Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

विमानस्थल सेटिङको कथा : यसरी भएछ सेटिङ !

[caption id=\"attachment_125072\" align=\"alignleft\" width=\"750\"]\"\" युएईको हिमाया सेक्युरिटीबाट फर्केर वैदेशिक रोजगार बिभागमा उजुरी गर्न पुगेका पीडित कामदार ।[/caption] काठमाडौं, १७ चैत । धरी–९, धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ बर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६र१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरेट्स ९युएई० मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्र्पक भयो । ‘युएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम ९एक लाख २० हजार रुपैयाँ० तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपैयाँ लाग्छ ।’ आजको कान्तिपुरमा खबर छ– कहाँको १७ हजार, कहाँको एक लाख २० हजार । गुरुङ लोभिए । सशस्त्रमै कार्यरत साथीभाईसँग सल्लाह गरे । बलरामसँग १२ जना सम्पर्कमा पुगे । उनले जम्मा गरेकालाई अन्तर्वार्ता लिन भरतपोखरी, कास्कीका ओमबहादुर थापा चितवन पुगे । उनले बलरामकै दाजुको घरमा अन्तर्वार्ता लिए । अन्तर्वार्तामा छनोट भएपछि उनीहरुले ओमबहादुर र रेखा भण्डारी थापाको माछापुच्छ्रे बैंकको संयुक्त खातामा एकरएक लाखको दरले जम्मा गर्न लगाए । ‘भिसा आएपछि बैंकमा जम्मा गर्न दिएनन् । बलरामका दाइ मीनबहादुर र डम्बरबहादुरको हातमा बुझायौं,’ तेजबहादुरले भने । श्रम स्वीकृतिका लागि उनीहरु सबैका राहदानी ओमले लिएर गएका थिए । युएई जाने भन्दै असार २६ गते काठमाडौ बोलाए । ‘भोली बिहान श्रम स्वीकृति आँउछ, दिउसो १स्४० को उडान छ, तपाईहरु १० बजे एयरपोर्टमा आउनुस्, हामी राहदानी र टिकट लिएर त्यहीं आउनेछौं,’ ओमले भने, ‘सबै जना समयमै पुग्नु ।’ सबैजना भनेको समयमा विमानस्थल पुगे । त्यहाँ ओम थिएनन् । सबै उनलाई पर्खिएर बसे । ‘प्राविधिक कारणले श्रम स्वीकृति लिन सकिएन,’ एकछिनमा ओम आइपुगेर भने, ‘तर, चिन्ता गर्नु परेन । मैले भित्र सबै मिलाइसकेको छु । तपाईहरु एयर अरेबियाको १२ र १३ नम्बर काउन्टरमा मात्रै जानु ।’ श्रम स्वीकृति नमिलेको कुराले युएई जान ठिक्क परेका कामदारहरु अलमलमा परे । ‘हामी श्रम स्वीकृति लिएर मात्रै जान्छौं,’ बमराज गुरुङले भने, ‘यसरी गएर कहाँ हुन्छ रु’ तर, ओमले लामो बहस गरेनन् । ‘अरु विकल्प छैन । समय छैन । जाने भए जानुस्, नजाने भए अब पैसा फिर्ता हुँदैन,’ ओमको भनाइ उद्धत गर्दै बमराजले भने, ‘हामीलाई ट्रयापमा पारियो ।’ उनीहरू सेटिङमा जान तयार भए । ओमले सबैलाई दुइटा भिसा दिए । एउटा सक्कली थियो । यो भिसा युएईको अध्यागमनमा पेश गर्नु भनेर उनले सिकाए । नक्कली भिजिट भिसा, होटल बुकिङको कागजात, डलर र दिरामको छाप हानेको राहदानी सहितको फाइल त्रिभुवन विमानस्थलमा देखाउनु भनेर दिए । विमानस्थलमा हुने पहिलो पुलिस चेकिङमा उनीहरुलाई कसैले कुनै सोधपुछ गरेन । १२ जना लस्करै भित्र छिरे । एयर अरेबियाको काउन्टरमा पुगे । एउटै लाइनमा बसे । काउन्टरमा पुग्नासाथ उनीहरुलाई खास प्रश्न नगरी फटाफट बोडिङ पास दिइयो । ‘सबैभन्दा अच्चम त हामीलाई अध्यामगनले एक वचन पनि सोधेन,’ थप्रेक ४, तनहूँका बुद्धिबहादुर वाग्लेले भने, ‘हामी यात्रु प्रतिक्षामा नपुगेसम्म ओमले छिनछिनको अपडेट लिइरहेका हुन्थे ।’ तनावमा ९ महिना ओमले यसरी सेटिङ गरेर चारपटक गरि ३३ जनालाई युएई पुर्‍याए । हिमाया सेक्युरिटीमै एसआरएस म्यानपावरबाट श्रमस्वीकृति लिएर गएका थप ५२ जना थिए । हिमायाले युएई पुगेपछि मात्रै अन्तर्वार्ता लियो । उनीहरु सबै पास र मेडिकल फिट पनि भए । तालिम पनि भयो । ‘कम्पनीसँग सम्झौता भने गरेनन्,’ बृद्धिबहादुरले भने, ‘भोली भोली भन्दाभन्दै महिना बित्दै गए ।’ ठूलो पैसा फसेकाले उनीहरु तुरुन्तै दुताबास पनि गएनन् । ओम र एसआरएस म्यानपावरले भने अनुसार चुपचाप बस्दै गए । यस्तैमा एक दिन थाहा पाए, हिमायाले काम नै नदिई नेपाल फर्काउन लागेको छ । त्यसपछि भने उनीहरु दुताबास पुगे । ‘ऋण खोजेर आएका थियौं । कसैसँग पैसा थिएन । घरबाट फोन आउँथ्यो । घरतिर पनि बास्तबिकता लुकायौं,’ तेजबहादुरले भने, ‘ओमले अझै मिलाइदिन्छन् कि भनेर चुप त बस्यौं तर हामीले ठूलो मानसिक यातनाबाट गुज्रिनुपर्‍यो ।’ ओमलाई दुताबासले छलफलका लागि बोलउदा पनि गएनन् । ‘तिमीहरुले केही गर्न सक्तैनौं भन्दै लुक्दै बसे,’ उनले भने, ‘प्रधानमन्त्री दुबई आएको बेला भेटेर ज्ञापनपत्र बुझायौं । त्यसबाट केही नभएपछि ओम र बलरामको झन शान बढ्यो ।’ दुताबासले कम्पनीसँग निरन्तर कामदारको पक्षमा ‘लबिङ’ गरेपछि घर फर्किने हवाई टिकट र केही महिनाको न्युनतम तलब दिएर स्वदेश पठायो । ‘हामीले दुई बर्षकै क्षतिपुर्ति पाउनुपर्ने थियो । घर फर्किन पायौं, त्यसमै खुसी हुनु पर्‍यो,’ उनीहरुले भने । ओम र एसआरएस सञ्चालक फरार कामदारहरु नेपाल फर्किए लगत्तै युएईस्थित नेपाली दुताबासले एजेन्ट ओमबहादुर थापालाई मानव तस्करी र एसआरएस सञ्चालकलाई आर्थिक शोषण मुद्दामा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठायो । एजेन्ट थापाद्वयलाई कारबाही माग गर्दै मंगलबार पीडितहरु विभागमा उजुरी दर्ता गर्न पुगे । विभागका महानिर्देशक बिश्वराज पाण्डेले एसआरएस म्यानपावरका कामकारबाहीमा रोक लगाउनुका साथै सञ्चालक सुभद्रा बराललाई पक्राउ पुर्जी जारी भइसकेको बताए । ‘म्यानपावरका सबै काम कारबाही रोक्का गरिएको छ । बरालको नाममा भएको सम्पत्ति पनि रोक्का गरिएको छ,’ उनले भने । पीडित कामदारका अनुसार विभागले पक्राउ पुर्जी जारी गरेपछि एसआरएस म्यानपावरका संचालक कार्यालय बन्द गरी फरार भएका छन् । ‘हामीलाई आठ लाख रुपैयाँ दिएको भनेर म्यानेजर र एकाउन्टेन्टले प्रहरी समक्ष कबुल नै गरेको थियो,’ पीडित दिपेन्द्र रानाभाटले भने, ‘अहिले त म्यानपावर नै बन्द गरेर भागेछन् ।’ महानिर्देशक पाण्डेले ओमबहादुर र बलरामबिरुद्ध विभागले मानवतस्करी मुद्दा चलाउने बताए । ओमबहादुर दुबईबाट भारततिर छिरेको पीडितहरुले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE