Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

\"\"धरान, १४ चैत । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त भागेपछि दुई जना प्रहरी नै हिरासतमा राखिएका छन् । म्याद थप गर्न सुनसरी जिल्ला अदालत पुर्याएका लागु औषधका अभियुक्त प्रहरीको घेराबाटै भागेपछि सम्बन्धित दुईजना प्रहरी जवानलाई हिरासतमा लिइएको हो । अदालतमा बयान कक्षमा राखिएका अभियुक्त प्रहरीकै आँखा छलेर भागेकाले प्रहरी जवानहरु लोकबहादुर महत र जीवन श्रेष्ठलाई हिरासतमा राखिएको हो । उनीहरु मोबाइल खेलाउनमा व्यस्त भएको मौका पारेर मोरङ बेलवारीका बीरेन्द्र खत्री फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलका अनुसार अभियुक्त खत्री जिल्ला अदालतको परिसरबाटै आइतबार फरार भएका थिए । उनका अनुसार खत्रिलाई चैत ९ गते ५ सेट लागुऔषध टिडीजेसिक इन्जेक्सन सहित  पक्राउ परेका खत्रीलाई दोस्रो पटक म्याद थपको लागी सरकारी वकिलको कार्यालय इनरुवा लगिएको थियो । प्रहरीहरुको लापरवाहीले थुनुवा भागेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी जवानहरु महत र श्रेष्ठलाई निलम्बन गरी अनुसन्धान सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रविण धितालले बताए । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलयय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक शेषकराम थानदारको संयोजकत्वमा एक प्रहरी सहायक निरिक्षक र एक प्रहरी हवल्दारसहितको छानविन टोली बनाइ विभागीय अनुसन्धान समेत सुरु गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE