Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपाल–भारतबीच पञ्चबर्षे आपूर्ति सम्झौता नविकरण

\"\" काठमाडौं, १५ चैत । नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार (हिजो) नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो । आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पाेरेसन (आइओसी)ले उपलब्ध गराउनेछ । नेपाललाई उपलब्ध गराइने इन्धन अहिलेको तुलनामा नेपाल–भारत सीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधा सम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा एक अर्ब रुपैयाँ भन्दा बढी रकम बचत हुने उनले जानकारी दिए । भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ । त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ । नेपाल र भारतबिच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ । नेपालले भारतसँग वार्षिक रुपमा एक खर्ब रुपैयाँभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ । नेपाल र भारतबीच रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ । इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending