Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उपत्यकामा सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

\"\"काठमाडौं, १२ चैत । उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ । काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ– काठमाडौंको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंवासीको स्वास्थ्यमा गम्भीर असर पार्ने विशेषज्ञले बताउँदै आएका छन् । पछिल्लो समयमा वायु प्रदूषणका कारण काठमाडौंका अस्पतालहरूमा श्वास प्रश्वास र मुटुरोगीको संख्या उल्लेख्य रूपमा बढेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदूषणको सिकार भइरहेका छन् । परिषद्को अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छाला रोगको जोखिम बढेको छ । वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वभर बर्सेनि ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्न अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात् प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । ‘दि इकोनोमिक कन्सेक्वेन्सिज अफ आउटडोर एयर पोलुसन’को आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९ओईसीडी० को प्रतिवेदनले २०१६ मा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु बताएको छ । यस्तै धुलो–धुँवाले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला विश्व स्वास्थ्य संगठनको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भायरोमेन्ट’ विभागका संयोजक डा। कार्लोस डोराले उपत्यकामा धूमपानले ९१६ हजार० भन्दा झन्डै दोब्बर मानिसको प्रदूषित हावाले ९३० हजार० ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन् । ‘बिहानको समयमा धुलोका कण अत्यधिक मात्रामा देखिएकाले काठमाडौं उपत्यकामा बिहानको समयमा बढी प्रदूषण हुने गरेको पाइएको छ,’ जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले राजधानीसँग भने,‘उपत्यकाको वायू प्रदूषणको मुख्य कारण यातायातका साधनबाट निस्कने धुँवा र सडक तथा त्यसको छेउछाउबाट उड्ने धुलो र त्यसपछि उपत्यकाको आसपासमा रहेका इँटा उद्योगहरू रहेको पाइएको छ ।’ मानिसले श्वास लिँदा नाक मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ । प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि सरकारले काम थालनी गरेको छ । विभागले दिएको तथ्यांकअनुसार उपत्यकामा सवारीसाधनबाट निस्कने धुँवाले पीएम २।५ को ३८ प्रतिशत भाग लिन्छ । यसैगरी सडकको धुलोका कारण २५ प्रतिशत, कृषिका कारण १८ प्रतिशत, इँटाभट्टाका कारण ११ प्रतिशत, घरबाट खाना पकाउँदा वा अन्य कारणले ३ प्रतिशत, डढेलो वा फोहोर जलाउने कारणबाट एक प्रतिशत, उद्योगधन्धाबाट तीन प्रतिशत र अन्य कारणहरूबाट एक प्रतिशत पीएम २।५ को मात्रा वायुमण्डलमा फैलिन्छ । पीएम २ दशमलव ५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सिर्जित भई मृत्युसम्म हुन्छ । गर्मीभन्दा जाडोयाममा धेरै वायु प्रदूषण हुने गरेको विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले बताए । पछिल्लो समयमा काठमाडांैमा यातायातका साधन वृद्धि भएको र विस्तारित सडक समयमै मर्मत तथा निर्माण नहुँदा प्रदूषणको मात्रा झनै बढेको छ । तर, यसतर्फ सम्बन्धित निकाय मौन छन् । सरकारी निकायले यातायातका साधनको गुणस्तर मापन गर्न नसक्दा प्रदूषणको मात्रा कति बढ्यो वा घट्यो भन्ने तथ्य नै सार्वजनिक गर्न सकिरहेको छैन ।विज्ञहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण घामको ताप कम हुने, हुस्सु लाग्ने र असहज स्थिति सिर्जना हुने गर्छ । त्यस्तै, एसिडयुक्त वर्षाको पनि खतरा रहन्छ । सामान्यतया कपालको रौं पीएम ६० आकारका हुन्छन् । पीएम १० भन्दा ठूला धुलोका कणलाई नाकका रौंले छेक्न सक्छ । तर, त्यसभन्दा साना ७–८ पीएमका धुलोका कण नाक र मुखबाट सोझै पसेर घाँटीमा टाँसिन्छन् र तत्कालै खोकी लाग्छ । तर, त्योभन्दा पनि धेरै मसिना पीएम २।५ कण मानिसले सास लिँदा सोझै फोक्सोमा पुग्ने गर्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending