Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नौ विद्यार्थी संगठनद्वारा आरआरको चुनाव स्थगन गर्न माग (विज्ञप्तिसहित)

\"\"काठमाडौं, १३ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसमा चैत्र १५ गते हुने भनिएको स्ववियु निर्वाचन तालिका तत्काल स्थगित गरी सहमतिका आधारमा नयाँ तालिका प्रकाशन गर्न नेविसंघ,अखिल (क्रान्तिकारी)सहितका ९ विद्यार्थी संगठनले माग गरेका छन् । शनिबार राति बागवजार स्थित अखिल (क्रान्तिकारी)को कार्यालयमा वसेको ९ विद्यार्थी संगठनको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी संगठनहरुसँग कुनै छलफल र सरोकार नराखी एकलौटी रुपमा निर्वाचनको मिति तोकिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ ‘सर्वोच्च अदालतले महान्यायाधिवक्तामार्फत् विपक्षीलाई लिखित जवाफ पेस गर्ने दिएको १५ दिने म्यादलाई समेत पूर्ण रुपमा बेवास्ता गरी १५ दिन अगावै निर्वाचनको मिति तोक्नु आदेशकै अवज्ञा भएको स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ । ‘निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको अवस्थामा फागुन १९ गते नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हो,’ ९ संगठनद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुलाई उम्मेदवार मनोनयन दर्ता गर्नसमेत नदिइएको, यसै अवधिमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको, क्याम्पसमा विभिन्न तहको भर्ना जारी रहेको, फर्जी भर्नालाई वैधानिकता दिने अभिप्रायले क्याम्पसमा भएको आगजनीको घटनाको कुनै छानविनसमेत नगरेको आरोप लगाएका छन्। उनीहरुले निर्वाचन अधिकृतले राजीनामा दिएको अवस्थामा विद्यार्थी संगठनहरुको सहमतिबेगर एकपक्षीय रुपमा मतदान मिति प्रकाशन गर्ने कार्यले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर गरेका छन् । एउटै क्याम्पसमा परीक्षा र निर्वाचन सँगसँगै हुन नसक्ने उनीहरुले स्पष्ट पारेका छन्। ‘१५ गते स्नातकोत्तर तहको परीक्षा रहेको, क्याम्पसमा असहज परिस्थितिको सिर्जना भएकोले विद्यार्थीहरुले मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुने भएकाले उक्त दिन गर्न लागिएको निर्वाचनलाई सम्पूर्ण रुपले खारेज गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। ९ विद्यार्थी संगठनहरुले असहज परिस्थितिका कारण निर्वाचन हुन बाँकी रहेका सम्पूर्ण क्याम्पसहरुमा नयाँ निर्वाचन तालिका प्रकाशित गरेर मात्रै निर्वाचन गर्न सकिने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘बद्नियतपूर्ण तरिकाले गर्ने कुनै पनि निर्वाचन हुन नदिने र सहभागिता जनाउन नसकिने व्यहोरा यसै वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।’ विद्यार्थी संगठनहरुको सहमति र वैठक विना एकतर्फी घोषणा गरिएको चुनावमा मुलुकको पहिलो दल निकट नेविसंघ, अखिल(छैठौं), अखिल (पाँचौ)लगायतको मनोनयन नै दर्ता नभएको अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जनाए। \"\"  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending