Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संशोधनबिना निर्वाचन भए देशमा रक्तपात मच्चिन्छः महतो

\"\"भक्तपुर, ८ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महतोले एमाले काँग्रेस र माओवादीको बेइमानीका कारण संबिधान संशोधन हुन नसकेको भन्दै संशोधन बिना स्थानिय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देश रक्तपातमा डुब्ने उनले दाबी गरे । उनले मधेशमा दुई प्रदेश दिने सहमति भएता पनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानीको चरित्र पेश गरेको आरोप लगाउँदै सिंमाकन नै मधेशी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाँति राखेर निर्वाचन जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु बाहेक अरु हुन नसक्ने बताए । केन्द्रीकृत शासन ब्यवस्थाले मधेश र मधेशी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आफूहरुले मधेशमा समान्नातर सरकार चलाउन खोजेको बताए । मधेशलाई प्रमुख दलहरुले सामान्य रुपमा लिने गरेता पनि मधेश बिनाको देश एक मिनेट पनि चल्न नसक्ने भन्दै मधेशलाई बाईपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य सावित हुने र नेपाली माथि नै राष्ट्रघात हुने बताए । उनले मधेशी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलहरुलका नेता नै दिल्लीबाट सञ्चालित भएको आरोप लगाउँदै अदृश्य रुपमा मधेशी दलहरु भन्दा भारतसँग आफू नजिक हुन बिभिन्न कसरत गर्र्ने गरेको बताए । एमालेको अंकार र सरकारको मधेशलाई हेर्ने दृष्टिकोणका कारण सप्तरी घटना घटेको भन्दै भारतलाई गाली गर्ने केपी ओली प्रबृति र खोक्रो राष्ट्रबादका कारण आर्थिक सम्बृदि र देश बन्ने कल्पना गर्न नसकिने उनले टिप्पणी गरे । उनले बिगत तीन दशकदेखि आफू मधेशमा नागरिकताको बिषय उठाउँदै आएकाले आफूलाई भारतिय नागरिक भनि हल्ला चलाएर जनतामा भ्रम फैलाइरहेकाले नागरिकताको बिषयमा सरकारले नागरिकलाई जवाफ दिनु पर्ने भन्दै ओलीका पूर्खा भारतिय भएको तर मधेशीहरु मधेशकै धर्ति पूत्र रहेको बताए । आफूहरुले बिगतमा पटकपटक सरकारमा बसेता पनि सिंहदरवारको चार किल्लाले मधेशलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकेको भन्दै आन्दोलनको बाटो रोजेको र अब पनि अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरि सरकारलाई दबाब दिने गरि आन्दोलनको खाका तयार भईरहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending