Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कोलम्बियामा भिषण पहिरो , २०६ जनाको मृत्यु

[caption id=\"attachment_28302\" align=\"alignleft\" width=\"664\"]\"\" file photo[/caption] कोलम्बिया, २० चैत । दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् । दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजारौं घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ । पछिल्लो विवरणअनुसार कम्तीमा २०६ जनाको मृत्यु २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई आइतबार जानकारी दिए । कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । उनले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गरेका छन् । स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले “अकल्पनीय दुःखदायी घटना” भएको बताएका छन् । उनले स्थानीय एक रेडियोसँग भनेका छन् “सयौं व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।” राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठुलो बाढी आएको उनको भनाई छ । राष्ट्रपति सान्तोषले त्यो नदिमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरी बसोबास गर्नेलाई सतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताए । उनले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । “हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं” उनले भने । उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ । निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् । कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् । गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो । जलबायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसङ्घीय निकायका अधिकारीले बताएका छन् । रासस÷एएफपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies