Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यस्तो छ –स्थानीय चुनावका लागि विशेष सुरक्षा योजना

\"\"काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको सीमाङ्कनमा देखिएको असन्तुष्टिमाझ बैशाख ३१ गते आफूले गराउन लागेको चुनावका लागि स्थान विशेषको संवेदनशीलता अनुसार वर्गीकरण गरेर सुरक्षा योजना तयार गर्न गृहमन्त्रालयलाई आग्रह गरेको अधिकारीहरुले जनाएका छन्। गृहमन्त्रालयले छलफलका लागि प्रस्तुत गरेको सुरक्षासम्बन्धी कार्ययोजनामा प्रतिक्रिया दिंदै आयोगका पदाधिकारीले हरेक स्थानीय तहमा राजनीतिक दल, समूह वा संस्थाहरुबाट विशेष प्रकारका सुरक्षा चुनौती रहेकोले त्यसैमा ध्यान केन्द्रित गर्न जोड दिएको बताइएको छ। तयारी गृह मन्त्रालयले प्रत्येक जिल्लाबाट सुरक्षा अवस्थाको विस्तृत विवरण माग गरेको भनिएको भोलिपल्टै निर्वाचन आयोगले शुक्रबार सुरक्षासम्बन्धी कार्ययोजना र हालसम्मको अवस्थाबारे गृहमन्त्रालयसँग जानकारी लिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई लिएर आयोग पुगेका गृहसचिवले देशका विभिन्न भागमा सक्रिय रहेका निर्वाचन विरोधी दल, संघसंस्था र विभिन्न अराजनीतिक समूहले कस्तो प्रकारको सुरक्षा चुनौती खडा गर्न सक्छन् भन्नेबारेमा जानकारी गराएको बताइएको छ। सुरक्षा व्यवस्थापन हेर्ने निर्वाचन आयोगका एकजना आयुक्त सुधीरकुमार शाह भन्छन्, “भर्खरै सप्तरीमा एउटा अप्रिय घट्ना भयो, त्यसलाई पनि विश्लेषण गर्यौं र देशको विभिन्न भूभागमा सक्रिय रहेका निर्वाचन विरोधी राजनीतिक दल, समूह वा संस्थाहरुले के गर्न सक्छन् भन्ने कुरालाई पनि सूक्ष्मरुपमा आकलन गर्ने विषयमा छलफल केन्द्रित रह्यो”। जिज्ञासा निर्वाचनका लागि प्रमुख चुनौती हुने ठानिएको राजनीतिक वातावरणबारे पनि छलफलमा कतिपय सुरक्षा निकायका प्रतिनिधिले जिज्ञासा राखेको बताइएको छ। निर्वाचनमा राजनीतिक दलले खेल्ने भूमिकाले सुरक्षामा पनि प्रभाव पार्ने आशंकाबारे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “राजनीतिक दलहरुले सुरक्षाको वातावरण कसरी सिर्जना गर्न सहयोग पुर्याउने र सरकारले कसरी सुरक्षा दिएर जनतालाई आश्वस्त पार्ने भन्ने सरकारको जिम्मेवारीको कुरा पनि हो र त्यही हिसाबले हामी अगाडि बढिरहेका छौं भन्ने गृह अधिकारीहरूको भनाइ थियो।” सरकारले स्थानीय चुनावमा सुरक्षाका लागि भन्दै ७५ हजार म्यादी प्रहरी सहित २ लाखभन्दा बढी सुरक्षाकर्मी खटाउने योजना तयार गरेको छ। तर म्यादी प्रहरी भर्ना प्रक्रिया ढिलाइ भएकोमा समेत सुरक्षा अधिकारीहरुले आयोगको ध्यानकर्षण गराएको बताइएको छ। –बिबिसी नेपाली सेवाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE