Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

निर्वाचनका नौ चुनौती

\"\"काठमाडौं, १७ चैत । आजको नयाँ पत्रिकामा खबर छ– १. मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा स्थानीय निर्वाचनका लागि अर्को चुनौतीका रूपमा देखापरेको छ । मोर्चालाई सहभागी गराउन संविधानका केही धारा संशोधन गर्नुपर्ने हुन्छ । त्यसमा अहिलेसम्म दलीय सहमति जुटेको छैन । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष एमाले र मोर्चाबीच संविधान संशोधनको विषयमा सहमति जुटेको छैन । सहमति नजुट्दासम्म मोर्चा आन्दोलनमै रहने भएकाले तराईका केही जिल्लामा निर्वाचन गर्न सरकारलाई समस्या हुनेछ । २. सुरक्षा चुनौती पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुनौतीका रूपमा देखापरेको बताए । ‘स्थानीय निर्वाचन चरणबद्ध गर्नुपर्ने थियो, एकैपटक गर्दा सुरक्षा बस्दोबस्ती चुनौतीका रूपमा छ,’ उनले भने । निर्वाचनका लागि गृह मन्त्रालयले दुई लाख ७४ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । त्यसमा ७५ हजार म्यादी प्रहरी हुनेछन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी, बाबुराम भट्टराईको नयाँ शक्तिलगायत पनि सुरक्षा चुनौती भएको बताए । ‘मधेसी मोर्चाका साथमा जनजाति पनि आन्दोलित छन्, यस्तो वेला निर्वाचन कसरी सुरक्षित हुन सक्छ रु,’ उनले भने । ३. समयको चाप निर्वाचनको तयारीका लागि आयोगलाई समय निकै कम छ । सामान्यतः निर्वाचन मिति घोषणा भएपछि आयोगलाई १२० दिन आवश्यक पर्छ । तर, आयोगले ८२ दिन बाँकी हुँदा तयारी थालेको थियो । अब ४५ दिन बाँकी छ । यसबीचमा लजिस्टिक तथा प्राविधिक तयारीका लागि आयोगलाई समयको चाप रहेको आयुक्त नरेन्द्र दाहालको भनाइ छ । ‘निर्वाचनका लागि समयको चाप छ, तर आयोग त्यसलाई चिर्न सक्छ भनेर नै काम गरिरहेको छ,’ उनले भने । ४. दलहरूको सुस्त तयारी प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रको निर्वाचनको तयारी अझै सुस्त छ । दलहरू निर्वाचनका लागि गाउँपालिका र नगरपालिकामा छिरिसकेका छैनन् । अहिलेसम्म निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छैनन् । ‘दलहरूबीच सहमति देखिन नसक्नु र आन्तरिक तयारीलाई तीव्र नबनाउनु निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ,’ पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले नयाँ पत्रिकासँग भने । ५. जनशक्तिको अभाव निर्वाचन आयोगसँग आवश्यक जनशक्तिको पनि अभाव छ । सरकारले अहिलेसम्म आयोगको तयारीका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन सकेको छैन । आयोगले निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक करिब एक लाख २६ हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरेको छ । आयोगका सहसचिव सूर्यप्रसाद शर्माका अनुसार स्थानीय तहमा मतदाता शिक्षाका लागि कम्तीमा २१ हजार आवश्यक पर्नेछ । यी सबै जनशक्ति तयार भइसकेको छैन । ६. मतदाता शिक्षा १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचन नयाँ संरचनामा हुँदै छ । एकजना मतदाताले एउटा मतपत्रमा सात स्थानमा मतदान गर्नुपर्ने अवस्था छ । निर्वाचनमा सहभागी हुने दलको संख्या पनि धेरै छ । केही स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । त्यसरी हेर्दा ठूलो मतपत्रमा छानेर मतदान गर्ने अभ्यास कम भएकाले मतदाता शिक्षा चुनौतीका रूपमा रहेको उप्रेतीको भनाइ छ । ०५४ को स्थानीय निर्वाचनमा पाँचजनालाई मतदान गर्नुपर्ने थियो । अबका गाउँपालिका र नगरपालिकामा व्यवस्थापिका, कार्यपालिका र न्यायिक समिति रहने भएकाले त्यसबारे स्थानीयलाई बुझाउन पनि मतदाता शिक्षा आवश्यक देखिन्छ । आयोगले विभिन्न १७ भाषामा एक महिना मतदाता शिक्षा सञ्चालन गर्दै छ । उसले एकजनाको हातमा एउटा मतदाता शिक्षा सामग्री पुग्ने गरी करिब तीन करोड प्रति छाप्दै छ । तर, राजनीतिक दलहरूले मतदातालाई शिक्षित बनाउन अभियान सञ्चालन गरेका छैनन् । ७. स्थानीय तहको विवाद स्थानीय तह निर्धारण भएपछि ७४४ मध्ये करिब ७५ वटा स्थानीय तहमा विवाद देखिएको छ । त्यसमध्ये मधेसका आठवटा जिल्लामध्येका सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, रुकुम, नुवाकोट, खोटाङ, पर्वतलगायतका जिल्लामा विवाद देखिएको हो । ‘स्थानीय तहमा देखिएको विवाद पनि निर्वाचनको चुनौतीका रूपमा देखिएको छ,’ उप्रेतीले भने । ती स्थानीय तहमा निर्वाचनको भन्दा पनि वडा विभाजन र केन्द्र अपायक भएको भन्दै विवाद भएको हो । रुकुमको रन्मामैंकोटका स्थानीयले गाउँलाई दल निषेधित क्षेत्र घोषणा गरेको स्थानीय लक्ष्मीप्रसाद पुनले जानकारी दिए । ८. निर्वाचन प्रणाली स्थानीय तहको निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचन प्रणाली भए पनि त्यसअन्तर्गत व्यवस्था गरेको आरक्षण कोटाका कारणले निर्वाचन प्रणालीबारे जानकारी दिन मतदातामा समस्या हुने पूर्व प्रमुख आयुक्त उप्रेतीको भनाइ छ । संविधानले प्रत्येक वडामा दुईजना महिला हुनुपर्ने व्यवस्था गरेको छ, तर स्थानीय तह निर्वाचन ऐनले दुई महिलामध्ये एकजना दलित महिला अनिवार्य हुने व्यवस्था गरेको छ । दलित महिला उम्मेदवार नभएको गाउँपालिकामा उक्त कोटा के हुने हो भन्नेबारेमा मतदाता प्रस्ट छैनन् । उप्रेतीको भनाइमा उक्त कोटा रिक्त रहिरहनेछ, अर्को महिला उम्मेदवार हुन सक्ने छैनन् । कतिपय हिमाली जिल्लामा दलित समुदाय नभएका गाउँपालिका पनि रहेकाले दलित महिलालाई उम्मेदवार बनाउनैपर्ने कानुनी व्यवस्था उपयुक्त नभएको उप्रेतीको भनाइ छ । ९. अन्तर्राष्ट्रिय समुदाय नेपालको राजनीतिमा बढी चासो राख्ने चीन, भारत र पश्चिमा मुलुकले स्थानीय निर्वाचनलाई कसरी लिन्छन् भन्ने विषय खुलिसकेको छैन । निर्वाचन अन्तर्राष्ट्रिय तहमा पनि स्वीकार हुनुपर्ने पूर्वकार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङको भनाइ छ । ‘मतदाता, राजनीतिक दल र राष्ट्रिय पर्यवेक्षकले स्वीकार गरेको निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नैपर्छ,’ गुरुङले भने । भारतले नेपालको संविधानलाई अस्वीकार गरेका कारणले उसले संविधानअनुसार हुने स्थानीय निर्वाचनलाई कसरी मूल्यांकन गर्छ भन्ने चासो छ । त्यसैगरी, स्थानीय निर्वाचनलाई युरोपियन युनियनआबद्ध र अमेरिकाले कसरी लिन्छन् भन्ने पनि जिज्ञासा छ । को के भन्छन् ? चुनाव दुई–तीन चरणमा गर्नुपथ्र्यो नीलकण्ठ उप्रेती पूर्व प्रमुख आयुक्त राजनीतिक दलहरूबीच सहमति हुन बाँकी देखिएको छ, यो नै सबैभन्दा ठूलो चुनौती हो । त्यससँगै स्थानीय तहमा देखिएको विवाद, समयको चाप, सुरक्षा, जनशक्ति पनि स्थानीय निर्वाचनका लागि चुनौतीका रूपमा देखिएका छन् । एकै दिन होइन, दुई–तीनपटक गरेर निर्वाचन गर्दा सहज हुन सक्छ । दोलखबहादुर गुरुङ पूर्वकावा प्रमुख आयुक्त राजनीतिक दलहरूबीच देखिएको विवाद नै निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती हो । दलहरूबीच सहमति नहुँदा निर्वाचनको वातावरण बन्न सकेको छैन । त्यसले सुरक्षामा पनि चुनौती थपेको छ । त्यसकारण पहिला राजनीतिक वातावरण बनाउन सहमति आवश्यक छ । ०७० को निर्वाचनमा अघिल्लो दिनसम्म पनि निर्वाचन हुन्छ र भनेर नेताहरू नै सोध्थे, त्यसकारण आशंका हुन्छ, तर वातावरण बनाउनुपर्छ । निर्वाचनका तीनवटै पक्ष अस्पष्ट छन् लक्ष्मणलाल कर्ण सहअध्यक्ष सद्भावना निर्वाचनमा निर्वाचन आयोग र सरकार, राजनीतिक दल र मतदाता गरी तीन पक्ष हुन्छन् । अहिले यी तीनै पक्ष अस्पष्ट छन् । मधेसमा आन्दोलन जारी छ । आन्दोलनबाट केही प्राप्त नहुँदासम्म निर्वाचनको वातावरण बन्दैन । सेना र प्रहरी लगाएर निर्वाचन गर्ने हो भने भन्नु केही छैन । होइन भने संविधानसँग असहमत दलहरूलाई साथ लिएपछि मात्रै सार्थक निर्वाचन सम्भव छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending