Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रचण्डको चीन भ्रमणको तालिकालाई अन्तिम रुप दिइँदै, सोमबार मन्त्रिपरिषद्बाट पारित हुने

\"\"काठमाडौं, ६ चैत  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुन लागेको साताब्यापी चीन भ्रमणको तालिकालाई आईतवार (आज) अन्तिम रुप दिइने भएको छ । साताब्यापी चीन भ्रमणका लागि प्रचण्ड यहि चैत १० गते बेइजिङ प्रस्थान गर्नुहुनेछ । प्रचण्ड चीन भ्रमणमा गएको भोलिपल्ट ११ चैतमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिँदैछ । राष्ट्रपति सी जिनपिङसँगको भेटलाई सहज हुने गरी प्रधानमन्त्री कार्यालय, परराष्ट मन्त्रालय, बेइजिङस्थित नेपाली राजदूतावास र काठमाडौस्थित चिनिया राजदूतावासले भ्रमणको तालिकाको अन्तिम गृहकार्य गरिरहेका छन् । भ्रमणको कार्यतालिकालाई आज अन्तिम रुप दिइने परराष्ट्र स्रोतले जनाएको छ । भ्रमणको कार्यतालिका र प्रतिनिधिमण्डलको आज अन्तिम गृहकार्य गरी भोलिको मन्त्रिपरिषदले पारित गर्ने जनाइएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्रालयका अधिकारीहरु, बेइजिस्थित नेपाली राजदूत लीलामणि पौडयाल, प्रेस सल्लाहकार गोविन्द आचार्य, प्रधानमन्त्रीका सुरक्षा अधिकारी, सरकारी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन । काठमाडौस्थित चिनिया दुतावास, प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्रालयका अधिकारीहरुबीच हिजो र अस्ति पटक पटक औपचारिक तथा अनौपचारिक भेटवार्ता भएका छन । चैत १० गते राती वा चैत ११ गते बिहान काठमाडौबाट बोआओका लागि प्रस्थान गर्ने, १२ गते बोआओ फोरमलाई सम्बोधन गर्ने, १३ गते बोआओबाट बेइजिङ प्रस्थान गर्ने, १४ गते राष्ट्रपति सीसँग भेटवार्ता गर्ने, सोही दिन बेइजिङमा चिनिया लगानीकर्तासँगको अन्तरक्रियामा सहभागी हुने र बेइजिङस्थित चिनिया राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र चैत १५ गते ल्हासा आएर बस्ने र चैत १६ गते काठमाडौ फर्कने गरी कार्यतालिका बनाउन लागिएको प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending