Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

समृद्धि र विकासको २५ वर्षे योजना बनाउँदै एमाले

\"\"काठमाडौं, १५ चैत । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताको उपस्थितिमा सोमबार बृहत् विद्वत्सभा आयोजना गरी एमालेले त्यससम्बन्धी गृहकार्य अघि बढेको जानकारी गराएको हो । अाजको नयाँ पत्रिकामा खबर छ–  वि. सं. २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पुर्याउने गरी नीतिगत, संरचनागत र कानुनी आधार तयार पार्ने उद्देश्यले गृहकार्य सुरु गरिएको सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । ‘पच्चीस वर्षमा नेपाललाई समृद्धिको उचाइमा पुर्याउन गर्नुपर्ने तात्कालिक काम र दीर्घकालीन कामका सन्दर्भमा नीतिगत, संरचनागत र कानुनी आधारका लागि विद्वत्वर्गको सुझाब लिएका हौँ,’ सचिवालय सचिव ज्ञवालीले भने, ‘हामी समग्र बहसलाई विकास र समृद्धितर्फ केन्द्रित गर्दै अब राष्ट्रको प्रमुख एजेन्डा बनाउन चाहन्छौँ ।’ विद्वत् सुझाब कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगर्भनर डा। युवराज खतिवडाले विकास र समृद्धिसम्बन्धी दीर्घकालीन योजनाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए । एमालेले पार्टीको नवौँ महाधिवेशनबाट समृद्ध नेपाल स् सुखी नेपालीको नारासहित पच्चीस वर्षपछिको समृद्ध नेपाल बनाउने ‘मोडेल’ अघि सार्ने नीति पारित गरेको थियो । एक सय विज्ञको सुझाब विभिन्न क्षेत्रका करिब डेढ सय विज्ञ सहभागी कार्यक्रममा एक सयजनाले अबको विकसित र समृद्ध नेपालको खाकाका सन्दर्भमा गर्नुपर्ने संवैधानिक, कानुनी, संरचनागतलगायत सुझाब राखेका थिए । संविधानविद् काशीराज दाहाल, कूटनीतिज्ञहरू हिरण्यलाल श्रेष्ठ, राजेश्वर आचार्य, डा। महेश मास्के, शम्भुराम सिंखडा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, डा। डिल्लीराज खनाल, डा। खिमलाल देवकोटा, डा। विद्यानाथ कोइराला, डा। गणेशमान गुरुङ, डा। गोविन्दबहादुर गुरुङ, सिचुआन युनिभर्सिटीका प्रा। डा। कृष्णप्रसाद ओली, डा। पीताम्बर शर्मा, इन्जिनियर सरोजकुमार उपाध्याय, पयर्टनविद् सुमन पाण्डे, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, उद्योगपति हरिभक्त शर्मा, वरिष्ठ पत्रकारहरू कनकमणि दीक्षित, तीर्थ कोइरालालगायतले सुझाब राखेका थिए । विज्ञको सुझाबका आधारमा निर्वाचन घोषणापत्र दीर्घकालीन योजनाका लागि विद्वत्सभा आयोजना गरिएको भनिए पनि एमालेले उनीहरूका सुझाबलाई समेत मध्यनजर गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको छ । पार्टीसँग निकट विज्ञहरूलाई सहभागी गरेर एमालेले घोषणापत्र तयारी गरिरहेको छ । ‘चुनावी घोषणापत्रमा विद्वत्सभामा आएका सुझाबहरू पनि प्रतिबिम्बित हुन सक्छन्,’ ज्ञवालीले भने, ‘तर, मूलतः दीर्घकालीन योजनाकै लागि सुझाब लिने उद्देश्यले नै विद्वत्वर्गलाई बोलाइएको हो ।’ एमालेले ६ महिनाभित्र विकास र समृद्धिको दीर्घकालीन योजना सार्वजनिक गरिने जनाएको छ । ओलीले भने : अचम्मित हुने गरी समृद्ध बनाउन चाहन्छौँ आर्थिक विकासका लागि त हाम्रा लागि १० वर्ष नै काफी छ । तर, यो विद्वत्भेला निर्वाचन घोषणापत्रमा सुझाब लिनका लागि होइन, विसं। ०९९ सम्म देशलाई अचम्मित हुने गरी समृद्ध र विकसित बनाउने गरी योजना बनाउन आयोजना गरिएको हो । त्यसका लागि हामी तपाईंहरूका सुझाब सुन्न चाहन्छौँ । यो शताब्दीको अन्त्यसम्म हामी विकसित मुलुक बनाउन सक्छौँ । ‘ह्यापिनेस’को पहिलो सूचीमा नर्वे होइन, नेपाल केहीपहिले विश्वको ह्यापिनेस ९सबैभन्दा खुसी०को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भयो । तर, मलाई लाग्यो, त्यो सूचीमा त नेपाल हुनुपथ्र्यो । यस्तो उर्वरभूमि । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूका सन्तान नेपाली, दुनियाँसँग लडाइँ लडेर वीरता देखाएको, काममा सबैले पत्याएको, ऊर्जावान् युवाहरूको देश, विश्वशान्तिको सन्देश फैलाउने गौतम बुद्धको देश, म होइन–हामी सामूहिकताको भावना । तर, अलिकति देश राजनीतिक सेन्टिमेन्टलतिर मात्रै बहकिएकाले केही स्पष्ट पार्दै, व्यवस्थापन गर्दै अघि बढ्न जरुरी छ । वन बेल्ट वन रोड नेपालका लागि उपयोगी एमाले राष्ट्रिय हित–सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा दलीय स्वार्थको साँघुरो घेरामा कैद हुँदैन । देश विकासका लागि के–के योजना चाहिन्छ रु त्यसका लागि कुन क्षेत्रमा कति दक्ष जनशक्ति उत्पादन गर्दै जानुपर्छ, शिक्षाको योजना के हुनुपर्छ रु कृषिको आधुनिकीकरण, देशलाई आत्मनिर्भरताको बाटोमा लैजाने कुरामा निजी क्षेत्रसँगको साझेदारीदेखि सुशासनलगायत सबैमा स्पष्ट नीति र योजनासाथ एमाले अघि बढ्न चाहन्छ । अब नेपाल भूपरिवेष्टित या कुनै देश वेष्टित होइन, पारस्परिक सम्मान, सहकार्यसहित अघि बढ्न खोजिरहेको छ । चीनको वान बेल्ट वान रोडको अवधारणा हाम्रा लागि धेरै उपयोगी छ । आन्तरिक कनेक्टिभिटीसँगै संसारसँगको कनेक्टिभिटीमा रहेर बढ्न चाहन्छौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending