Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

[caption id=\"attachment_123565\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] जाजरकोट, ८ चैत । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्नुहुन्छ । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने गर्छिन् । वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको छ । बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर वाइकाँडा गाउँबाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना बितेको बताइन । उहाँ जस्तै वाइकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा बालुवा बोकी पढाई खर्चसँगै आमालाई सहयोग गर्छिन् । मावि औलगुत्तामा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् । बाबा कमाइ गर्न भारत गएको सुनिताको भनाइ छ । अन्य जातका साथी घरमा बिहान, बेलुका पढ्छन्, कसैले ट्युसनसमेत पढ्छन्, सुनिताले भनिन्, “हामी वाइकाँडा प्राविमा पढ्ने सबै दलित विद्यार्थी अर्काको काम गर्दै, पढ्दै गर्छौं ।” वाइकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ, स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले बताए । सुनिता मात्र होइन, यहाँका दर्जनौँ दलित बालबालिका दैनिक काम गरेर कमाउँदै, पढ्दै गर्ने गरेको बस्नेतको भनाइ छ । अभिभावक कमाइका लागि भारत जाने भएका कारण आमा अर्काको काम गरेर दैनिक गुजारा चलाउँछन् । छोराछोरी पनि आमासँगै अर्कैको काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बालअधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीको महारोगले ओझेल पारेको छ । पहाडको डाँडामा रहेको वाइकाँडा बस्तीमा उब्जाउ भूमि, पर्याप्त खानेपानी नहुनु लगायतका समस्याले गर्दा यहाँका दलितको जीवनस्तरमा खस्किएको छ । यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलोपटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफूहरुले देशमा के हुँदैछ भन्नेसम्म थाहा पाउन नसकेको स्थानीय बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending