Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

आजदेखि पाँचखालमा बहुराष्ट्रिय सैन्य अभ्यास : २८ देशका एक हजार २४ सैनिक नेपालमा

\"\"काठमाडौं, ७ चैत । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । नेपालमा तेस्रोपटक हुँदै सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो । उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन् । ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकी आए, श्रीलंकाली फर्किए ‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे । ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन् । उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि अभ्यासमा राष्ट्रसंघमातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ । विश्वसनीयता र व्यावसायिकताका आधारमा नेपालको आग्रहमा यस्तो बहुपक्षीय अभ्यास हुन लागेको हो । हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका चार हजार ६ सय ६० जना खटिएका छन् । राणाका अनुसार स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, रिजनल सेमिनार र क्रिटिकल इन्याबलर, क्यापासिटी इन्याब्लर गरी चारवटा विषयमा अभ्यास केन्द्रित हुनेछ । काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँचखालमा सेमिनारबाहेक सबै अभ्यास सञ्चालन हुनेछन् । यसपटक उक्त अभ्यासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको महासेनानी राणाले बताए । उनीहरू पहिलोपटक सहभागी हुन लागेका हुन् । स्टाफ ट्रेनिङमा २६ देशका सेना सहभागी हुनेछन् भने फिल्ड ट्रेनिङका लागि २८ देशका सेना सहभागी हुनेछन् । महिला सैनिकको बेग्लै टिम यसमा सहभागी हुनेछ । कुन–कुन देश सहभागी हुँदै छन् ? नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE