Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

नेपालीसँग रहेको प्रतिब्यक्ति साढे चार हजार मात्रै भारु नोट साटिने

\"\"काठमाडौं, १३ चैत । भारतमा प्रतिबन्ध लागेको भारतीय ५ सय र एक हजारको नोट साट्न तयार भएको भारतले प्रतिब्यक्ति साढे चार हजार मात्रै नोट साट्ने प्रस्ताव गरेको छ । नेपालमा रहेको भारु सटही टुंगो लगाउन आएको भारतको रिजर्व बैंक अफ इन्डिया (आरबीआई) र त्यहाँका वित्त मन्त्रालयका उच्चस्तरीय टोली र नेपाल राष्ट्र बैंकका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले व्यक्तिगत साढे ४ हजार भारुमात्र साट्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकका अधिकारीले नेपालमा रहेका २५ हजार प्रतिवन्धित भारु साट्नका लागि भारतीय अधिकारीसँग अनुरोध गरे पनि भारतीय पक्षले भने प्रतिब्यक्ति साढे ४ हजार मात्रै साट्न सकिने जनाएको राष्ट्र बैंक स्रोतले जनाएको छ । यसबारेमा आइतबार निर्णय हुन नसकेपछि सोमवार पुनः वार्ता हुने भएको छ । सोमबारको बैठकले नेपालमा रहेको भारु नोट सटहीबारे निर्णय गर्नेछ । भारतले मार्च महिनाभरिलाई सटही सुविधा दिएको छ । नेपालको बैकिङ प्रणालीमा ७ करोड ८३ लाख भारु रहेको बताइएको छ । बैकिङ प्रणालीमा भएको प्रतिवन्धित भारु साट्न समस्या नभएको तर व्यक्तिगतमा सीमा निर्धारण गरेकाले यस्तो समस्या आएको हो । २ महिनाअघि आरबीआईको नेपाल आएको टोलीले नेपाल राष्ट्र बैंकसँग गरेको छलफलपछि नेपालले बैंकिङ प्रणालीमा अपनाएको सुरक्षाका बारेमा विश्वस्त हुँदै प्रतिवन्धित नोट साट्ने जानकारी गराएको थियो । आरबीआईले नेपालमा भारुको अभाव समस्यालाई तत्काल समधान गर्न १ अर्ब २० करोड भारु दिइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE