Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पहिलेजस्तो रिसाउँदिनन् सुजाता कोइराला

\"\"ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही खस्किएजस्तो । मन्डिखाटारको रातो घरबाहिर गार्डेनबाट मैले नियाल्दा, ढोकाबाट बाहिरिँदै गरेकी कोइरालाको एक झलक ‘आउटलुक’ यस्तै देखिन्थ्यो । ००० कोइराला परिवारको हाँगोले अझै पनि नेपालको राजनीतिमा दह्रो प्रभाव राख्छ । तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताको हैकम पनि खासै कमजोर भएको छैन । तर, आजकाल उनी निष्क्रियझैँ लाग्छिन्, राजनीतिमा । मन्डिखाटार गार्डेनमा उनकै स्वीकारोक्ति थियो, ‘हो, म आजभोलि राजनीतिमा निष्क्रिय नै छु ।’ चार महिना भयो कोइरालाको राजनीतिक निष्क्रियता, जब क्यान्सरले थला पार्यो । स्तन क्यान्सरको अप्रेसनपछिको समय उनी पूर्णतः आराममै छिन् । तर, राजनीतिमा चलिरहने, भाषण ठोकिरहने, आरोप–प्रत्यारोपमा जंगिने कडा स्वभावकी कोइरालाको मनले शान्त भएर अडिन कसरी मान्यो रु यो धारको मेरो जिज्ञासामा उनी तत्काल अड्किइन् । उनी तीन सेकेन्ड ‘होल्ड’ हुँदैमा मैले बुझेँ, अशक्त शरीरले मनको चाहनालाई ठेलेर भित्तामै पुर्याइदिन सक्छ । सुजाता आज यस्तै हालतमा छिन् । केहीबेरमै कोइरालाले मेरो जिज्ञासामा जवाफ दिन थालिन्, ‘आजभोलि मेरो जीवनशैली नै परिवर्तन भएको छ, स्वभाव नै बदलिएको छ । साँच्चै क्यान्सरले गालेपछि म त जिन्दगी नै बदलिएको ठान्छु ।’ कोइराला यस्ता शब्दमा गफ गर्ने नेतृ थिइनन्, हिजोका दिनमा । यो भेटमा उनको प्रस्तुतिले फरक सन्देश दिइरहेको थियो । तपाईं आफू बदलिएको बताउँदै हुनुहुन्छ, आखिर सक्रिय राजनीतिविनाको दैनिकी कसरी बितिरहेको छ त रु मेरो प्रश्नमा सहजै जवाफ दिइन्, ‘योगा, ध्यान र अध्यात्ममा अहिले म बाँचिरहेछु । मन्डिखाटारको चौकुनाभित्रै दिनहरू केन्द्रित भइरहेका छन् । शान्त छु म आजभोलि, निकै शान्त ।’ नेपालमा कमै राजनीतिकर्मी भेटिन्छन् जो शान्त छन् । सुजाता आफैँ शान्त स्वभावकी नेतृ होइनन् । झनक्क रिसाउने उनको स्वभाव हो । हरपल आक्रामक प्रस्तुति नै उनको परिचय हो । तर, क्यान्सरपछि शरीर गलेर मात्रै उनी शान्त भइन् त रु या अरू गोप्य केही छ रु मैले जान्ने कोसिस गरेँ र सटीक प्रश्न राखेँ, ‘यति छिटै यत्रो धेरै बदलिनुभयो कसरी रु’ उनले ‘स्टेप बाई स्टेप’ सुनाउन थालिन्, ‘स्तनको अप्रेसनपछि खासै गाह्रो भएको थिएन, तर युटेरसको अप्रेसनले निकै नै समस्या पार्यो । एकै महिना दुईवटा अप्रेसनले डर, एन्जाइटी र डिप्रेसन निम्त्याए । औषधि र आँटको भरमा बिस्तारै सही ‘ट्र्याक’मा आएँ । अब मैले ठानेँ जीवनलाई नै फरक ढंगले सोच्नुपर्छ, बिताउनुपर्छ । मैले अध्यात्मतिर लागेर बदलिने अठोट गरेँ । यो पाटो समाएपछि साँच्चै फरक भइसकेँ म ।’ मन्डिखाटारको गार्डेनमा मैले कोइरालालाई एक घन्टा कुर्नुपरेको थियो, संवादका लागि । उनी व्यस्त थिइन् घरभित्र । योगा र मेडिटेसनमा व्यस्त रहिछन्, त्यसैले त मेरो कुराइ लम्बिएको थियो । ‘हरेक दिन बिहान र बेलुका दुई घन्टा मेडिटेसन र ब्रिदिङ एक्सरसाइज गरिरहेको छु । अप्रेसनको डेढ महिनापछि सबै औषधि छाडेर यतैतिर लागेँ,’ कोइराला भन्छिन्, ‘ब्रिदिङबाट क्यान्सरमा राहत मिल्यो, मेडिटेसनले डर, पीडा र डिप्रेसनबाट मुक्ति मिल्यो । क्यान्सरमा मात्रै होइन, यो दैनिक कर्मले त मेरो स्वभाव नै उल्ट्याइदियो । आजभोलि त मलाई पहिलेजस्तो रिस पनि उठ्दैन । बिल्कुल ‘सफ्ट’ भएकी छु ।’ रिस हराएको बयान दिँदै गर्दा कोइराला हाँस्दै थिइन् । मेरो बुझाइमा उनको मनभित्र तत्काल द्वन्द्व चल्यो– त्यस्तो कडा मान्छे म, यस्तो शान्त भएछु, आफैँसँग दंग छिन् उनी । हाँस्दै अगाडि भनिन्, ‘साँच्चै यो योगा र ध्यानले त मान्छेमा सकारात्मक परिवर्तन ल्याइदिँदो रहेछ । म त सबै नेपालीलाई योगा र ध्यान गर्न सुझाब दिन्छु ।’ कोइराला आजभोलि मान्छेहरू भेट्ने, घुम्ने, ट्रस्टका काममा सक्रियता जनाउने, संसद्मा जानेजस्ता सेड्युलबाट टाढै छिन् । भेटघाट भए पनि निकै कम हुन्छ । भेट्नैपरे ‘सेलेक्टेड’ मान्छेलाई मात्रै समय दिन्छिन् जोसँग गफ गर्दा आनन्द अनुभूति हुन्छ । ००० बिहान उठेर एक घन्टा हिँडेपछि अर्को एक घन्टा ९७–८ बजे० गुरुजीकै सहयोगमा योगा र ध्यान गर्ने कोइराला ९ बजे हल्का खाना लिने बताउँछिन् । योगा र ध्यानको बिहानी कर्म सकेपछि दिउँसोको अधिक समय इन्टरनेटमा बिताउने कोइरालाले बताइन् । इन्टरनेटमा किन रु जवाफ दिइन्, ‘योगा र मेडिटेसनका फाइदा र आफूलाई लागेको रोगबारे धेरै विषय सर्च गर्दैै अध्ययन गर्छु । इन्टरनेटमै किताब पढेर पनि दिन बिताउँछु ।’ स्वास्थ्यका कारण खानपान बदलिनु त स्वाभाविक नै भयो । बिरामी भएपछि स्वास्थ्यको महत्व बुझेकी उनले अहिले जे पायो त्यही खाँदिनन् । ‘सकेसम्म अग्र्यानिक खानामै जोड दिएकी छु,’ खान्कीबारे सुनाइन्, ‘अग्र्यानिक काउली, ब्रोकाउली, हरिया सागपात, जमराको जुस, रातो भात, फापरको रोटीलगायत खान्छु ।’ आफू ८० प्रतिशत स्वस्थ भइसकेको बताउने कोइरालाले मन परे पनि गुलिया परिकार पूरै त्यागेकी छिन् । स्वास्थ्यप्रति आफ्नो सजगता र डाक्टरको सल्लाहलाई आधार मान्दै कोइराला भन्छिन्, ‘अबको दुई महिनामा पूर्ण स्वस्थ हुनेछु ।’ स्वास्थ्य सही अवस्थामा फर्किएपछिको योजना कस्ता छन् त रु मैले प्रश्न थपेँ । उनले जवाफ फर्काइन्, ‘बिरामी भएपछि मैले ठूलो पाठ सिकेँ, अब स्वास्थ्यमाथि कहिल्यै खेलबाड गर्दिनँ, योगा र ध्यान सधैँ गर्छु । ‘मेरो र देशको स्वास्थ्य अहिले उस्तै छ,’ उनले आफ्नो स्वास्थ्यलाई देशको स्वास्थ्यसँग दाँज्न थालिन्, ‘आफू तंग्रिएपछि देशको स्वास्थ्य सुधार्न सक्रिय हुनेछु ।’ ००० दुई महिनापछि पहिलेजस्तै सक्रिय राजनीतिमा फर्किने योजना कोइरालाको छ । तर, अबको राजनीति उनी बदलिएपछिको हुनेछ । उनले फेरि दोहोर्याइन्, ‘म आफैँ बदलिएको छु, जस्तो कि पहिले रिसाउँथेँ, अहिले सफ्ट छु । हो, म बिल्कुल बदलिएकी छु ।’ नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending