Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सुर्खेतबाट कांग्रेसलाई ओलीको व्यंग्य

\"\"काठमाडौं, ६ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले जनता देख्नै छाडेको बताएका छन् । मेची–महाकाली अभियानबारे सन्देश दिन शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको कन्तबिजोग भएको बताए । कांग्रेस आफैँ कन्तबिजोग भएको दाबी गर्दै उनले अब जनताले कांग्रेससँग अपेक्षा गर्नुपर्ने केही नभएकोसमेत बताए । आजको नयाँ पत्रिकामा खबर छ– ओलीले तराई–मधेसमा मधेसी मोर्चा भन्दै दुई–चारजना उफ्रिने गरेको र कांग्रेसले तिनैलाई मात्रै देख्ने गरेको बताए । उनले मधेसी मोर्चाका नेतालाई घुमाउरो ढंगले भारतीयको संज्ञा दिए । ‘मधेसी मोर्चा भन्दै चारजना उफ्रिन्छन्,’ उनले भने, ‘कांग्रेसले तिनै चारजना भारतीयलाई देख्छ, करोड नेपाली देख्दैन ।’ माओवादी केन्द्रप्रति नरम ओलीले कांग्रेसले प्रस्टसँग आँखा देख्न छाडेको भन्दै चस्मा किनिदिनुपर्ने अवस्था आएको व्यंग्य गरे । आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रविरुद्ध शब्द उच्चारण नगरेका ओलीले कांग्रेस धेरैपटक सरकारमा गए पनि केही गर्न नसकेको दाबी गरे । ‘नेपालको इतिहासमा कांग्रेस धेरैपटक सरकारमा गयो,’ उनले भने, ‘तर, बाँदरका हातमा नरिवल ।’ अहिले एमालेको जनलहर देखेर चुनाव गर्न सरकार डराएको आरोप लगाउँदै ओलीले चुनाव नगराए आफ्नो पार्टीले कडा कदम चाल्ने चेतावनी दिए । उनले अर्काे पटकदेखि सरकारमा जाने पालो एमालेबाहेक कसैको नआउने दाबीसमेत गरे । चुनाव गराउने आँट नभए राजीनामा दिनोस् : नेपाल एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव गराउने आँट नभए राजीनामा दिन चेतावनी दिए । ‘चुनाव गराउने आँट छैन भने राजीनामा दिए हुन्छ,’ उनले भने, ‘चुनाव नगराउने भए किन सरकारमा बसिरहने ?’ सिंगो देशलाई जोड्न एमालेले मेची–महाकाली अभियान सुरु गरेको भन्दै उनले एमालेको जनलहर देखेर कांग्रेस र माओवादी केन्द्रले अभियान रोक्न धम्की दिएको दाबी गर्दै आफूहरू अभियानबाट पछि नहटेको बताए । नेता नेपालले अभियानको अवधिमा आफूहरू ५० लाख जनतामाझ पुगेको दाबी गरे । उनले समृद्धिको योजना एमालेसँग भएको भन्दै चुनावमा बहुमत नल्याएसम्म एमाले आराम गरेर नबस्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE