Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ल्यान्डमाइनले जब हुत्यायो

\"\"७ फागुन ०२९ मा कठमाडौंको भीमढुंगामा जन्मिएको हुँ । बुबा त्यसवेला गृह मन्त्रालयमा काम गर्नुहुन्थ्यो । हामीलाई घर व्यवहार चलाउन त्यति ठूलो समस्या थिएन, यद्यपि हामी त्यत्ति धेरै सम्पन्न थिएनौँ । बुबाको जागिर, खेतिपातीले सामान्य रूपमा हाम्रो परिवारको जीवन चल्थ्यो । सिंहदरबारबाट मेरो घरको दूरी नाप्ने हो भने त्यस्तै पाँच–सात किलोमिटर होला । काठमाडौंको रिङरोडनजिकै जन्मिएर पनि हामीले सहरको अनुभूति गर्न पाएका थिएनौँ, राज्य हामीसँगै छ भन्ने अनुभूति गर्न पाएका थिएनौँ । राज्यसँग कार्यक्रम नभएकाले हो वा समुदायका हिसाबले हामी जनजाति बस्तीका कारण हो । त्यसवेला लाग्थ्यो, जिन्दगी सिक्दै–सिकाउँदै अगाडि बढ्ने यात्रा हो । जिन्दगी निरन्तर चलिरहने चुनौती र सम्भावनाको यात्रा पनि हो । सार्थक जिन्दगी कसरी बिताउने भन्ने प्रश्न हो । सार्थक जिन्दगीले चुनौती पनि बोकेर आएको हुन्छ । त्यसो भयो भने जिन्दगीको अर्थ खोज्न सकिन्छ । यस हिसाबले हेर्दा मेरो बाल्यकाल धेरै कष्टपूर्ण पनि रहेन, सुखद त हुनै सकेन । स्कुल पढ्दै गर्दा म वाम राजनीतितर्फ आकर्षित भएँ । हामीलाई टोपबहादुर रायमाझी, भोला कुँवर (अहिले बेलायतमा) लगायतले राजनीतिमा लाग्न उत्प्रेरित गरे । त्यसवेला पञ्चायतविरुद्ध सीधा राजनीतिभन्दा पनि गीत–संगीतका माध्यमबाट हामी राजनीतिक प्रचारको काम गथ्र्याैं । ०४६ सालको जनआन्दोलनको तयारीको प्रभाव मेरो जीवनमा पनि पर्यो। त्यहाँबाट सुरु भएको मेरो राजनीतिक जीवन उथलपुथलपूर्ण रहि नै रह्यो । ०४६ साल सेरोफेरोमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति भन्ने संरचना बनेको थियो । बाबुराम भट्टराईलगायत नेता त्यसमा हुनुहुन्थ्यो । राजा–वाम र कांग्रेस गठबन्धन धोका हो, बहुदल सम्पूर्ण रूपमा प्राप्ति होइन भनेर त्यसले नारा अगाडि सारेको थियो । म त्यही नाराभित्र गोलबद्ध थिएँ । मैले त्यति धेरै बुझेको थिइनँ, तर राजा, वाम र कांग्रेस गठबन्धन गलत छ भन्ने मेरो मनमा थियो । बहुदलले सबैलाई न्याय र समानता दिन सक्दैन भन्ने छाप परेको थियो मेरो मस्तिष्कमा । यस हिसाबले हेर्दा जिन्दगी भोगाइको प्रतिबिम्ब पनि हो भन्ने मलाई लाग्छ । पढाउँदै राजनीति गर्दै १७–१८ वर्षको भएपछि मैले सपना देख्न थालेको थिएँ, समाजलाई आदर्शपूर्ण बनाउन सकिन्छ भन्ने । युवा अवस्थामा त्यस्तो कल्पना गर्नु नाजायज थिएन । म काठमाडौंभित्रै जन्मे–हुर्केको मान्छे, राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि ग्रामीण, दूरदराजका बस्ती बुझ्ने–जान्ने मौका पाएँ । त्यसवेला लग्थ्यो, जिन्दगी दुखैदुःखको पोको हो । घन्टौँ मात्र होइन, दिनभरि हिँड्नुपर्ने अवस्था थियो । जनताको त्यो दुःखजिलो जीवन देख्दा क्रान्ति नभई नहुँदो रहेछ भन्ने लाग्थ्यो । जनताको अभावयुक्त जीवन देखेर छिटोभन्दा छिटो क्रान्तिलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्थ्यो । म एउटा सपनाका साथ आन्दोलनमा जोडिन पुगेको थिएँ । त्यसवेला सपनामा, आकांक्षामा रमाउन जान्नु पनि पर्ने रहेछ भन्ने आभास हुन्थ्यो । एउटा संयोग जुर्यो। ०४९ सालमा पार्टीले एउटा अभियान चलायो । अभिायनअन्तर्गत नुवाकोट जानुपर्ने अवस्था आयो । तुप्चे गाविस पुगेँ । माओवादी नेता पोष्टबहादुर बोगटीको गाउँ । पार्टीको प्रभाव राम्रै थियो । त्यहाँका जनताको आग्रह र आफ्नै आर्थिक आवश्यकताका कारण मैले स्कुल थालेँ । अन्य समय पार्टीको काममा खटिन्थेँ । यस अर्थमा, जिन्दगी एउटा सम्झौता पनि हो भन्ने लाग्छ । त्यहाँ रहँदा नुवाकोट र रसुवामा पार्टी संगठन निर्माणमा भूमिका खेलेँ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट जागरण अभियान चलायौँ । एकातिर शिक्षण पेसा अर्काेतिर राजनीति, दुवैलाई सँगसँगै अगाडि बढाउनु चानचुने थिएन । लाग्थ्यो जिन्दगी एउटा चुनौती हो । तर, जतिसुकै अप्ठ्यारा र जटिलता आए पनि सामना गरेर अगाडि बढें । कहिले राति अबेरसम्म काम गथेँ । शुक्रबार प्रायः छुट्टी भएपछि सांस्कृतिक काममा लाग्थेँ । शनिबार दिनभरि पाट्र्टीको काम गरेर एकैचोटि आइतबार कक्षा लिन स्कुल पुग्थेँ । राजनीतिमा लागे पनि मेरो मान्यता आफ्ना विद्यार्थीलाई उकृष्ट बनाउनुपर्छ भन्ने भइरहन्थ्यो । दुवै कर्तव्यलाई इमानदारीसाथ पूरा गर्ने काममा म सक्रिय रहेँ । चुनौती धेरै नै थियो । तर, त्यो दुःख र चुनौतीले सन्तुष्टि पनि दिइनै रहेको थियो । ल्यान्डमाइनले जब हुत्यायो ०५२ मा जब जनयुद्धको तयारीका क्रममा पार्टीले मलाई पूर्वी क्षेत्रमा खटायो । म काभ्रे गएँ । सुरुवाती चरण जनमत सिर्जना गर्ने समय थियो । हामी किन लड्दै छौँ, लडेर हामी के गर्दै छौँ भन्ने जनतालाई बुझाउनु थियो । त्यो वेला हाम्रो पार्टी सानो थियो, कार्यक्रम गर्न जाँदा कांग्रेस, एमालेले लखेट्थे पनि । हाम्रो कार्यक्रममा आएर होहल्ला गर्ने, गोदगाद पनि गर्थे । भीषण युद्धको यात्राभित्र पनि हामीले उज्यालो सपना देखेका थियौँ, जनतामा देखिएको अभावबाट मुक्ति । जनताको जीवनले सधँैभरि हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको थियो । दिनहरू अन्यन्त भयावह थिए । कति वेला मरिन्छ, कति वेला छेउमै बम पड्किन्छ, कति वेला घेरामा परिन्छ कुनै ठेगान हुँदैनथ्यो । कति वेला हामी आफैं योजना बनाएर लडाइँमा जान्थ्यौँ, कति वेला अकस्मात आइलाग्थ्यो । विजयी हुने ठानिएको क्षेत्रमा हारियो र हार्ने ठानिएको क्षेत्रमा विजय पनि भइयो । हामीले पलपल मृत्युसँग पौँठेजोरी खेल्यौँ । कति वेला नयाँ जीवन पाइयो । जनयुद्धका १० वर्षको अवधि सम्झँदा एक खालको गर्वको अनुभूति हुन्छ । त्यस वेलाका कतिपय क्षण असाध्यै कहालीलाग्दा पनि छन्, सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ । तथापि, जुन लक्ष्यका साथ अगाडि बढ्न खोजेका थियौँ, त्यो पूरा हुन सकेन । त्यसमा पीडा छ, चिन्ता पनि । पार्टीले ०५४ सालमा देशभरका अगुवा फाइटरलाई ट्रेनिङको व्यवस्था गरेको थियो । पिपुल्स वार गुप्रका विनोदजीले तालिम दिनुभएको थियो । उहाँ पिपुल्स वारको केन्द्रीय समितिमा हुनुहुँदो रहेछ । पछि उहाँ युद्धमा मारिनुभयो भारतमै । त्यो तालिमले हाम्रो मनोबललाई धेरै माथि उठायो । त्यसपछि हामीले लडाइँका मोर्चा जित्दै पनि गयौँ । पछिका दिनमा आफैँले पनि आफ्नो क्षेत्रमा थप तालिम सञ्चालन गरेँ । ०५४ फागुनको एक दिन ठूलो दुर्घटनाले मलाई चपेटमा लियो । ‘ल्यान्डमाइन’मा आएको प्राविधिक गडबडीका कारण म भयानक दुर्घटनामा परेँ । त्यो साँच्चै भयावह थियो । मान्छे मर्नलाई साँच्चै कति गाह्रो हुँदो रहेछ भन्ने मलाई त्यसवेला अनुभूति भयो । धेरै समयसम्म आकाशतिर उडेको जस्तो भयो । सास फेर्न अधिक कठिन भयो । उकुसमुकुस, एकदमै छट्पटी । मेरो रेखदेखमा रहेका साथीका अनुसार म नौ दिनपछि मात्र होसमा आएको थिए । होसमा आउँदा मेरो दृष्टि थिएन । पूर्णतः कान नसुन्ने भएको थिएँ । होसमा आएको दिन पहिलोपटक डाक्टरले हातमा कोरेको याद छ, सायद उनले डटपेनले कोरेका थिए । उनले ‘तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । मैले ‘ठीक छु’ भनेर बताएँ । तर, जब मैले आँखा खोल्ने कोसिस गरेँ, केही पनि देखिनँ । रुसी योद्धा निकोलाई आत्रोभस्कीको उपन्यास ‘अग्निदीक्षा’ पढेको थिएँ । रुसी क्रान्तिपछि चलेको गृहयुद्धमा आधारित उक्त उपन्यासको ‘प्रोटागोनिस्ट’ पावेल कोर्चागिनको असाध्यै याद आयो । लाग्यो म ऊजस्तै भएँ । अनेक प्रश्नले एकसाथ झम्टे । म बन्दुकलाई प्रेम गर्ने मान्छे, गीत–संगीतमा खेल्ने मान्छे । आँखा नदेखेपछि म बन्दुक कसरी चलाउँला ? म कसरी युद्धमा जाउँला ? धेरै साथी सहिद भइसकेका छन्, मैले बदला लिनु थियो । जनता विजयीको पर्खाइमा थिए । अटेसमटेस आए प्रश्न । साहै्र पीडा भयो । सँगसँगै ‘पावेल’ ले मलाई सान्त्वना दिएको थियो । अडिग हुन पेरित गरेको थियो । मैले सोचेँ, ‘बन्दुक चलाउन नसकुँला, तर कलम त चलाउन सक्नेछु । गीत–संगीतबाट योगदान गर्न मेरो आँखाले मलाई रोक्नेछैन ।’ आफैँलाई सम्हालेँ । यस हिसावले हेर्दा जिन्दगी परिवेशले निम्ताउने छट्पटाहट हो, संयमतता पनि हो । मेरो उपचारमा संलग्न डा. सरोज धिताललगायत डाक्टरले अथाह मिहिनेत गर्नुभयो । उहाँहरूको पे्रमपूर्ण उपचारले भयावह अवस्थालाई क्रस गर्न सक्यौँ । बिस्तारै आँखाको ज्योति र्फिर्कंदै गयो, सुन्ने क्षमता पनि खुल्दै गयो । ती दिन सम्झँदा अहिले पनि अचम्म लाग्छ । चमत्कारझैँ पो भयो । अहिले पनि डा. धितालसँग दाजुभाइको नाता छ । गर्व पनि लाग्छ । हामी प्रत्यक्ष युद्धमा सामेल भयौँ, तर उहाँहरूले अप्रत्यक्ष भए पनि कुनै न कुनै रूपमा सहयोग गरेर योगदान दिनुभयो । अनेक घुम्ती आए जिन्दगीमा जिन्दगीमा अनेक ‘टर्निङ प्वाइन्ट’ आए । कलेज जीवनमा शिव श्रेष्ठले मलाई सांस्कृतिक क्षेत्रमा लाग्न असाध्यै उत्प्रेरित गर्नुभयो । उहाँ गाउनुहुन्थ्यो । मणि थापा, धुव्र ज्ञावालीलगायतको सहयोगले कलाकारितामा अगाडि बढ्न प्रेरित गर्यो । कमरेड विप्लवसँगको भेट पनि अविस्मरणीय छ । उहाँसँग ०४७–०४८ सालदेखि सहकार्य छ । कार्यकर्ता अप्ठ्यारोमा पर्दा पनि त्यसको सहज निकास खोज्न सक्ने व्यावहारिक सहकार्यले मलाई प्रेरित गर्यो । ०५१ मा काभ्रे गएपछि कमरेड आलोकसँग सहकार्य गर्ने मौका मिल्यो । त्यो सहकार्यले मलाई असाध्यै ऊर्जा प्रदान गर्यो । उहाँबारे पछि प्रश्नहरू पनि उठे । तर, उहाँ पूर्वमा भएका माओवादी केन्द्रीय नेतामा आँटिलो, मिहिनेती र राम्रो योजनाकार हुनुहुन्थ्यो । उहाँसँगको सहकार्यले मलाई परिपक्व बनायो । राजनीतिमा अघि बढ्न कमरेड प्रचण्डको पनि उत्तिकै योगदान छ । उहाँसँग ०४९ मा भेट भएको हो । त्यसवेला सरस्वती क्याम्पसमा सातदिने जनविद्यालय सञ्चालन गरिएको थियो । त्यसवेला उहाँले एउटा अपिल गर्नुभयो, ‘तपाईंहरूको काँधमा यो देशको भविष्य छ । तपाईंहरूको हातमा कापी–कलम मात्र होइन, गोलाबारुद्ध पनि जरुरी छ । बन्दुक पनि तपाईंहरूले सम्हाल्नुपर्छ ।’ त्यसले मलाई उद्वेलित गर्यो । त्यो भेटघाटमा प्रचण्डले मेरो आत्मविश्वास भर्ने काम गर्नुभएको थियो । आफैँभित्र पनि संघर्ष हो जीवन ०६३ सालमा हाम्रो पार्टी शान्ति प्रक्रियामा आएको थियो । सोही वर्षको पुस महिनामा देशभरका नेता–कार्यकर्ताको एउटा केन्द्रीकरण थियो चितवनमा । माओवादीभित्र बिस्तारै नेता तथा कमान्डरहरूमा अलिक भोगबिलासी, सुखसयल चाहने, कार्यकर्तालाई अलिक डोमिनेसन गर्न खोज्ने, आफूलाई सर्वेसर्वा ठान्न खोज्ने, जनतालाई नगन्ने, महँगा सामानको प्रयोग तथा सुविधाप्रति आसक्ति देखाउने प्रवृत्ति विकास हुन थालेको थियो । तिनै प्रवृत्तिलाई इंगित गरेर मैले त्यहाँ एउटा नाटक प्रस्तुत गरेको थिएँ । त्यसको सन्देश थियो, मान्छेका कमजोरी हुन्छन्, कमजोरी सुधारेर अगाडि बढ्ने होे । कमजोरीबाट मान्छेलाई सिध्याउने होइन । नेताहरूले सनकका भरमा मनपरी गर्न पाइन्न । आफ्नो सनक संगठन, जनता र कार्यकर्तामा लाद्न पाइँदैन भन्ने नाटकको सन्देश थियो । तर, प्रचण्ड असाध्यै रिसाउनुभयो । उहाँले ‘गलत गर्नुभयो’ भन्नुभयो । उहाँसँग मेरो विवाद पनि भयो । वास्तवमा मैले त्यो प्रचण्डलाई नै भन्न खोजेको थिइनँ । तर, बहसका क्रममा मैले भने, ‘चोरको खुट्टो थुत भन्दा तपाईंले त उचालेजस्तो गर्नुभयो नि दाइ ।’ ०६५ मा खरिपाटीमा भएको राष्ट्रिय भेलामा मैले एउटा गीत बनाएको थिएँ । त्यो गीत प्रस्तुत गरेपछि प्रचण्ड–बाबुराम एकदमै अनपेक्षित ढंगले प्रस्तुत हुनुभयो । त्यसवेला सामना सांस्कृतिक परिवारको नेतृत्व गर्थें म । नेतृत्वको अनिच्छाका बाबजुद हामीले देशव्यापी अभियान बनायौँ । त्यसवेला मैले केही नेता कति पाखण्डी र ढोगी हुँदा रहेछन् भन्ने देखेँ । बाहिर जनवादको कुरा गर्ने तर आफूले गरेको खराबीका बारेमा कसैले प्रश्न उठायो भने उसलाई निर्मम दमन गर्ने, आफ्नै पार्टीभित्र भएको खराबीका बारेमा सहयोद्धाले प्रश्न उठाउन पाउँदैन भन्ने नेता देखेँ । तर, त्यसबाट मलाई जिन्दगी अन्तरसंघर्ष हो भन्ने बुझ्न मद्दत पुग्यो । गोलचक्करजस्तो जिन्दगी समग्र आन्दोलनको पाटोबाट हेर्दा जिन्दगी एउटा गोलचक्करजस्तो पनि देखिन्छ । सुरुमा जे सोचिएको थियो, त्यसअनुसारको वातावरण अहिले छैन । आकाश–पातालको फरक छ । सपना थियो, एउटा यस्तो समाज हुनेछ, जहाँ विभेद हुँदैन, अभाव हुँदैन । तेरो र मेरो भन्ने हुँदैन । ठूलो र सानो हुँदैन । धनी र गरिब हुँदैन । कुनै प्रकारको अन्याय हुँदैन । त्यस्तो आदर्श समाजको परिकल्पना थियो हामीसँग । तर, त्यसको ठीक उल्टो भइदियो । बाहिर समाजको कुरा त छोडौँ, पार्टीभित्रै अन्याय, अत्याचारजस्तो देखिएपछि हामीले विद्रोह ग-यौँ । यस हिसाबले हेर्दा जिन्दगी एउटा संघर्ष पनि हो भन्ने लाग्छ । केहीले हाम्रो सपनालाई धुलिसात पारेका कारण अहिले राजनीतिप्रति वितृष्णा छ । त्यसलाई बदल्नु हाम्रा लागि चुनौतीपूर्ण छ । केही नेताले विकृत बनाए । तर, हामीले कम्तीमा आफ्नो जीवनलाई गलत दिशामा जान दिएका छैनौँ । हामी निरन्तर विद्रोहको पक्षमा छौँ । आशावाद पनि हो जिन्दगी । त्यो सम्भव छ । सिंगो संसारलाई त्यो दिशामा लैजान सकिन्छ । कतिपय समाजवाद परिकल्पना मात्र हो भन्छन् । तर, त्यसलाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ भन्ने आशा पनि अझै जीवित छ हामीमा । किनकि, आशावाद पनि हो जिन्दगी । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending