Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रहरीकी श्रीमतीको शंकास्पद मृत्यु, माइती भन्छन् : छोरो पाइन भन्दै कुट्थे

[caption id=\"attachment_125093\" align=\"alignleft\" width=\"750\"]\"\" मृतक[/caption] काठमाडौं, १७ चैत ।  तनहुँको देवघाट गाउँपालिका ५, देवघाटस्थित प्रहरी जवान घनश्याम बस्नेतको घरमा उनकी २४ वर्षीया श्रीमती सुष्मा बस्नेत आइतबार दिउँसो सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। सलको गाँठो राम्रोसँग नबाँधिएको, नाकबाट रगत बगेर छाती भिजेको, रगतको छिटा नजिकैको विस्तारामा परेको, ओठ सुन्निएर निलो भएको र मुख सुन्निएको अवस्था शव भेटिएपछि मृतकका माइती पक्षले मृत्यु शंकास्पद भएको बताएका छन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– मृतकका बाबु श्यामबहादुर क्षेत्रीले मृतकका श्रीमान घनश्याम, ससुरा चन्द्रबहादुर, सासु कलावती बस्नेत र अमाजु तारा पन्तविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या आरोपमा किटानी जाहेरी दिएका छन्। भारतको आसाममा रहेका श्यामबहादुर मंगलबार राति भरतपुर आइपुगेपछि उनले बुधबार प्रहरीमा किटनी जाहेरी दिएका हुन्। उनको जाहेरीपछि प्रहरीले घनश्याम, चन्द्रबहादुर र ताराका श्रीमान नवीन पन्तलाई पक्राउ गरी हिरासतमा राखेको छ। घटनास्थलको मुचुल्कापछि सोमबार भरतपुर ल्याइएको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। बिहीबार बिहान पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि शवका भित्री अंग काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय भरतपुरमा मृतकका माइती पक्ष र आफन्त एवम् नातेदारको भीड बुधबार साँझसम्मै थियो। स्याङ्जाको फेदीखोला गाउँपालिका ४, पौवा निवासी श्यामबहादुरले आफ्ना चार छोरा र तीन छोरीमध्ये माहिली सुष्माको विवाह २०६९ सालको वैशाखमा प्रहरी जवान घनश्यामसँग गरिदिएका थिए। बिहेपछि सुष्माले जन्माएको छोरी खुसी अहिले साढे तीन वर्षकी भइन्। घटनाका बेला घरमा खुसीबाहेक कोही नभएको मृतककी दिदी सुमित्रा क्षेत्रीको भनाइ छ। ‘बहिनी झुण्डिएको घटना आइतबार दिउँसो दुई बजेतिर भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘मैले साँझ पाँच बजेतिर बहिनीलाई फोन गर्दा नउठेपछि ज्वाईंलाई फोन गर्दा बल्ल घटनाबारे थाहा भयो।’ सुमित्राका अनुसार, घटनाका बेला सुष्माको घरमा उनका श्रीमान्, सासु, ससुरा, अमाजु कोही पनि थिएनन्। सुष्माका श्रीमान् घनश्यामले फोनमा आफू जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेको र आफूलाई केही थाहा छैन भनेको सुमित्राले सुनाइन्। बहिनीको मृत्युको खबरपछि आइतबार मध्यरात देवघाट पुगेकी सुमित्राले आफूहरु सुष्मा झुण्डिएको कोठामा पुगेर सुसाइड नोट खोज्दा फेला नपरेको र पहिले नै बहिनीको कोठाका सरसामान छरपष्ट अवस्थामा भेटिएको बताइन्। ‘नाकबाट रगत बगेको, मुख सुन्निएको थियो,’ उनले भनिन्, ‘लोबेडमा रगतको छिटा कसरी पुग्यो ? घटना शंकास्पद छ।’ बिहेपछि नै बहिनीलाई उनकी सासु, ससुरा र अमाजुले माइतीबाट पैसा नल्याएकी, छोरो नपाएकी भन्दै तनाव दिने गरेका थिए। मृतक सुष्माको ठूलीआमाका छोरा झापा निवासी रवि कडरिया घटनाबारे सोमबार थाहा पाएपछि उनी राति नै भरतपुर अस्पताल आइपुगेका थिए। शवलाई शवगृहमा अलपत्र राखिएको देखेपछि उनले त्यहाँ कार्यरत कर्मचारीलाई भनेर बरफयुक्त बाकसमा शव राख्न लगाएका थिए। शवको अवस्था देखेपछि उनले पनि मृत्युलाई शंकास्पद भनेका छन्। ‘आत्महत्या गरेको मानिसको नाकबाट रगत बग्दैन, मुख कुटपिट गरेजस्तो गरी सुन्निदैँन,’ उनले भने, ‘प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरोस्।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE