Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

योगीको उदयपछि राजतन्त्रवादीहरुमा हर्ष बढाइ

\"\"काठमाडौं, ७ चैत । छिमेकी देशको कुनै पनि एक राज्यको मुख्य मन्त्रीमा आउने पात्र अर्को देश र त्यसका नागारिकका लागि खासै महत्वको विषय त नहुनु पर्ने हो । र हुनु पनि हुदैन । तर, नेपालसँग सीमा जोडिएको भारत कै सबै भन्दा ठूलो राज्य युपीको मुख्य मन्त्रीमा २०७३ चैत्र ६ गते योगी आदित्यनाथ नियुक्त हुदाँ नेपालमा यसले ठूलै राजनीतिक हलचल ल्याइदिएको छ । योगी आदित्यनाथ युपी उदाउँदा एउटा तप्कामा हर्षको बढाइँ झैं भएको छ । साँघु साप्ताहिकमा खबर छ– विगतमा नेपालका राजा, महाराजाहरुसँग निकट सम्बन्ध रहेका र राजतन्त्रको पुनरस्थापनाका साथै हिन्दु राज्यको समेत वकालत गदैं आइरहेका योगी आदित्यनाथ युपीको मुख्यमन्त्रीका रुपमा उदाउँदा राजतन्त्र र हिन्दुराष्ट्र पक्षधरहरुमा खुशीयाली छाएको बताइन्छ । आरएसएसको सिफारिसमा बाजेपीको संसदीय दलले योगी आदित्यनाथलाई मुख्यमन्त्रीका लागि चयन गरेपछि उनको उदय भएको हो । युपीमा योगीको उदयपछि नेपालका हिन्दुपक्षधरहरु आफ्ना एजेण्डाहरु स्थापित गराउनमा बल पुग्ने विश्वास गर्न थालेका छन् । आफ्ना शुभचिन्तक आदित्यनाथ योगी युपीको मुख्यमन्त्रीमा चयन हुँदा सबैभन्दा हर्षित पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका अन्य सदस्य बन्न पुगेको चर्चा काठमाडौं सुरु भएको छ । ज्ञानेन्द्र शाहले यस विषयमा मुख नखोले पनि राजतन्त्र फर्काउने कुरामा सुरुदेखि नै उनलाई ढाडस दिदै आएका आदित्यनाथ युपीमा मुख्यमन्त्री बन्नु राजतन्त्र पक्षधरका लागि हर्षको कुरा मात्र होइन राहत पनि हो ।यद्यपि, आदित्यनाथकै कारणले ज्ञानेन्द्र शाहको मनोकांक्षा पूरा हुने सम्भावना भने कम रहेको विश्लेषकहरु बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending