Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बाबुरामका तीन माग

\"\"काठमाडौं, १८ चैत । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्ने बताएको छ । आजको नयाँ पत्रिकामा खबर छ– पार्टीको संघीय परिषद् बैठकले निर्वाचनअघि संविधान संशोधन हुनुपर्ने, दलीय आधारमा चुनाव चिह्न पाउनुपर्ने अन्यथा निर्वाचन नै हुन नसक्ने निष्कर्ष निकालेको छ । निर्वाचनअघि संविधान संशोधान नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचन अगाडि संविधान संशोधन अनिवार्य भएको तर्क गरेका छन् । कुनै पनि राजनीतिक पक्षलाई छोडर चुनाव गर्ने अवस्था अहिले मुलुकमा नरहेको निष्कर्ष नयाँ शक्तिको छ । संविधान संशोधनबिना हुने चुनावले देशको भलो नगर्ने र त्यस्तो चुनाव बलजफ्तीपूर्ण हुने भएकोले देशकोहित नगर्ने भनाइ भट्टराईको छ । त्यसका लागि उनले ६ बुँदे सर्तहरु पूरा गर्नुपर्ने बताएका छन् । संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका माग सम्बोधन,विशेष संरक्षित र स्वायत्त क्षेत्रसहितको राज्यको अग्रगामी पुनर्सरचना लगायतका सर्त पूरा गर्नुपर्ने भट्टराईको माग छ । निर्वाचन चिन्ह अनिवार्य भट्टराईले निर्वाचनका लागि आफ्नै पार्टीको चुनाव चिह्न अनिवार्य प्रयोग गर्न पाउनु पर्ने बताए । उनले पार्टीको चुनाव चिह्न प्राप्त गर्न नसक्ने अवस्थामा निर्वाचन हुन नदिने चेतवानी पनि दिए । ‘निर्वाचन आयोगले मागेका सम्पूर्ण प्रक्रिया पुरा गराई पार्टी दर्ता गरिएको अवस्थामा पार्टीको चुनाव चिह्न नपाउने भन्ने नै हुदैन । यो मान्य हुँदैन,’ । भट्टराईले भने, ‘निर्दलिय चुनाव होइन, हामी बहुदलीय चुनाव भनिरहेका छौं ।’ सर्वदलीय सरकार भट्टराईले केन्द्र, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध, निर्वाचन खर्च र समयसीमालाई विचार गरेर एकैपटक निर्वाचन गराउनुपर्ने र प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षिय सरकार गठन गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रो भनाई निर्वाचन सार्न भन्ने होइन,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending