Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भोट हाल्न रात बस्दै जाने ?

\"\"काठमाडौं, १७ चैत । लामो संघर्षपछि काँडाले गाउँपालिकाको मान्यता पायो । गाउँवासीले अब स्थानीय निर्वाचनबाट नेतृत्व चुन्ने अवसर पाएका छन् । तर विडम्बना, जिल्लाको कूल क्षेत्रफलमध्ये ४६ प्रतिशत ओगट्ने यो गाउँपालिकाको ‘न्युना’ गाउँका मतदातालाई भने मतदान केन्द्र पुग्नै मुस्किल छ । मतदानका लागि उनीहरूले झन्डै एक दिन हिँड्नुपर्ने भएको छ । आजको कान्तिपुरमा खबर छ– स्थानीय तह निर्वाचनका लागि बझाङमा १ सय २५ मतदान स्थल तोकिएको छ । करिब ४० मतदाता रहेको न्युना गाउँको मतदान केन्द्र धुली हो, जहाँ पुग्न मात्रै पाँच घण्टा हिँड्नुपर्छ । मतदान केन्द्र टाढा हुँदा विगतका निर्वाचनमा पनि त्यहाँका धेरै मतदाता गएनन् । ‘कि त अघिल्लो दिन नै मतदान केन्द्र भएको ठाउँमा पुगिसक्नुपर्छ, नभए मतदान भएको दिन त्यहीं बसेर भोलिपल्ट मात्र घर फर्किनुपर्छ,’ न्युनाका उमेश बोहराले भने, ‘हिँड्न सक्नेहरू रातारात गरेर पनि घर पुग्न सक्छन्, नसक्नेहरू भोलिपल्ट मात्रै ।’ महिला मतदातालाई झन् समस्या छ । चुलोचौको, बस्तुभाउ र बालबालिका छाडेर उनीहरू त्यति टाढा जानै सक्दैनन् । त्यसैले यहाँका धेरैजसो महिला कहिल्यै मतदानमा सहभागी भएका छैनन् । ‘भोट हाल्नकै लागि दुई दिन छुट्याउनुपर्छ, त्यतिबेलासम्म घरपरिवार र केटाकेटी कसको जिम्मा छोड्नु ? न्युनाकी ठिम्सी बोहराले सुनाइन्, ‘त्यही भएर यहाँका महिलाहरू भोट हाल्न जाँदैनन् ।’ काँडा गाउँपालिका गठन भएपछि साविकका ८ र ९ नम्बर वडालाई न्युना र बलौडी गाउँलाई मिलाएर एउटा वडा बनाइएको छ । हालको वडा नम्बर ५ रहेको उक्त गाउँ अर्को गाउँ आउजाउ गर्न ८ घण्टाभन्दा बढी लाग्छ । हालको मतदान केन्द्र धुलीको भवानी निमाविसम्म पुग्न बलौडीबाट एक घण्टा लाग्छ । यता न्युनाबाट काँडा मावि मतदान केन्द्रसम्म पुग्न दुई घण्टा मात्र लाग्छ । यो केन्द्र न्युनाका मतदातालाई पायक पर्ने भए पनि उनीहरूलाई यसमा समेटिएको छैन । ‘त्यही वडामा मतदान केन्द्र राख्दा जुन ठाउँमा राखे पनि अर्को गाउँकालाई झन् टाढा पर्ने देखियो,’ जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार भण्डारीले भने, ‘अघिल्ला निर्वाचनहरूमा यहाँका मतदाता धुलीमै मत हाल्ने गरेकाले अहिले पनि त्यही नै तोकिएको हो ।’ जिल्लास्तरका सबै राजनीतिक दलहरूको सर्वदलीय संयन्त्रले मतदान स्थल निर्धारण गर्ने भएकाले त्यहाँको भौगोलिक अवस्था अध्ययन गरेर नै तोकिएको उनले उल्लेख गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending