Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

म्यादी प्रहरीमा दुईगुणा बढी आवेदन, कहाँबाट कतिको आवेदन ?

\"\"काठमाडौं, १८ चैत । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि माग गरेको म्यादी प्रहरीका लागि दुईगुणा बढीको आवेदन परेको छ । प्रहरीले ७५ हजारको आवेदन माग गरेकामा देशभरबाट १ लाख ७२ हजार ९ सय ७६ जनाको आवेदन परेको हो । यसलाई प्रहरीले उत्साहजनक भनेको छ । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि देशभरबाट ११ चैतदेखि १७ चैतसम्म आवेदन माग गरेको थियो । प्रहरी प्रधान कार्यालयले दिएको जनकारीअनुसार देशभर उत्साहपूर्वक म्यादी प्रहरीमा आवेदन परेको हो । आजको राजधानी दैनिकमा खबर छ– निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना मुताविक सरकारले देशभरबाट ७५ हजार म्यादी प्रहरीको भर्ना लिने जनाएको थियो । करिब ५५ दिनका लागि सो भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ दिएको जानकारीअनुसार काठमाडौंको महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका निकायबाट ७ हजार १ सय १२ जनाले आवेदन दिएका छन् । त्यस्तै, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयअन्तर्गतका जिल्लाहरूमा ४४ हजार ६६ जनाले आवेदन दिएका छन् । मध्यक्षेत्र हेटौंडाअन्तर्गत ४२ हजार २ सय ७४ जना, पश्चिमाञ्चल पोखरा क्षेत्रीय प्रहरी कार्यालय मातहतका निकायबाट २७ हजार ८ सय ५७ जना, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतअन्तर्गतका जिल्लाहरूमा ३३ हजार ४ सय ३१ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दीपायलअन्तर्गत १८ हजार २ सय ३६ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५४ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउने प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता सर्वेन्द्र खनालले देशभर म्यादी प्रहरीमा आकर्षण देखिएकाले चुनावको सुरक्षा गर्न सुरक्षाकर्मीलाई सहज हुने बताए । प्रहरीका अनुसार म्यादी प्रहरीमा सुरक्षा निकायका भूतपूर्व कर्मचारी, बेरोजगार युवा–युवतीको आकर्षण देखिएको छ । १९ वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव पार्नेछ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरीको परिचालन गरिने उनले बताए । त्यसैगरी, मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटाउने निर्णय सुरक्षा परिषद्को बैठकले गरिसकेको छ । निर्वाचनमा सेनाको थप भूमिकाबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । सेनालाई पनि सहभागी गराउने भएपछि निर्वाचनको सुरक्षा मजबुद हुने विश्वास गरिएको छ । निर्वाचन आयोगले हालसम्म सबै जिल्लाका मतदान केन्द्र कहाँकहाँ हुने र कति हुने भनी विवरण नदिएका कारण सोहीबमोजिमको जिल्लामा सुरक्षा योजना बनाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE