Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

‘क्लोन म्याग्नेटिक’ कार्डबाट करोडौं चोर्ने भारतीयसहित आठ पक्राउ

\"\"काठमाडौं, ८ चैत । प्रहरीले विभिन्न चोरीमा संल्ग्न आठ जनालाई प्रक्राउ गरेको छ । काठमाडौंलगायत भारतका ठूला व्यवसाय संचालनमा रहेका पोइन्ट अफ सेल मेशिनबाट बिद्युतीय कार्डहरु डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्लाङक कार्डको किर्ते गरी करोडौं रकम चोरी गर्ने कार्यमा संलग्न गिरोहका ८ जनालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको प्रहरीले ‘पोइन्ट अफ सेल मेशिन तथा म्याग्नेटिक कार्ड’सहित काठमाडौंका विभिन्न स्थानबाट चैत ६ गते पक्राउ जनाएको छ । यी हुन् चोरीमा संलग्न  पक्राउ पर्नेहरुमा काठमाडौं, बुढानिलकंठ बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ का ३४ वर्षीय सुरेश केसी, काठमाडौं बानेश्वर बस्ने भारत लखनउका ३१ वर्षीय अभिषेक पाण्डे, ललितपुर उपमहानगरपालिका–१३ कुसुन्तीका ३१ वर्षीय केबल प्रताप जबरा, काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, सोही ठाउँका २७ वर्षीय अभिषेक नकर्मी, सोही ठाउँका २३ वर्षीय रोमन महर्जन, ललितपुर मंगलबजार बस्ने काभ्रे मेच्छे गाबिस–८ का ३२ वर्षीय बिजय लामा दोङ र काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका २९ वर्षीय नदिम खान रहेका छन् । कहाँ–कहाँ चोरे ? उनीहरुले हालसम्म नयाँदिल्लीको ४ वटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, कास्की पोखरास्थित टिका रिसोर्टबाट २ करोड, काठमाडौं क्षेत्रपाटीस्थित डि सोभिनियरबाट ३० लाख, काठमाडौं चावहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरस्थित पौरानिक थान्का तथा मालाबाट ४५ लाख र काठमाडौं महाराजगंजस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ स्वीप गरी निकालेको खुल्न आएको प्रहरीले जनाएको छ । साथै सिटी सेन्टरमा रहेको अडिडास सोरुमको स्वीप मेशिनबाट प्रत्येक दिन १० लाख र उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्वीप मेशिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँसम्म निकाल्ने योजना उनीहरुले बनाएको उक्त महाशाखाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending