Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चीन चाँडै चुनाव चाहन्छ : मन्त्री महत

\"\"काठमाडौं, १६ चैत । साताव्यापी चीन भ्रमण सक्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत आइपुगेका छन् । चीनको हाइनानमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागितापछि प्रधानमन्त्री प्रचण्ड शनिबार बेइजिङ पुगेका थिए । प्रचण्डले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा उपप्रधानमन्त्रीद्वय झाङ गाओली र वाङ याङसहित चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग बेग्लाबेग्लै भेट गरे । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग चीन भ्रमणबारे अाजको अन्नपूर्ण पोस्टमा प्रकाशित अन्तर्वार्ता : १. प्रधानमन्त्रीको चीन भ्रमण कस्तो हुँदैछ ? प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हामी आजै मात्र तिब्बतको ल्हासा आइपुगेका छौं । भ्रमणमा चीनसँग कुनै नयाँ सन्धिसम्झौता नहुने हामीले भ्रमणअघि नै भनिसकेका थियौं । सोहीअनुसार भ्रमणमा कुनै नयाँ महत्वपूर्ण सन्धिसमझदारी भएनन् । तर यो भ्रमणमा चिनियाँ नेतृत्वको उच्च तहसँग भएका भेट र छलफलले दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउन महत्वपूर्ण बनेको छ । भ्रमणमा भएका भेटवार्ता र छलफलले नेपाल-चीन द्विपक्षीय सम्बन्ध अझ बढी विश्वासिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास हामीले राखेका छौं । २. चिनियाँ उच्च नेतृत्वसँग मूलत: के विषयमा कुराकानी भए ? प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति तथा दुईजना उपप्रधानमन्त्रीसँग भएका छलफल खासगरी चीन-नेपालबीच पूर्ववर्ती सरकारका पालामा हस्ताक्षरित पारवहनलगायत सहमति-सम्झौता कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल भए । हामीले ती सहमति र सम्झौता अक्षरश: पालना गर्न तयार रहेको प्रतिबद्धता जनायौं । चीनले नेपालसमक्ष प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल सहभागी हुने विषयमा चिनियाँ नेतृत्वसँग छलफल भयो । प्रधानमन्त्रीले नेपाल ओबीओआर अवधारणामा चाँडै सदस्य बन्ने प्रतिबद्धता जनाउनुभयो । ओबीओआर अवधारणामा सहभागी भएर नेपाल लाभ चाहन्छ भन्ने कुरा हामीले राख्यौं । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालले सोही भेटमा ओबीओआर अवधारणामा नेपालको सहभागिता सुनिश्चितताका लागि थप छलफल गर्न सम्बन्धित सरकारी अधिकारीलाई निर्देशनसमेत दिनुभयो । नेपालको चीनसँगको व्यापारघाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा शून्य भन्सार सुविधा उपलब्ध गराइदिन हामीले आग्रह गर्यौं । ३. आसन्न स्थानीय निर्वाचन र संविधान कार्यान्वयनबारे चीनको चासो कस्तो छ ? चिनियाँ राष्ट्रपतिसँगको भेटमा उहाँले नेपालको शान्ति, स्थायित्व र आर्थिक -सामाजिक विकासमा चीनको सहयोग जारी रहने बताउनुभयो । आपसी विश्वास बलियो पार्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीले स्थानीय चुनाव घोषणा गरिसकेको अवगत गराउँदै संविधान कार्यान्वयनमा चीन, भारतलगायत छिमेकी राष्ट्रको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । चीनले नेपालमा स्थानीय तह चुनाव चाँडै होस् भन्ने चाहेको हामीले पायौं । चिनियाँ राष्ट्रपतिले स्थानीय चुनावका लागि लजिस्टिक सहयोगस्वरूप ९ मिलियन युआन सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । ४. चीनबाट उच्च तहको नेपाल भ्रमण हुन सकिरहेको छैन । यसबारे चिनियाँ पक्षको भनाइ के छ ? प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउन फेरि आग्रह गर्नुभएको छ । विगतमा हामीले उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिइसकेकै छौं । चिनियाँ राष्ट्रपतिले दुवै पक्षको छलफलमा उपयुक्त समयमा आफूले नेपाल भ्रमण गर्ने बताउनुभयो । ५. भूकम्पपछि तातोपानी नाका खुल्न सकेको छैन । यसबारे के छलफल भयो ? चिनियाँ पक्षले तातोपानी नाका चाँडै खोल्न काम भइरहेको जानकारी दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतका प्रमुखसँग आज भएको कुराकानीमा पनि तातोपानी नाका फेरि सञ्चालनमा ल्याउनेबारे छलफल भयो । उहाँले केन्द्र सरकारसँग समन्वय गरी तातोपानी नाका फेरि सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । तिब्बत र नेपालबीच व्यापार, पर्यटन, सीमा सुरक्षा सुदृढ गर्ने र सांस्कृतिक क्षेत्रमा कसरी सहयोग बढाउने भन्नेबारे कुराकानी भयो । चीन जोड्ने स्याफ्रुबेसी—रसुवा तथा तातोपानी नाकाको स्तरोन्नति र सुधारबारे गहन छलफल भएका छन् । ६. विगतमा चीन-नेपालबीच भएका सहमति, सम्झौता कार्यान्वयनमा अब सरकारले के गर्छ ? राजनीतिक तहमा भएका सहमति र सम्झौताको व्यावहारिक कार्यान्वयन गर्न कर्मचारी स्तरमा बैठक गर्नु आवश्यक हुन्छ । चिनियाँ पक्षसँग हामीले सचिवस्तरीय बैठक नियमित गर्नेबारे कुराकानी गरेका छौँ । अब चाँडै चीनसँग परराष्ट्र सचिवस्तरमा बैठक गरेर विगतका सम्झौताहरूको कार्यान्वयन अघि बढाइनेछ । ७. चीनसँग बढेको अविश्वास हटेको हो त अब ? चीनसँग हाम्रो समझदारी र विश्वास सदैव रहँदै आएको छ । चीन हाम्रो निकट छिमेकी राष्ट्र हो । हामी एकअर्काका साझा हित र स्वार्थमा प्रतिबद्ध भएर अघि बढ्नेबारे भ्रमणमा कुराकानी भएको छ । एक चीन नीतिप्रति नेपालले स्पष्ट रूपमा प्रतिबद्धता जनाएको छ । चीनसँगको सम्बन्धमा अझ बढी विश्वास बढेको अनुभूति भएको छ । भारतसँग जसरी हाम्रो विश्वासको सम्बन्ध छ त्यसैगरी चीनसँग पनि विश्वासको वातावरण बनेको छ । उहाँहरूले पनि भारतसँग नेपालको राम्रो सम्बन्ध रहोस् भन्ने चाहना राख्नुभएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE