Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

विमानस्थलमै देखियो मर्यादाक्रम विवाद

\"\"काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ । आजको कान्तिपुरमा खबर छ– त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो । सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्री त्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासंगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी । ‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेव खनालले पनि महरालाई थापाको छेउमा पठाए । निधिले पनि हातमा समाउदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमसः थापा, महरा र निधि लहरै भए । सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै प्रचण्ड चीन गएका हुन । थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन प्रचण्डले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो । प्रेस कक्षमा भएको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्रीसँग नीधि बसेनन् । प्रचण्डको दायातर्फ थापा बसे । प्रधानमन्त्रीको दाहिने कार्यबाहक प्रधानमन्त्री रहने चलन यसअघि थियो । घटनाक्रम नियालिरहेका एक अधिकारीले भने, ‘सुरुमा मर्यादाक्रमको विवाद प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममै देखियो । प्रेसकक्षमा त असन्तुष्टि नै देखियो ।’ मुलुकमा तीन उपप्रधानमन्त्री रहेकाले मर्यादाको समस्या आएको हो, जसले गर्दा कार्यवाहकको जिम्मेवारी नदिई प्रधानमन्त्री चीन गए । ‘समस्या समाधान होइन, समस्याबाट भाग्ने प्रथाले मुलुक एक सातासम्म प्रधानमन्त्री विहीन रह्यो’, परराष्ट्र अधिकारीले भने, ‘अन्य मुलुकमा प्रधानमन्त्रीपछिको बरिष्ठता तोकिएको हुदा कार्यबाहक तोक्न आवश्यक हुदैन । हामीमा त्यो नतोकिदा कार्यबाहक दिएर राष्ट्रपतिले अनुमोदन गर्ने चलन हो ।’ मुलुकको नेतृत्व गर्ने नेताहरुले जे गर्दा नि हुन्छ भन्ने प्रथाले यस्तो अवस्था देखापरेको ति अधिकारीले टिप्पणी गरे । चौथो दलका अध्यक्ष थापाले बरिष्ठता दावी गर्दै त्यसमा सम्मान नभए सरकार छोड्ने ‘घुर्कि’ देखाएपछि कार्यबाहक दिने विषय विवादित बनेको थियो । दाहाल नेतृत्वको सरकारमा निधिले पहिले नै उपप्रधानमन्त्री पदमात्र होइन कार्यबाहक सम्हाली सकेका थिए । तर थापा केहि दिन अगाडि मात्रै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE