Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मदन भण्डारीलार्इ खुकुरी हान्दा जसले गर्धन थापे

[caption id=\"attachment_124968\" align=\"alignnone\" width=\"1024\"]\"\" कुमार गुरुङ[/caption] भेटलाई केही सहज बनाएर औपचारिक घटनातिर प्रवेश गराउने योजना मैले बनाए । सोधेँ, तपाईंको उमेर कति ? मेरो पहिलो प्रश्नमै उनी आधाआधी उज्यालिए । फिस्स हाँसे । अब बोल्न पनि खोजे । तर, निस्किएन आवाज, मुखभित्रै गलामा हराए, उनका शब्द । मुखले नसकेर के भो ? विकल्प निकाले । तर, फेरि असहज भयो । उनको अप्ठ्यारोले मलाई घोच्यो । तर, संघर्षसाथ देब्रे हातका औँला उठाइछाडे र देखाए चार अनि सात । मैले इसारा बुझेँ, ४७ वर्षका भएछन् । दाहिने हात अचेतजस्तै छ । देब्रे हात चलाउन न्वारनदेखिको बल निकाल्नुपर्छ । दाहिने गोडा पनि चल्दैन । दाहिने हर नै लगभग निष्क्रिय छ । यस्तो हालतमा छन्, कुमार गुरुङ । कुमारको मनभित्रै अभिव्यक्ति बोली दाजु दिलबहादुरले बोलिदिए, ‘अहिले त ऊ धेरै नै सुधार भएको हो, १९ वर्षअघि त दाहिने हर नै चल्दैनथ्यो, मुख बांगिएर कानसम्म पुगेको थियो ।’ ००० कुमार अहिले किराना पसलमा बस्नेसम्मका भएका छन् । बिहानै उनलाई भेट्न पुग्दा पसलकै कुर्सीमा आराम गरिरहेका थिए । म एकजना साथीको सहयोगमा उनीकहाँ पुगेको थिएँ । कुमार त पसलमै इसारामा व्यक्त हुन खोजिरहेका थिए, तर मैले शान्त कोठामा बसेर कुरा गर्न चाहेँ । मैले इच्छा जनाएपछि उनी बिस्तारै उठे, ८० काटेको बूढोझैँ । दाहिने गोडा खुम्च्याउँदै भित्री ढोकाबाट छिरे र एउटा अ“ध्यारो कोठामा पुगे । म पछिपछि लागेँ, साथमा थिए, उनका दाजु दिलबहादुर । मोबाइलको उज्यालो दिएपछि पहिलो नजरमै कोठाको चित्र मेरो आँखामा खिचियो । उनी दिलैदेखि ‘एमाले’ हुन् भन्ने स्पष्ट भयो । दिलबहादुरले बत्ती बालेपछि भित्तामा झन् स्पष्ट देखिए, मदन भण्डारीका तस्बिर, एमालेको चुनाव चिह्न सूर्य । भित्ताको एउटा फोटोमा गएर मेरा आँखा रोकिए । तर, मन खुब दौडियो । लक्का जवान छँदाको कुमारको फोटो थियो त्यो । खाइलाग्दो, हिस्सी परेको फोटो देखेपछि मैले खोतल्न थालेँ, यो हालतमा आइपुग्नुको कारण । विगत १९ वर्षदेखि यो अवस्था निम्तिनुको कारण के हो त ? प्रश्नको जवाफ दिन कुमार तम्सिए । तर, स्पष्ट बोली फुटेन । इसारामा बुझ्नुपर्ने भयो । त्यसैले मैले दिलबहादुरसँग घटना बुझ्न चाहेँ । ‘०४८ मा कुमार अस्कल क्याम्पसको स्ववियु सभापति थियो । त्यतिखेर बिएस्सी सकेर एमएस्सीमा भर्ना गर्ने तयारीमा थियो ऊ । तर, राजनीतिक रंगमा हेलिएको ऊ ०४८ को उपनिर्वाचनमा सक्रिय भयो,’ दिलबहादुरले सुनाए, ‘ऊ तत्कालीन एमाले महासचिव मदन भण्डारीको खास मान्छे थियो, हप्तामा कम्तीमा एकपटक उनीहरूबीच भेट हुन्थ्यो । भण्डारीलाई कुमारले आदर्श नेता ठान्थ्यो ।’ कुमार आडैमा रहेर सुन्दै थिए । वेला–वेला मुख बाउन खोज्थे, तर, के सक्नु ? मैले उनको इसारालाई सम्मान गर्दै दाजुबाटै थप अपेक्षा गरेँ । दिलबहादुरले सुनाउँदै गए, ‘एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. १ र ६ मा भण्डारी उम्मेद्वार थिए । चुनावी माहोल भण्डारीको पक्षमा बनाउन कुमारलाई धेरै जिम्मेवारी थियो । ऊ भण्डारीसँगै हिँडिरह्यो ।’ अब दिलबहादुरलाई घटना सुनाउन अप्ठ्यारो भयो । कुमारले पनि अनुहार मलीन पारे । सायद घटना सम्झिन थाले, जीवनमा बज्रपात भएको । मैले बिस्तारै सोधेँ, अनि के भयो दाइ ? दिलबहादुरले आफूलाई नियन्त्रण गर्दै अगाडि सुनाए, ‘बानेश्वरको भीमसेनगोलाको चुनावी प्रचारमा एक हुल युवा भण्डारीको छेउमा आएछन् । हातमा रड, खुकुरी र खुँडा बोकेका जत्था भण्डारीमाथि आइलागेपछि ऊ (कुमार) अघि बढेछ र आफ्नो गर्धन थापेछ । त्यही घटनामा टाउको र ढाडमा गम्भीर चोट लाग्यो । तत्कालै वीर अस्पताल लगेर उपचार गरेपछि केही सामान्य भयो ।’ कुमारको राजनीति र आन्दोलनको घटना स्पष्ट बुझ्न एमाले युवा नेता रवीन्द्र अधिकारीलाई सम्पर्क गरेँ । उनले दिलबहादुरकै भाषामा कुमारबारे सुनाए । कुमारले मदनको गर्धनमा ताकिएको खुकुरी आफूलाई थापेर छेकेको बताए । ००० वीर अस्पतालको उपचारपछि तत्काल कुमार सामान्य दैनिकीमा फर्किए । ०५४ सालसम्म शारीरिक अवस्था सामान्य नै थियो । ०५४ को स्थानीय निर्वाचनमा पनि भाषण दिँदै हिँड्न थाले । जब निर्वाचन सकियो, कुमारमाथि आपत् आइलाग्यो । ‘तिजको दर खाने दिन सबैका घरमा रमझम थियो, तर भाइ एकाएक ढल्यो,’ दिलबहादुरले सम्झिए, ‘टाउकाको घाउ बल्झिएर उसलाई मस्तिष्क पक्षघात भयो, त्यो वेला कुमार २८ वर्षको मात्र थियो ।’ कुमारलाई तत्काल ओम हस्पिटल लगियो । डा. उपेन्द्र देवकोटालाई देखाइयो । ‘उपेन्द्रले तामिलनाडुस्थित भेलोर अस्पताल लैजान सल्लाह दिनुभयो, तर तत्काल सम्भव भएन,’ दिलबहादुरले पीडा सुनाए, ‘धेरै रकम लाग्थ्यो, कहाँबाट ल्याउनु ? त्यसैले टिचिङ अस्पताल लगेर भर्ना गर्‍यौँ ।’ त्यतिवेला कुमारलाई भेट्न अस्पतालमा थुप्रै नेता कार्यकर्ताको घुइँचो लाग्यो । वामदेव गौतम देशको गृहमन्त्री थिए । गौतमले सरकारका तर्फबाट दुई लाख सहयोग मिलाइदिएर ‘भारत लैजान’ भने । अब गुरुङ परिवारलाई केही सहज भयो । दिलबहादुर भन्छन्– भारत लैजाँदा भाइ मुढोजस्तो भइसकेको थियो, हामीले त आशै मारिसकेका थियौँ ।’ ००० भारतमा कुमारको डाइग्नोसिस भयो । संवेदनशील ठाउँमा मस्तिष्कघात भएका कारण डाक्टरले पनि अप्रेसनको जोखिम उठाउने आ“ट गर्न सकेनन् । फेरि कुमारलाई नेपाल नै ल्याएर डा. देवकोटाकै प्रत्यक्ष निगरानीमा स्पिच र अकुपन्चर थेरापी गराउन थालियो । ‘बिएस्सी पास गरेको कुमारलाई त्यतिवेला कखरा, एबिसिडीदेखि बा–आमाको नामसमेत सिकाउनुपर्‍यो,’ उनले भने, ‘एक वर्षपछि उनी केही ठीक भयो, लठ्ठीको सहाराले ट्वाइलेट जाने–आउनेसम्म गर्न थाल्यो ।’ कुमारलाई भारतको एपोलो अस्पतालमा पनि पटकपटक लगियो । तर, निको हुन सकेन । उनकै लागि १० लाखभन्दा बढी खर्च भइसकेको छ । अहिले पनि उपचारमा महिनाको ८-१० हजार खर्च हुन्छ । उपचार गर्दागर्दा हालत खराब भइसकेको छ दाइ दिलबहादुरको । अहिले सामान्य सुधार आएपछि खोच्याउँदै बिस्तारै हिँड्न सक्ने भने भएका छन्, कुमार । दक्षिणकाली, पशुपति, स्वयम्भूलगायतका मन्दिरमा कहिलेकाहीँ एक्लै पनि पुग्छन् । ‘फलोअप’का लागि अस्पताल पनि आफैँ पुग्छन् । तर, पूर्ण रूपमा ‘सेन्स रिकभर’ भने भइसकेको छैन । बोल्नेभन्दा बढी इसारा गर्छन्, बोलेको कुरा छिनमै बिर्सिने समस्या उनमा छ । ००० गोरखा थालाजुङमा जन्मिएका कुमारले भण्डारीलाई खुकुरी कान्डमा बचाए । तर, दासढुंगा दुर्घटनामा भण्डारीले संसार छाडे । कुमारका आदर्श नेता आज यो दुनियामा छैनन् । जब मैले मदनको नाम लिएँ, कुमारले अनुहार बिगार्न थाले । मैले मदनबारे उनको विचार बुझ्न खोज्दै थिएँ । उनले संकेत बुझे र अकस्मात् भक्कानिए, आँसु रोक्न सकेनन् । हिक्का छाडेर रोए । अक्मकाउँदै मलीन स्वरमा संकेत गरे, ‘बर्बाद भो, खत्तम भो, अहिलेका नेता सबै चोर छन् ।’ कुमारलाई गाह्रो हुँदै थियो । दिलबहादुरले बीचैमा काटेर भने, ‘मदन भण्डारीको मृत्यु हुँदाताका कयौँ दिन भात पनि खाएन यसले ।’ ००० अहिले पनि राजनीतिमा उत्तिकै रुचि राख्छन् कुमार । आफ्नो भावलाई स्पष्ट शब्दमा व्यक्त गर्ने सामथ्र्य त उनीसँग छैन । तर, टेलिभिजन हेर्छन्, पत्रिपत्रिका पढ्छन् । राजनीतिको कुरा उठ्दा उनले बाउन खोजेको मुखमा फुत्किएजस्तो लाग्छ, अझै देश बदल्ने जोश उनको मनमा जीवित छ ।’ नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE