Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्थानीय तहमा ३६ हजार ६ सय ३९ जनप्रतिनिधि

\"\"काठमाडौं, ७ चैत । जनताको घरदैलोको सरकार मानिने देशभरका स्थानीय तहमा एकैपटक ३६ हजार ६ सय ३९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यकारी अधिकार मात्र नभई व्यवस्थापिका र न्यायपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकारमा १३ हजार ३ सय ६० महिला निर्वाचित हुनेछन् । वडा सदस्यमा एक दलित महिलाको कोटा अनिवार्य गरिएकाले ६ हजार ६ सय ६० दलित महिला पहिलोपटक स्थानीय तहमा निर्वाचित हुनेछन् । स्थानीय तहमा पहिलोपटक समावेशी प्रतिनिधित्व हुन लागेको हो । वैशाख ३१ गते हुने निर्वाचनबाट एकैपटक ठूलो संख्यामा जनप्रतिनिधि चयन भएपछि अवरुद्ध स्थानीय विकास अघि बढ्नेछ भने राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न सहज हुनेछ । गाउँपालिका÷नगरपालिका प्रमुख÷उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनैपर्ने व्यवस्था र २ जना महिला वडा सदस्यमध्ये एकजना महिला दलित समुदायको हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । ७ सय ४४ स्थानीय तहमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकाबाट २ सय ६३ प्रमुख र उपप्रमुख गरी ७ सय २६ जना निर्वाचित हुनेछन् । ४ सय ४१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९ सय ६२ जना निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकाका ६ हजार ६ सय ८० वडाबाट त्यति नै संख्यामा वडाध्यक्ष निर्वाचित हुनेछन् । महिलाका लागि छुट्ट्याइएको दुई वडा सदस्यमा एक दलित महिला अनिवार्य गरिएका कारण ६ हजार ६ सय ८० दलित महिला स्थानीय तहको कार्यकारीमा पुग्दैछन् । नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार बनाउनैपर्ने कानुनी प्रावधानका कारण कार्यकारी पदमा पनि ठूलै संख्यामा महिला निर्वाचित हुने आयोगको विश्वास छ । \'यो निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने र दलित तथा अल्पसंख्यकसहित समावेशी स्थानीय सरकार बन्नेछ\', प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, \'संवैधानिक रूपमा नै महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । \'महिला र दलितका लागि छुट्ट्याएको कोटाबाहेक खुला प्रतिस्पर्धाबाट पनि उनीहरूको प्रतिनिधित्व हुन सक्ने भएकाले महिला र दलित समुदायको स्थानीय सरकारमा राम्रै पहुँच र प्रतिनिधित्व स्थापित हुने निर्वाचन आयुक्त इला शर्माले बताइन् । \'टुप्पोमा पलाएको महिला नेतृत्वले मात्र सधैं धान्न सक्दैन\', आयुक्त शर्माले भनिन्, \'स्थानीय तहमा महिलाको ४० प्रतिशतभन्दा बढी उपस्थितिले तलबाटै महिला नेतृत्व स्थापित गराएर भोलि केन्द्रीय राजनीतिमा पनि जबर्जस्त उपस्थिति जनाउनेछ ।\' उम्मेदवारी दर्ता गर्दा दलित, महिला र अल्पसंख्यक समुदायले धरौटी रकममा समेत ५० प्रतिशत छूट पाउने व्यवस्था स्थानीय तह निर्वाचन ऐनमा गरिएको छ । गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारीले निर्वाचन गरी गाउँ कार्यपालिकामा दलित र अल्पसंख्यकबाट दुईजना र नगर कार्यपालिकामा तीनजना निर्वाचित गर्नेछन् । आयोगले मतपत्र छपाइ, मतदाता नामावली प्रशोधन, मतदाता परिचयपत्र छपाइ, मतपेटिकाको व्यवस्थापनलगायत केन्द्रमा गर्ने तयारी कार्य अन्तिम चरणमा पुगेको भन्दै अब जिल्ला र स्थानीय तहमा चुनावको तयारी गरिने जनाएको छ । आइतबार आयोगमा आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले भने, \'केन्द्रीय स्तरमा तयारी अन्तिम चरणमा पुगेको छ भने अब जिल्लास्तर हुँदै आयोग स्थानीय तहसम्म पुग्दैछ । तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ छ ।\' निर्वाचनमा ६७ प्रकारका सामग्री प्रयोग हुने भन्दै प्रमुख आयुक्त यादवले केही सामग्री छिमेकी मित्रराष्ट्र र केही दातासँग माग गरिएको बताए । आयोगले निर्वाचनको काम तीव्र गतिमा अघि बढाइरहँदा पनि राजनीतिक दलबीच अपेक्षित सहमति, सहकार्य र विश्वास कायम हुन नसकेकोप्रति आयोग गम्भीर बनेको यादवले बताए । डोल्पामा कांग्रेस र ९ जिल्लामा राप्रपा लड्न नपाउने आयोगले तोकेको समयमा दल दर्ता गर्न कांग्रेस डोल्पामा र राप्रपा ९ जिल्लामा छुटेका कारण ती जिल्लामा दुवै दलले दलगत चुनावमा भाग लिन नपाउने भएका छन् । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस डोल्पामा छुटेको छ भने राप्रपा मोरङ, महोत्तरी, सिराहा, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा छुटेको छ । आयोगले पुस २५ देखि माघ १७ सम्म स्थानीय तहमै दल दर्ताको समय तोकेको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लामा छुटेका दलले स्वतन्त्र हैसियतमा चुनाव लड्न पाउने बताए । आयोगले संसद्मा रहेका २९ दलबाहेक अन्यले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिनुपर्ने बताएको छ । २०७० को संविधानसभा निर्वाचनभन्दा यसपटक मतदाताको संख्या बढेकाले २१ हजार मतदान केन्द्र राखिने आयोगले जनाएको छ । मतदाता परिचयपत्रमा क्यूआर कोड निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य गरिएको भन्दै आयोगले क्यूआर कोडसहितको परिचयपत्र बनाउन लागेको जनाएको छ । परिचयपत्रमा भायड प्यान्टोग्राफ, माइक्रो टेक्स्ट, वाटरकर्मा र प्रमाणीकरण गर्न सकिने क्यूआर कोड राखिएको प्रमुख आयुक्त यादवले बताए । ६ आकारको मतपत्र सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्रले ६ आकारको मतपत्र छाप्ने काम आइतबार सुरु भएको आयोगले जनाएको छ। आयोगका अनुसार सबैभन्दा धेरै दल काठमाडौंमा ४७ र सबैभन्दा थोरै मनाङमा ६ दल दर्ता भएका छन् । आयोगले अपुग ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको जनाएको छ । मतदाता नामावली प्रशोधनको काम भइरहेको भन्दै आयोगले १ करोड ४० लाख मतदाता हुने अनुमान गरेको प्रमुख आयुक्त यादवले बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा केन्द्रीय स्तरमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको र जिल्लामा गठन हुने समितिले चुनाव प्रचारप्रसार सुरु भएपछि आचारसंहिताको अनुगमन गर्ने आयोगले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending