Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

\"\" धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने बताएका छन् । नयाँ शक्ति पार्टीको हिमाल–पहाड–तराई मधेस अभियानको अन्तिम दिन कैलालीको धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले एमाले नेताहरुप्रति लक्षित गर्दै भुइँफुट्टा नेताको संज्ञा दिए । उनले को राष्ट्रवादी हुन् भन्ने जाँच्न डीएनए टेष्ट गर्न समेत आग्रह गरे । ‘तिमी महाकाली बेच्ने भुँइँफुट्टाहरु राष्ट्रवादी भयौं’, भट्टराईले भने, ‘तिमी राष्ट्रवादी हौ कि हामी राष्ट्रवादी भन्ने डिएनए टेष्ट गरौं ।’ भट्टराईले आफू गोर्खाको लिगलिगमा राजा बनाउनेहरुको सन्तान भएको उल्लेख गर्दै पुर्खाको इतिहासलाई भुल्न नसक्ने समेत बताए । उनले हिमाल पहाड र तराईका बासिन्दालाई विभाजित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरुद्ध एकतावद्ध हुनुपर्नेमा पनि जोड दिए । नेपालमा दुई कोणबाट विखण्डनको विउ रोपिएको भट्टराईको आरोप छ । जातीय रुपमा एउटा जातीको प्रयोग गरेर शासन सत्ता चलाउन खोज्नेहरु र नेपाललाई टुक्र्याएर अलग देश बनाउनुपर्छ भन्ने विखण्डनकारीहरु रहेको उनले बताए । खास आर्य र थारु मधेसी समुदाय नेपालमा कसरी आएका थिए भन्ने उदाहरण प्रस्तुत गर्दै भट्टराईले थारु समुदाय अफ्रिकाबाट आएर एक ठाउँमा मात्रै बसेकाले लाटो भएको तर खस आर्यहरु विभिन्न ठाउँमा घुमेर हण्डर ठक्कर आएर बाटो भएको तर्क गरे । सामाजिक सञ्जालमा गाली गर्ने पनि खस समुदाय उनले सामाजिक सञ्जालहरुमा आफूलाई गाली गर्ने ९० प्रतिशत खस समुदाय नै भएको दाबी गरे । आफूले साँचो कुरा गर्दा मधेसी, थारुहरुलाई बोक्यो भनेर खस समुदायले नै आफ्नो आलोचना गर्ने गरेको भट्टराईले गुनासो गरे । भट्टराईले अहिले भएको सीमांकनले सबै समुदायलाई नसमेटेको भन्दै क्लष्टरका आधार सीमांकन गरिनुपर्नेमा जोड दिए । अहिलेको प्रस्तावित सात नम्बर प्रदेश कार्यान्वयनमा नआएको उल्लेख गर्दै भट्टराईले खसआर्य तथा तराईका रानाथारु र डगौरा थारु गरी दुई थरी समुदाय मनोविज्ञान रहेको उल्लेख गरे । दुई समुदाय मध्ये एउटा समुदायका जनतालाई हात लिएर (किनेर) भ्रष्टाचार गर्ने पुरानो सोंच अहिले पनि रहेको भन्दै सचेत हुन भट्टराईले आग्रह गरे । एउटा समुदायका जनतालाई किनेर सीमित फाइदा भए पनि दीर्घकािलन फाइदा नहुने उनले दाबी गरे । ‘चुनावी स्वार्थको निम्ति एउटा जातीलाई समातेर अरु जातीमाथि शासन गर्ने काम केही पार्टीहरुले गरेका छन्’, भट्टराईले भने, ‘तर त्यो क्षणिक फाइदा मात्रै हुन्छ ।’ खस आर्य, आदिवासी जनजाति र थारु मधेसी तीनै जातीलाई मिलाएर क्लष्टरका आधारमा अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिए । नेपाल एउटा इन्द्रेणी राष्ट्रियता रहेको भट्टराईको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE