Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सरकार र मोर्चा कति नजिक, कति टाढा ?

\"\"काठमाडौं, २० चैत । अाजको नयाँ पत्रिकामा खबर छ– कुन विषयमा के भइरहेछ ? १) सीमांकन सरकार : मन्त्रिपरिषद्बाट तीन महिनाको म्याद दिएर शक्तिशाली सीमांकन आयोग गठन गर्ने, सुझाबका आधारमा प्रदेश र केन्द्रको चुनावअघि नै संविधान संशोधन गर्ने गरी सहमतिको खोजीमा सरकार छ । मोर्चा : सीमांकन आयोग बनाएर जान मोर्चा पनि सहमत देखिएको छ । तर, यस्तो आयोग स्थायी हुनुपर्ने र आयोगको सिफारिस र प्रादेशिक सभाको परामर्शमा संघीय सभाको दुईतिहाइले सीमांकन हेरफेर गर्न सक्ने व्यवस्था गर्न मोर्चाको माग छ । त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नदिने मोर्चाको माग यथावत् छ । २) निर्वाचनको मिति सरकार : मोर्चाको मागका आधारमा २ नम्बर प्रदेशका स्थानीय तह जनसंख्याका आधारमा थप गर्न सरकार तयार छ । तर, स्थानीय तहको संख्या थप गर्दा २ नम्बर प्रदेशको निर्वाचन भने अहिले घोषणा गरेको मितिमा हुने सम्भावना देखिँदैन । त्यसो हुँदा अन्य क्षेत्रमा ३१ वैशाखमा र २ नम्बर प्रदेशमा भने अर्काे चरणमा चुनाव गराउने गरी जान सकिनेमा सरकार तयार छ । मोर्चा : मोर्चाभित्रै दुई धार छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ३१ वैशाखको पूरै चुनाव सार्ने पक्षमा छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायतका नेता भने अन्य क्षेत्रमा ३१ वैशाखमै र २ नम्बर प्रदेशमा अर्काे चरणमा निर्वाचन गराउनुपर्ने पक्षमा छन् । ३) संशोधन पारित सरकार : सीमांकनबाहेक नागरिकता, भाषा, राष्ट्रिय सभामा निर्वाचक मण्डलको व्यवस्थालगायत पाँचवटा विषयमा संविधान संशोधन संसद्मा फास्ट–ट्र्याक विधिमार्फत भए पनि अगाडि बढाउन सरकार तयार छ । मोर्चा : सरकारले संविधान संशोधन प्रस्ताव फास्ट–ट्र्याकको विधिबाट अगाडि बढाउनुपर्ने र त्यसलाई पारित गराउन आवश्यक संसद्को दुईतिहाइ अंक जसरी पनि पुर्याउनै पर्ने पक्षमा अडिग छ । ‘सरकार संशोधन प्रक्रिया अगाडि बढाउँछु भन्छ, पास गर्छु भन्दैन अनि कसरी विश्वास गर्ने,’ मोर्चाका नेता केशव झाले नयाँ पत्रिकासँग भने । नमिलेको विषय : संविधान संशोधन प्रक्रिया अगाडि बढाउँदा सकभर पारित हुने सरकारको भनाइ छ । तर, मोर्चा संशोधन प्रस्ताव पारित नै गराउनुपर्ने अडानमा छ । पारित हुने–नहुने विषयमा अहिले नै ग्यारेन्टी दिने पक्षमा सरकार छैन । ४) चुनावमा सहभागिता सरकार : संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र सीमांकनका लागि आयोग गठन गर्नेमा सरकार छ । तर, त्यसलाई अगाडि बढाएपछि मोर्चाले निर्वाचनमा भने जाने प्रतिबद्धता जनाउनुपर्नेमा सरकार छ । मोर्चा : पहिले संविधान संशोधन प्रस्ताव पारित नै हुनुपर्ने पक्षमा मोर्चा अडिग छ । फरक परेको विषय : मोर्चाले अझै चुनावमा भाग लिने प्रतिबद्धता जनाउन गरेको आनाकानी । मिलेका विषय -भाषा, राष्ट्रिय सभा गठनका विषयमा संविधान संशोधन प्रस्ताव तत्कालै पारित गराउने गरी अगाडि बढाउन सरकार र मोर्चा नजिक देखिएका छन् । भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषालाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने सहमति भएको छ । – संविधानको धारा २७४ को उपधारा ४, ५, ७ र ८ मा उल्लेखित प्रदेशको सिमाना संशोधन गर्न प्रदेशसभाको दुईतिहाइले स्वीकृत विधेयक मात्रै संघीय संसद्ले पारित गर्ने बुँदा र राष्ट्रिय सभामा इलेक्टोरल मतदानको अधिकार कटौतीका विषयमा संसद्मा नयाँ संविधान संशोधन प्रस्ताव लैजान दुवै पक्ष सहमत नजिक देखिएका छन् । – तत्काल शक्तिशाली सीमांकन आयोग गठन गर्ने, आयोगलाई तीन महिनाको समयसीमा दिने गरी त्यस्तो आयोग गठन गर्ने र आयोगले दिएको सुझाबका आधारमा केन्द्र र प्रदेशको चुनावअगाडि नै सीमांकन हेरफेर टुंग्याउने र मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप गरेर जानेमा सरकार र मोर्चाका नेता सहमतिनजिक पुगेका छन् । – मधेसी मोर्चाले संविधानको धारा २७४ को उपधारा ४,५,७ र ८ हटाउनुपर्ने सर्त राखेको छ । त्यसको सट्टा उसले स्थायी प्रकृतिको संघीय आयोग गठन गर्नुपर्ने भनेको छ । साथै, त्यही धारामा ‘आयोगले प्रदेशको सिमाना विवादबारे सिफारिस प्रतिवेदनलाई प्रदेशसँगको परामर्शमा संघीय संसद्को दुईतिहाइले पारित गर्ने’ व्यवस्था गर्नुपर्ने माग राखेको छ । तर, सरकार पक्षले आयोगको प्रतिवेदन सिमाना विवादका प्रदेशको सामान्य बहुमतले पास गरेपछि संंघीय संसद्को दुईतिहाइले पारित गर्ने प्रस्ताव गरेको थियो । विवादका नयाँ विषय -अहिले नागरिकताको विवाद निस्किएको छ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले अन्तरिम संविधानअनुसार अंगीकृतलाई पनि राज्यको उपल्लो तहमा अवसर दिनुपर्ने तर्क गरेका छन् । यो विषय शुक्रबारको बालुवाटार बैठकमा निस्किएको थियो । – मधेसमा करिब दुई लाख मतदाताको मतदाता नामावलीमा नाम छुटेकाले निर्वाचनअघि केही समय दिनुपर्ने प्रसंग उठेको थियो । त्यसबारे गम्भीरतापूर्वक छलफल भने भएको छैन । – मधेसमा स्थानीय तहको संख्या बढाउनेबारे सहमति देखिए पनि थप गरिएका स्थानीय तहमा निर्वाचन कहिले गर्ने भन्नेबारेमा विवाद देखिएको छ । कांग्रेसनेता रामचन्द्र पौडेलले थपिएका स्थानीय तहको निर्वाचन पाँच वर्षपछि गर्नुपर्ने तर्क गरेका थिए, त्यसको जवाफमा मोर्चाले ३१ वैशाखमै गर्नुपर्ने भनेको थियो । तर, प्रधानमन्त्रीले थप भएका स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्न सकिने धारणा राखेका थिए । मधेसमा स्थानीय तह ४८.३ प्र्रतिशत पुर्याउनुपर्ने मोर्चाको माग छ । यो प्रतिशत संघीय संसद्को जनप्रतिनिधिको प्रतिशतका आधारमा तय भएको हो । – मधेसी मोर्चाले अझै स्थानीय तहको निर्वाचन दलविहीन बनाउनुपर्ने धारणा राख्दै आएको छ । शुक्रबारको बालुवाटार बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उठाएको उक्त विषयमा प्रमुख दल प्रतिक्रियाविहीन हुने गरेका छन् । सहमतिको चर्चा चले पनि अविश्वास उस्तै समस्या बल्झाउने गरी संशोधन गर्न सकिँदैन सुवास नेम्वाङ एमाले उपनेता अहिले ३१ वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउनेतर्फ लाग्नुपर्छ । फेरि समस्या बल्झाउने गरी संशोधनका दशथरी कुरा गर्नेतर्फ जानु हुँदैन । हामीले दुईपटक प्रधानमन्त्रीसमेत उपस्थित बैठकमा भनेका छौँ, ‘के–के कुरामा सहयोग गर्नुपर्ने हो, हामीलाई चाहियो, तपाईंहरूले गरेको गृहकार्य बताउनुस् ।’ तर, त्यो अहिलेसम्म बताइएको छैन । मुख्य विषयमा सहमति बन्दै छ, पहिलेभन्दा नजिक छौँ चक्रपाणि खनाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हामीले मोर्चासँग सहमतिको खोजीका लागि कार्यदल बनाएका थियौँ । त्यसले कतिपय विषयमा गरेको तयारी हेर्दा विषयवस्तु धेरै सकारात्मक हुँदै गएको छ । त्यसले हामीलाई नजिक ल्याउन खोजेको छ । मुख्य–मुख्य विषयमा कार्यदलले शीर्ष नेतासँगै बसेर सहमति खोज्नुपर्ने भएकाले उसले बुझाएको कार्य प्रगति विवरणमा रहेर छलफल भइरहेको छ । त्यसले हामीलाई पहिलेभन्दा नजिक ल्याएको छ । आन्दोलनतिर जाने वातावरण बन्दै छ उपेन्द्र यादव फोरम अध्यक्ष प्रधानमन्त्रीले धोका दिन खोजिरहनुभएको छ । संविधान संशोधन नगरेर विश्वासघात पनि गरिरहनुभएको छ । बालुवाटारको अस्तिको बैठकमा पनि खास केही भएको छैन र हुनेवालाजस्तो देखिएको छैन । वास्तवमा सहमति टाढिँदै गएको छ र आन्दोलनतिर जाने वातावरण बन्दै छ । संशोधन भए पहाड र मधेसमा फरक मितिमा चुनाव राजेन्द्र महतो सद्भावना अध्यक्ष प्रधानमन्त्रीले टुंगो गर्छु मात्रै भन्नुहुन्छ, परिणाम निकाल्नुहुन्न । संविधान संशोधनका लागि दुईतिहाइ कसरी पुर्याउने भन्ने उहाँको कुरा हो । संविधान संशोधन नभई स्थानीय तहको निर्वाचनमा जान सक्ने अवस्था हुँदैन । संशोधन भयो भने स्थानीय तहको निर्वाचन दुई चरणमा हुन्छ । त्यतिवेला पहिलो चरणमा ३१ वैशाखमै मधेसबाहेकको क्षेत्रमा हुन्छ । दोस्रो चरणमा मधेसमा निर्वाचन हुन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE