Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कञ्चनपुर घटनाको १६ दिनपछि जब गृहमन्त्री घटनास्थल पुगे..

\"\" पुनर्वास (कञ्चनपुर), १२ चैत । भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको दुई सातापछि गृहमन्त्रीसहितको टोली शनिवार घटनास्थल पुगेको छ । एसएसबीको गोली लागेर गत फागुन २६ गते पुनर्बास नगरपालिकाका गोविन्द गौतमको निधन भएको थियो । गौतमको निधनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पीडितकै घरमा पुगेर राहत प्रदान गरे पनि सरकारका मन्त्रीहरु घटनास्थल पुगेका थिएनन् । काठमाडौंबाट नै केही साधारण पोशाकमा सेनाका अधिकारीहरुलाई साथ लिएर गृहमन्त्री घटनास्थल पुगेका हुन् । उपप्रधान तथा गृहमन्त्री निधिका साथमा अन्य दुई मन्त्री पनि थिए । शनिवार शहीद गौतम परिवारको घर पुगेर उपप्रधानमन्त्री निधिले सरकारले घोषणा गरेको १० लाख रुपैयाँमा नेपाली कांग्रेसका तर्फबाट थप ७ लाख थपेर दिए । यस्तै, गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले पनि ४ लाख राहत प्रदान गरेको छ । उक्त रकम पनि गृहमन्त्री निधिले शहीदपत्नी लक्ष्मीलाई हस्तान्तरण गरेका छन् । मन्त्री निधिले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई निःशुल्क उच्चशिक्षासम्म अध्ययन पुरा गरिदिने तथा शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि जनाए । पीडितलाई राहत रकम हस्तान्तण गर्दै मन्त्री निधिले यो घटनाको भारत सरकारले माफी माग्नु पर्ने बताए । भारतीय प्रहरीले नै गोली चलाएको पुष्टी भएकाले घटनामा भारतले माफी माग्नुपर्ने उनको भनाइ थियो । यसअघि गौतम परिवारलाई एमालेले ५ लाख, माओवादी केन्द्रले ६ लाख राहत उपलब्ध गराएको थियो भने शुक्रबार मात्रै गौतमका परिवारलाई बर्दिया जिल्ला बढैया तालका समाजसेवी दामोदरप्रसाद अधिकारीले सहयोग स्वरुप जग्गा प्रदान गरेका थिए । काठमाडाँै चन्द्रागिरि–१४ घर भई हाल बर्दिया बढैयाताल–३ बस्ने अधिकारीले कञ्चनपुर पुनर्वास नगरपालिका–११ मा आफ्नो नाममा रहेको करिब आठ लाख मूल्यबराबरको १२ धुर जग्गा स्वर्गीय गौतमकी पत्नी लक्ष्मीलाई उनै घरमा पुगेर प्रदान गरेका थिए । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषय नेपाली पक्षले प्रदर्शन गर्दा भारतीय एसएसबीले नेपाली भूमिमै प्रवेश गरी प्रदर्शनकारीमाथि गोली चलाएको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गत फागुन २६ गते गौतमको निधन भएको थियो । एसएसबीबाट मारिएका गौतमलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE