Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा (पीडितको बयानसहित)

\"\"काठमाडौं, ६ चैत । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ– बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ । ‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ । पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् । पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन् । पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन् । कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए । ‘साँझ परेको थियो । घरमा कोही पनि थिएनन् । म भान्छामा काम गर्दै थिएँ । उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो । म चिच्याएँ । तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले भनिन् । पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए । काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए । बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे । यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन् । असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन् । साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो । शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन् । उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग¥यो । तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन् । घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा अहिले केही नबोलौ“ ।’ पीडितको बयान म डोटी जेजोमाडौं–२ की हुँ । घरको सातवटी छोरीमध्ये म काइँली हुँ । घरको आर्थिक अवस्था निकै कमजोर छ । घरमा खान–लाउन पुग्दैन । पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ । मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपथ्र्यो । साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो । साउनी त ठिकै थिइन् । तर, साउजी साह्रै खराब रहेछन् । उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले । घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे । मैले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ । पढाइ बिग्रने मलाई ठूलो डर थियो । त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ । तर, ममाथि दुव्र्यवहार बढ्दै गयो । अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ । साथीले शिक्षकलाई भनेछन् । शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे । मैले उजुरी गरेँ । प्रहरीले दोषीलाई पक्राउ गर्यो‍ । म अब असुरक्षित भएँ । घरमा बुबालाई भनेँ । बुबा तुरुन्तै आउनुभयो । सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो । तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन । अहिले त उजुरी फिर्ता गर्नुप¥यो भन्नुहुन्छ । म अहिले अरूकै शरणमा बसेकी छु । मलाई साह्रै पीडा छ । घरघरी त्यो घटना दिमागमा आउँछ । त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ । तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ । अब म गरौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending