्दैनौं । पत्याउन उनका कुरा सुन्नैपर्छ । उनी हुन्, नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालका नाति पूजन बराल । उनले म्यादी प्रहरीका लागि दरखास्त हालेको त्यतिबेला खुलासा भयो, जब काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीलाई पूर्वआईजीपी बरालले आफ्नो नातिलाई छनोटका लागि सिफारिस गरे । म्यादी प्रहरी छनोटमा व्यस्त एसएसपी जोशी सुरुमा त आफैं अचम्ममा परे । पूर्वआईजीपी बरालले आफ्ना नातिको म्यादी प्रहरी बनेर दुर्गम ठाउँमा गई सेवा गर्ने रहर सुनाउँदै गएपछि उनलाई पत्याउन करै लाग्यो । त्यसपछि एसएसपी जोशीले म्यादी प्रहरी छनोट भइरहेको टेकु परिसरमा पूजनको खोजी गरे । उनलाई फेला पारेपछि एसएसपी जोशीले सोधे, ‘म्यादी प्रहरीमा भर्ना हुने हो ?’ पूजनले सहजै जवाफ दिए, ‘हो, त्यसैका लागि त निवेदन हालेको र छनोटमा परिन्छ कि भनेर यहाँसम्म आएको ।’ पूजनले एसएसपी जोशीसँग भने, ‘म्यादी प्रहरी बन्न निवेदन दिएको मलाई तपाईंले बोलाएर नै सोधेपछि भर्ना हुने थप उत्साह मिलेको छ ।’ एसएसपीले जोशीले उनले आफू हजुरबाको प्रेरणाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताएको जानकारी दिए । पूजन भर्खरै प्लस टु सकाएर उच्च शिक्षा अध्ययनका लागि भारत जाने तयारीमा छन् । ‘को–को आउँछन्, सबैको पारिवारिक अवस्था र उनीहरूको हैसियत केलाउने कुरा भएन, तर यसले के देखायो भने सम्पन्न परिवार, उच्च तहका व्यक्तिहरू पनि म्यादी प्रहरीमा भर्ना भएका छन्,’ परिसर प्रमुख एसएसपी जोशीले भने । पूर्वआईजीपी बरालले आफूले नेपाल आमाको सेवा गर्नुपर्छ भन्ने प्रेरणा दिएपछि उनमा म्यादी प्रहरीप्रति मोह बढेको बताए । ‘जागिरको आकर्षण आफ्नै स्थानमा होला, तर जीवनको महŒवबोध पनि हुन्छ, त्यसकारण म्यादी प्रहरीमा भर्ना भए राम्रै हुन्छ भन्ने सल्लाह दिएको हुँ,’ पूर्वआईजीपी बरालले भने, ‘आजकालका केटाहरूको सोचाइ ठूलो हुन्छ तर भुइँको सत्य जो छ, त्यसलाई आधार मान्नुपर्छ ।’ उनले आफूले नातिलाई घरमा बस्नुको साटो नेपाल बुझेर आइज भनेर सल्लाह दिएको पनि बताए । पूर्वआईजीपी बराले नाति पूजनलाई नेपालको सबैभन्दा दुर्गम गाउँमा जान पनि सल्लाह दिएका छन् । ‘आम नेपालीले कस्तो पीडा भोगेका छन्, दुर्गममा बस्ने नेपालीहरू कस्तो समस्यामा छन्, त्योबारे जानकारी हुने भएकाले पनि नातिलाई दुर्गममा जान सल्लाह दिएको हुँ,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE