Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गोली लागेर पनि बल्लबल्ल बाँचेँ

\"\"०४६ साल चैत २४ गते संयुक्त जनमोर्चाको नेतृत्वमा ठूलो आन्दोलन भएको थियो । राजतन्त्रविरुद्ध जनसागर सडकमा ओर्लिएको थियो । सरकारले आन्दोलन दबाउन सबै शक्ति लगाएको थियो । व्यापक धरपकड भयो । त्यही दिनको सम्झनामा ०४८ साल चैत २४ गते जनआन्दोलन दिवस मनाउने निर्णय भयो । तत्कालीन सात वामघटकले चुनावी मोर्चाका रूपमा संयुक्त जनमोर्चाको निर्माण गरेका थिए । संयोजक निर्मल लामा हुनुहुन्थ्यो ।त्यतिखेर म नेकपा (एकताकेन्द्र)निकट विद्यार्थी संगठनको मीनभवन क्याम्पस अध्यक्ष थिएँ । पार्टीले मलाई कैलालीमा खटायो । त्यो दिन नेपाल बन्दको आयोजना गरियो । कैलालीको भल्का भन्ने ठाउँमा थिएँ । बाटो अवरोध गरेर माइकिङ गरिरहेका थियौँ । तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल पनि त्यतिवेला धनगढीबाट नेपालगन्जतर्फ जाँदै हुनुहुँदो रहेछ । कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रबहादुर सिंह पनि उहाँसँगै हुनुहुन्थ्यो । उहाँहरूसँगै पछि हाम्रै पार्टीले सभासद् बनाएका रवीन्द्रप्रताप शाह पनि एउटै गाडीमा हुनुहुँदो रहेछ । विद्यार्थी संगठनमा काम गरिरहेको ममा त्यतिखेर जोस बढी नै थियो । सडक अवरोध गर्दै अग्रपंक्तिमा उभिएर माइकिङ गरिरहेको थिएँ । एक्कासि रामचन्द्र पौडेललगायत चढेको गाडीभित्रबाट गोली चल्यो । मेरो कोखामा लाग्यो । एक्कासि मेरो हात गोली लागेको ठाउँमा पुग्यो । गोली लागेको ठाउँमा हात राखेर म बेतोडले भागेँ । भाग्दै जाँदा केही पर एउटा पसल खुलिरहेको देखेँ । त्यहीँभित्र छिरेँ । सडक बन्द थियो । कुनै पनि सवारीसाधनको आवत–जावत थिएन । आफ्नै अवस्था देख्दा मलाई बाँच्छु भन्ने लागेन । आफू मरे पनि सँगै आन्दोलनमा होमिएका सहयोद्धा र परिवारको मन बुझाउन केही त लेख्छु भनेर कापीकलम पनि मगाएँ । फेरि, भित्र कहाँ हो कहाँ आशाको मधुरो किरण छरिएजस्तो भयो । त्यसपछि कापीकलम त्यत्तिकै थन्क्याइदिएँ । अस्पताल जान एक्लै सम्भव थिएन । मेरो पछि–पछि केही साथी पनि आएका रहेछन् । एकजना दाइले उपचारका लागि धनगढी लैजाने व्यवस्था मिलाउनुभयो । तर, धनगढीमा पनि लामो समयसम्म प्रहरी कार्यालयमै राखियो । मलाई गोली लागेको थाहा भएपछि बाहिर आन्दोलनकारी झन् उत्तेजित थिए । यस्तो अवस्थामा अस्पताल लान नसक्ने भन्दै पुलिसले लामो समयसम्म कार्यालयमै राख्यो । ६ बजेतिर मात्रै अस्पताल पुर्याइयो । तर, धनगढीमा उपचार सम्भव भएन । अनि, भारतको बाटो हुँदै नेपालगन्ज पुर्याइयो । तर, त्यहाँ पनि उपचारमा ढिलाइ भयो । विद्यार्थीहरूले बाहिरबाट विरोध गरेपछि मात्रै उपचार छिटो गरियो । त्यसपछि काठमाडौंको शिक्षण अस्पतालमा रिफर भयो । २४ दिन अस्पतालमा नै बसेँ । त्यसो त अस्पतालबाटै गिरफ्तार गर्ने कोसिस पनि भयो । त्यसैले प्रशासनलाई छलेर अस्पतालबाट उम्किएँ । डिस्चार्ज भएको झन्डै एक महिनासम्म बोली नै बन्द भयो । संकेत गरेर आफ्ना कुरा भन्थेँ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE