Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चीनबाट ३० हजार मतपेटिका ल्याइँदै

\"\"काठमाडौं, १७ चैत । स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्गतको एआईटी कम्पनीले बुधबार चीनबाट आठ हजार मतपेटिका नेपाल भित्रिएको र अन्य आउने क्रममा रहेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चीनबाट आउँदै गरेका मतपेटिका ८० लिटर क्षमताको प्लास्टिकबाट बनेको पारदर्शी छन् । स्थानीय तहको सबै स्थानमा मतपत्रकै माध्यमबाट निर्वाचन हुने भएकाले ९० हजार मतपेटिका आवश्यक छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आवश्यकमध्ये ६० हजार मतपेटिका ०७० सालको संविधानसभा निर्वाचनमा प्रयोग गरिएकै पुनः प्रयोगमा ल्याइने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘अपुग मतपेटिका सप्लाईका लागि आयोगले टेन्डर आह्वान गरेको थियो,\' शर्माले अन्नपूर्णसँग भने, ‘टेन्डरमा छनोट कम्पनीले तोकिएको समयभित्रै मतपेटिका उपलब्ध गराउने विश्वास दिलाएको छ ।\' चीनबाट खरिद भएका ठूलो आकारका मतपेटिकालाई धेरै मतदाता भएको ठाउँमा प्रयोग गर्ने तयारी आयोगले गरेको छ । ‘ठूलो मतपत्र भयो भने ५ सय र सानो आकारको भयो भने त्योभन्दा बढी अट्ने क्षमताका मतपेटिका खरिद भएर चीनबाट आउँदै छन्,\' प्रवक्ता शर्माले भने । स्थानीय तह निर्वाचनमा उम्मेदवार धेरै हुने भएकाले मतपत्रको आकार पनि ठूलो हुने भएपछि मतपेटिकाको संख्या बढ्न गएको आयोग प्रवक्ता शर्माले जानकारी दिए । मतदाता बढेकाले स्थानीय तह निर्वाचनमा लगभग १ हजार ५ सय मतदान केन्द्र थपिने भएका छन् । ७० को निर्वाचनमा १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए । यसपटक २१ हजार केन्द्र पुग्ने आयोगको अनुमान छ । मतदाता प्रशोधनको काम जारी रहेकाले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता हुने आयोगले अनुमान छ । आयोगले चैत २० भित्र मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक अन्य ६७ प्रकारका सामग्री खरिदको काम पनि भइरहेको उल्लेख गरेको छ । ‘विभिन्न सप्लायर्स कम्पनीले विभिन्न सामग्री खरिद गरिरहेका छन्\', प्रवक्ता शर्माले भने, ‘उनीहरूले आयोगलाई बुझाइसकेपछि मतपेटिकासहित सबै सामग्री जिल्लामा पठाउनेछौं ।\' केही भौतिक सामग्री र निर्वाचन शिक्षाका सामग्री उपलब्ध गराइदिन विकास साझेदार संघसंस्थासँग पनि अनुरोध गरिएको आयोगले जानकारी दिएको छ। हाल मतदाता शिक्षाको काम अघि बढेको भन्दै आयोगले नेपालमा बोलिने १७ मातृभाषामा मतदाता शिक्षा सामग्री तयार गर्ने काम भइरहेको उल्लेख गरेको छ । पहिलोपटक क्युआर कोडसहितको मतदाता परिचयपत्र छाप्ने काम भइरहेको पनि आयोगले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending