Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

भक्तपुरमा मेयरका प्रत्याशीहरुबाट भोट माग्नै सुरु

\"\"भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो । भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवेँ विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ । यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् । यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गरेका छन् । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गरेका छन् । सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गरेका छन् । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ । काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउछन् भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्काले बताए । एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखा परेका छन् । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ । एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गरेका छन् । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसकेका छन् । यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ । राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिहेका छन् । नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ । यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE