Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अड्कियो मोर्चासँग सहमति

\"\"काठमाडाैं, २० चैत । सरकार र मधेसी मोर्चाबीच हुने भनिएको सहमति अन्तिम समयमा आएर अड्किएको छ। सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेरि प्रयास गर्ने भएका छन् । अाजको नागरिक दैनिकमा खबर छ– माओवादी केन्द्रका नेताको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा शुक्रबार सरकार पक्ष र मोर्चाबीच भएको छलफलको समीक्षा भएको थियो । शुक्रबारको बैठकमा संंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्त राखेका कारण सहमति भाँडिएको नेताहरूले बताएका छन् । यादवले मतदाता नामावलीमा छुटेका नाम राख्न र निर्वाचन आयोगमा दल दर्ता गराउन आयोगले समय दिनुपर्ने सर्त राखेका थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् । यादवले राखेको सर्तमा पार्टी सभापति तहमै छलफल गर्नु भन्दै बैठकमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले असहमति जनाएका थिए । मोर्चाका नेताहरूले मतदाता नामावलीमा छुटेको नाम राख्न र दल दर्ताका लागि समय दिन निर्वाचन मिति केही पर पनि सार्न साकिने बताएका थिए । तर सरकारले भने निर्वाचन तिथि सार्ने विषयमा सहमति जनाएन । निर्वाचन तिथि सार्न सिटौलाले पनि सहमति जनाएनन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेसी मोर्चालाई चुनावमा ल्याउन निर्वाचन तिथि सार्न सकिने भन्दै सरकार यसमा तयार नभए मोर्चासँगको सहमति अघि नबढ्ने बताए । ‘मधेसी मोर्चालाई चुनावमा ल्याउन सरकारले चुनाव मिति पनि सार्न सक्नुपर्छ । चुनाव सार्न सक्दैनाैं भन्ने अडान राख्ने हो सहमति जुट्न सक्दैन’, भण्डारीले भने । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले चुनाव मिति सार्ने सम्भावना नभएको भन्दै तोकिएको मितिमै चुनाव हुने बताए । ‘चुनाव मिति सार्ने छलफल नै भएको छैन । यसमा सरकारले सहमति जनाउन सक्दैन’, आचार्यले भने । शुक्रबारको बैठकमा सरकार र मधेसी मोर्चाबीच संविधानको धारा २७४ मा संशोधन गर्ने, राष्ट्रियसभाको निर्वाचन मण्डलबाट गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई हटाउने, सीमांकनको समस्या सुल्झाउन शक्तिशाली सीमांकन आयोग गठन गर्ने, संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा सीमांकनबाहेक अन्य विषयलाई फास्ट ट्र्याकबाट संशोधन गर्ने सहमति जुटेको थियो । तर सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि फोरम नेपालका अध्यक्ष यादवले मतदाता नामावलीमा छुटेको नाम राख्न निर्वाचन आयोगले समय दिनुपर्ने सर्त राखेका थिए । ‘यादवको सर्तलाई कांग्रेस नेता सिटौलाले अस्वीकार गर्दै छुटेको नाम राख्न समय दिने हो भने वैशाख ३१ गते चुनाव हुन नसक्ने ठोकुवा गरे । त्यसपछि वार्ता भाँडियो’, स्रोतले भन्यो । ‘सरकार र मधेसी मोर्चाको संयुक्त कार्यदलबीच पाँचवटा विषयमा सहमति भएको थियो । हामीले हाम्रो काम पूरा ग¥यौं । अब प्रधानमन्त्रीले म आफैं ‘सिंगल–सिंगल’ वार्ता गरेर समाधान गर्छु भन्नुभएको छ’, कार्यदलमा रहेका दीपक बोहराले भने, ‘अब प्रधानमन्त्री आफैंले समस्या समाधान गर्न पहल गर्नु हुनेछ ।’ फोरम नेपालका अध्यक्ष यादवले भने मोर्चालाई चुनावमा ल्याउन सरकार गम्भीर नभएको बताए । ‘अब हामी सरकारसँग वार्ता होइन, आन्दोलनतिर जान्छौं’, यादवले भने, ‘सरकारसँग कति वार्ता गरिरहेन ? अब वार्ता गर्ने मुडमा छैनौं ।’ प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले आइतबार कांग्रेस सभापति र मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक वार्ता गर्ने भएका छन् । माओवादी निकट स्रोतले भन्यो, ‘अब बल कांग्रेसको कोर्टमा छ । यादवले राखेको सर्त कांग्रेसले मान्यो भने मधेसी मोर्चासँग सहमति नत्र हुँदैन । शुक्रबार सरकारसँग वार्ता गरी काठमाडौंबाहिर गएका मधेसी मोर्चाका शीर्ष नेताहरू आइतबार दिउँसोसम्म काठमाडौं फर्कनेछन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आइतबार सरकारसँग सहमति हुने सम्भावना कम रहेको बताए । ‘हामी हेर्दैछौं । तर प्रधानमन्त्रीले आइतबार नै हामीसँग सहमति गर्ने सम्भावना कम छ’, झाले भने । यसैगरी रामसपाका महासचिव केशव झाले सरकार र मधेसी मोर्चाबीच तत्काल सहमति नहुने बताए । ‘हामीले हाम्रा कुरा राखेका छौं । हाम्रा कुरालाई उहाँहरूले मान्नुभयो भने सहमति हुन्छ, नभए सहमति हुने स्थिति मैले देखेको छैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE