Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

साउदीमा १ लाख नेपाली कामदार अवैध, फिर्ता ल्याउन यस्तो छ तयारी

\"\"काठमाडौं, १८ चैत । साउदी अरबमा अवैध रूपमा बस्दै आएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले तीन महिने शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले बुधबारदेखि लागू हुने गरी सुरु गरेको अवैध रूपमा साउदीमा बसेका विदेशी कामदारका लागि आम माफी दिने कार्यक्रममार्फत त्यहाँ अवैध रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी सरकारले कार्यक्रम तय गरेको हो । आजको राजधानी दैनिकमा खबर छ– साउदी सरकारले १ मार्चमा आम माफीको योजना सार्वजनिक गर्दै अवैध रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फिर्ता हुने मौका दिने जनाएको थियो । साउदी सरकारले घोषणा गरेको यस अवसरलाई अधिकतम नेपालीले सदुपयोग गरून् भन्दै नेपाल सरकारले साउदी अरबमा तीन महिनाका लागि शिविर सञ्चालन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यसका लागि नेपालले सरोकार राख्ने सबै संयन्त्रलाई परिचालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार विभागका अनुसार हाल साउदी अरबमा १० लाख नेपाली श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । बाँकी करिब १ लाख कामदार अवैध रूपमा साउदीमा रहेको अनुमान विभागको छ । साउदी अरबमा नेपाली पुरुषभन्दा बढी महिलाहरू अवैध रूपमा पुगेका छन् । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको संसदीय टोली हालै मात्र खाडी मुलुकको भ्रमण गरेर फर्किएको छ । त्यहाँ पुगेका नेपाली महिलामध्ये ६० प्रतिशत अवैध बाटोबाट त्यहाँ पुगेका छन् । उनीहरू विभिन्न दलालहरूको सहायता, विमानस्थल र अध्यागमनका कर्मचारीको सहयोगमा अवैध रूपमा खाडी पुगेको समितिका सभापति प्रभु साह बताउँछन् । ‘कोही दिल्लीबाट, कोही श्रीलंकाबाट उडे पनि अधिकांश काठमाडौंबाटै विनारोकटोक टुरिस्ट भिसामा गएको र त्यहाँ घरेलु कामदारका रूपमा बेचिएको सुन्दा आश्चर्यमा परेको छु,’ सभापति साहले भने, ‘धेरै महिला कामदार हाउसमेडमा अवैध ढंगबाट पुगेका रहेछन् ।’ साउदीमा पनि पुरुषभन्दा बढी नेपाली महिला अवैध रूपमा बस्दै आएको वैदेशिक रोजगार विभागको अनुमान छ । गैरआवासीय नेपाली संघ साउदी अरेबियाका प्रतिनिधि धर्म केसीको भनाइअनुसार अवैध रूपमा बसेका महिलाको संख्या मात्रै ६० हजार हाराहारीमा रहेको छ । संसदीय समितिको अनुगमन टोलीमै रहेका श्रम मन्त्रालयका उपसचिव झलक शर्मा सापकोटाका अनुसार नेपाली महिलाहरू दलालको सेटिङमार्फत विभिन्न देश हुँदै साउदीसम्म पुग्ने गरेका छन् । ‘सेटिङमा महिलालाई कुबेतबाट गाडीको डिकीमा राखेर साउदी पु(याउने गरिँदो रहेछ । यसरी साउदी पुग्नेबित्तिकै कामदार अवैधानिक हुन्छन् । ‘कामदार महिलालाई आफू कहाँ छु भन्ने समेत जानकारी हुँदैन,’ अनुमगनबाट फर्किएका उनले भने, ‘तथ्यांकमा कुबेत गएको देखिन्छ, तर त्यहाँबाट उनीहरू बेचिएर साउदी पुग्छन् र साउदीमा उनीहरूको तथ्यांक हुँदैन । यस्तो अवस्थामा उनीहरूलाई खोजी गर्नसमेत नसकिने अवस्था छ ।’ यसरी अवैध रूपमा साउदी पुगेका तथा वैध रूपमा साउदी पुगी अवैध रूपमा बस्दै आएका नेपाली महिला तथा पुरुषहरूले साउदी सरकारले घोषणा गरेको ९० दिने आम माफीको योजनाबाट लाभ लिन सक्ने प्रधानमन्त्रीका वैदेशिक रोजगार विज्ञ सुशील ढुंगाना बताउँछन् । बिहीबार मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलन गरी सरकारले आफ्ना उपलब्ध संयन्त्रहरूको प्रयोग गरी यसबाट नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउन लागेको जनाएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। अधिकारीका अनुसार साउदीमा रहेका नेपालीहरूलाई यस अवसरमा सहभागी गराउनका लागि कार्यक्रम र योजना तयार गरिरहेको छ । यसका लागि सरकारले दूतावास, एनआरएन, नेपालीका विभिन्न संघ संस्था तथा समितिहरू परिचालन गर्ने तयारी भएको छ । यस अभियानमा शिविर सञ्चालनका लागि नेपालबाट वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, श्रम तथा रोजगार मन्त्रालयसमेत कर्मचारीहरू साउदी पुग्नेछन् । त्यस्तै, त्यहाँ रहेका सञ्चारमाध्यमबाट प्रचार–प्रसारसमेत गरिने अधिकारीले जानकारी दिए । यससम्बन्धी कार्ययोजना बनाएर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गरिने बताइएको छ । त्यस्तै, साउदीमा अवैध रूपमा बसेका नेपाली, तिनका आफन्तहरूले हेलो सरकारमार्फत पनि आफ्नो अवस्थाका बारेमा जानकारी गराउन सक्नेछन् । प्राप्त सूचनाका आधारमा प्रधानमन्त्रीको कार्यालयले सिधै मातहतका निकायलाई परिचालन गरी नेपाल फर्काउने वातावरण मिलाउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अधिकारीले जानकारी दिए । कस्ताले पाउँदै छन् ? साउदी सरकारले सार्वजनिक गरेको योजनाअनुसार साउदीमा पासपोर्ट नभई बसेका कामदार, कम्पनीले पासपोर्ट खोसेका कामदार, श्रम स्वीकृतिको अवधि सकिएका कामदारले आम माफी पाउनेछन् । त्यस्तै, स्थानीय परिचयपत्र ९आकामा० नबनाएका, हराएका बार जफत गरिएका कामदारले समेत आम माफी पाई स्वदेश फिर्ता हुन पाउनेछन् । कम्पनी छोडेर भागेका, अर्को कम्पनीमा काम गरेका, लुकेर बसेका कामदारसमेतले यसपटक साउदी सरकारले दिएको आम माफी योजनाबाट लाभ लिन सक्नेछन् । यता साउदी संविधान, स्थानीय श्रमसम्बन्धी ऐनले गम्भीर प्रकृतिको अपराधका रूपमा परिभाषित गरेका अपराधमा संलग्नले भने माफी पाउने छैनन् । त्यस्तै, भिसा, करार वा श्रमसँग सम्बन्धित विषयभन्दा बाहिर गएर अवैध रूपमा साउदीमा बस्दै आएका कामदारले समेत माफी पाउँदैनन् । बुधबारदेखि लागू सो योजना २०७४ साल १६ असारसम्म लागू हुनेछ । आम माफीका लागि अवैध कामदारले साउदी सरकारले आम माफीभित्र पर्ने विषयहरूको सुुनुुवाइ गर्न त्यहाँको राहदानी विभागमा जानुपर्छ । साउदी सरकारले तोकेको कार्यालय वा स्थानसम्म गएर सेवा लिन नसक्ने अवस्था भए नेपाली राजदूतावास, महावाणिज्य दूतावासबाट सहयोग लिन सक्नेछन् । त्यस्तै, नेपाल सरकार सम्बन्धित सरकारी निकायहरू श्रम विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभागमा इमेल पनि गर्न सकिनेछ भने साउदीस्थित नेपाली दूतावासमा सिधै सम्पर्क गर्दा पनि उनीहरूको तत्काल उद्धार हुने सरकारले जनाएको छ । त्यसका लागि आवश्यक स्थानमा नेपाल सरकारले साउदी सरकारसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गर्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending