Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

किन रोकियो गच्छदारको सत्तारोहण ?

\"\"काठमाडौं, ७ चैत ।  सत्ता बाहिर सकेसम्म बस्न नपरोस् भन्ने चाहन्छन् फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार । त्यसैले उनी सत्तामा पुग्न अनेक दाउपेज रचिरहन्छन् । तैपनि, उनको सत्तारोहणको चाहनामा बेलाबेलामा तगाराहरु तेर्सिरहन्छन् । साँघु साप्ताहिकमा खबर छ– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा महत्वपुर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका गच्छदार ओली सरकार असमयमै विस्थापित भएसँगै सत्ताविमुख हुन पुगेका छन् । निरन्तर सत्ताको यात्रामा ब्रेक लगे पनि उनले हरेस खाएनन् किनकी सत्तारोहणमा पुग्ने अनेक अस्त्र उनीसँग बाँकी नै थियो । त्यसैले मन्त्री हुने ध्याउन्नमा मन्त्रालयको क्वाटरसमेत नछाडी केही समय पुल्चोक मै अडड जमाएर बसे । तर, उनको मन्त्रीको लालसा मेटिएन । पछिल्लो समय मधेशी मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेसँगै गच्छदारको दौरा–सुरवाल प्रयोगमा संकेत देखिएको छ । तर, उनको सत्तारोहणमा देखिएका केही तारबार अझै हट्न सकेका छैनन् । स्रोतका अनुसार, सत्तारोहणका लागि दौरा सुरुवालमा अइरन धसेर गच्छदार ठिक्क परे पनि सत्तारुढ दल माओवादी र कांग्रेसबीच कुरा मिल्न सकेको छैन । गच्छदारले पहिलो नम्बरमा कांग्रेसले सम्हाल्दै आएको भौतिक योजना तथा निर्माण मन्त्रालय र दोस्रो माओवादी सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रायल दिनुपर्ने अडान राखिरहेका छन् । तर, गच्छदारले मागेका ती दुवै मन्त्रालय दिन सत्तारुढ दललाई सकस पारिरहेको छ । बरु सरकार बलियो बनाउन गच्छदारको आवश्यकाता महसुस गरेको कांग्रेसले उनलाई पार्टी भित्रै भित्रयाउने विषयमा छलफल चलाउन थालेको छ । केही दिनअघि बसेको संसदीय दलको बैठकमै गच्छदारलाई कांग्रेसमा भित्र्याएर महत्वपूर्ण मन्त्रालय दिने विषयमा छलफल भएको थियो । गच्छदारलाई सरकार बलियो बनाउनका निम्ति ल्याउने पर्ने बाध्यता आइलगेपछि कांग्रेसभित्र गच्छदारलाई पार्टीमै फर्काएर मालदार मन्त्रालय दिएर पठाउने विषयमा छलफल चलिरहेको छ, स्रोतले भन्यो । विजय गच्छदारलाई भौतिक पूर्वाधार तथा यातायात जस्तो कमिशनको ठूलो पोको प्रपाप्त हुने मन्त्रालय नै चाहिने र उनका अर्का सांसद रामजनम चौधरीलाई स्वास्थ्य मन्त्रालय नै नभई नहुने भएपछि कुरा मिल्न नसकेको स्रोतको दाबी छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending