Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

भेषवाकरको ती चार विकेट

\"\"आइसिसी विश्वक्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीच हुने खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण थियो । विश्वकप छनोटमा स्थान पक्का बनाउन दुवै टोलीले खेलमा जित निकाल्नैपर्ने दबाब थियो । केन्या (पाँचाैँ)भन्दा दुई अंक पछि रहेको नेपाल (छैटौँ)का लागि त झन् दुवै खेल जित्ने सुनौलो अवसरसमेत थियो त्यो । कारण, खेल घरेलु मैदान र हजारौँ घरेलु समर्थकबीच हुँदै थियो । महिनौँदेखिको प्रतीक्षाको घडी समाप्त हुँदै फागुन २८ गते त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सुरु भयो । खेललाई वर्षाले पटक–पटक अवरुद्ध गरे तापनि दर्शकको उत्साह र साथलाई भने रोक्न सकेन । यसरी साथ दिएका दर्शक केन्याले नेपाललाई ५ विकेटले पराजित गर्दै २ अंक आफ्नो पोल्टामा पारेपछि निराश देखिए । पहिलो खेलमा पराजित नेपालका लागि शीर्ष चारभित्र पर्दै विश्वकप छनोट सम्भावना जीवितै राख्न दोस्रो खेल जित्नैपर्ने दबाब बढ्यो । जसमा नेपालले हजारौँ दर्शक र लाखौँ समर्थकलाई निराश बनाएन । ब्याटिङ र बलिङ दुवैमा हाबी भएको नेपालको जितमा शरद भेषवाकरले अलराउन्डर प्रदर्शन गरे । शरदले बलिङ–ब्याटिङमा तारिफयोग्य प्रदर्शन गरेका थिए । नियमित बलर नभएर पनि उनले ४ विकेट लिए र विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन प्रहार गरे । आखिर यो कसरी सम्भव भयो त ? अाजको नयाँ पत्रिकाले लेखेको छ– पहिलो खेलमा चाहेका थिए बलिङ पहिलो खेलमा भेषवाकरले कप्तान ज्ञानेन्द्र मल्ललाई आवश्यक परेको खण्डमा आफू बलिङ गर्न तयार रहेको संकेत दिएका थिए । आफ्नो टोली दबाबमा रहेका वेला जोकोहीलाई पनि कसरी दबाबमुक्त पार्ने वा खेल जिताउने भन्ने चिन्ता हुन्छ । यस्तोमा भेषवाकरले पनि सोही चिन्ता व्यक्त गर्दै कप्तानसामु यस्तो इच्छा व्यक्त गर्नु स्वाभाविक थियो । भेषवाकर भन्छन्, ‘कप्तानलाई आवश्यक परेको खण्डमा म बलिङ गर्न तयार छु भनेको थिएँ, टोली प्रेसरमा रहेकाले पहिलो खेलमा मैले त्यो अवसर पाइनँ ।’ सायद वर्षाका कारण छोट्याइएको खेलमा अन्य नियमित बलर हुँदा–हुँदै भेषवाकरलाई बलिङ गर्न दिनु उपयुक्त ठानेनन् मल्लले । त्यसो त टिममा बलरका रूपमा रहेका मेहबुब आलमसमेत रिजर्भ रहेका वेला भेषवाकरले बलिङ गर्न पाउने चान्स कमै थियो । त्यतिकैमा केन्याले ५ विकेटले खेल जित्यो र भेषवाकरको बलिङको विषय पनि त्यहीँ नै सेलायो । पहिलो विकेट भेषवाकरले पहिलो खेलमा जनाएको इच्छा कप्तान मल्लले दोस्रो खेलको ३१औँ ओभरमा पूरा गरिदिए । भेषवाकर बलिङमा आउँदा केन्याले ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । क्रिजमा केन्याका कप्तान पटेल र ओपनर करिम थिए । यस्तोमा भेषवाकरको तेस्रो बलमा केन्याका करिमले चौका प्रहार गरेपछि धेरैमा अब उनले चुटाइ खाने भए भन्ने पर्यो‍ । तर, चौथो बलमा ३८ रन बनाएर खेलिरहेका करिमलाई आउट पारेपछि धेरैको आशंका तोडियो । ‘पहिलो खेलमै कप्तानसँग मलाई कन्फिडेन्ट छ, बलिङ गर्न सक्छु भनेको थिएँ, तर पाइनँ,’ भेषवाकर भन्छन्, ‘क्रिकेटमा बलिङ होस् या ब्याटिङ, अवस्थाअनुसार गर्नुपर्ने हुन्छ । डोमेस्टिक खेलमा बलिङ गरेकाले पनि मलाई त्रिविको पिचबारे धेरै ज्ञान थियो ।’ विकेट खसाल्छु भन्ने लागेको थियो त ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘मैले पहिल्यैबाट उसको (करिमको) खेल नियालिरहेको थिएँ । अफस्पिन बलमा ऊ आत्तिएको थियो । मैले त्यही लाइनमा अलि टाइट बल फालेर उसलाई आउट पारेँ ।’ काउन्टर अट्याक गरेर दोस्रो विकेट भेषवाकर ४५औँ ओभरमा आफ्नो तेस्रो ओभर लिएर आए । त्यतिवेलासम्म केन्याको अवस्था १४५–६ थियो । यस्तोमा केन्यालाई सस्तैमा समेट्न नेपालले रन रोक्नुका साथै विकेट निकाल्नुपर्ने टड्कारो थियो । तर, त्यसविपरीत भेषवाकरले तीन बल फ्याँकेर एक चौका र वाइडसहित ६ रन दिए । चौथो बल वाइड फ्याँकेका उनले अर्को बलमा कोलिन्सलाई बोल्ड पारे । ‘खेल सकिन केवल ५ ओभर बाँकी थियो, यस्तोमा दुवै टोली प्रेसरमा हुने गर्छन् । तीन बलमा ६ रन गइसकेको अवस्थामा म पनि केही प्रेसरमा थिएँ, जसरी पनि रन रोक्नु र विकेट निकाल्नु थियो,’ यस विकेटबारे भेषवाकर भन्छन्, ‘उसले कता हान्न खोज्दै छ भन्ने मैले पहिल्यै नै वाच गरिरहेको थिएँ । त्यसैले उसले ताकेकोतिर हान्न नमिल्ने गरी बल फालेँ, उसले मिस ग¥यो र आउट हुन पुग्यो ।’ कोलिन्सको विकेटलाई शरद ‘काउन्टर अट्याक’ भन्न रुचाउँछन् । कन्फिडेन्सले दिलायो तेस्रो विकेट ‘यस ओभरमा पहिलो विकेट लिएपछि ममा कन्फिडेन्स बढेको थियो,’ ४५औँ ओभरको पाँचौँ बलमा आफूले लिएको विकेटबारे भेषवाकर भन्छन्, ‘मैले एकैछिनमा प्लान बनाएँ, उसले बल मिस गरोस् र स्टम्प ढलोस् भन्ने मेरो प्लान थियो । काउललाई बोल्ड पारेको लाइनमै बल फालेँ, उसले मिस ग¥यो र मेरो जालमा प¥यो । सोचेजस्तै भयो ।’ उनले लगातार दुई विकेट लिएपछि केन्या १५१–८ को स्थितिमा पुग्यो । बिस्तारै खेलमा नेपाल हाबी हुँदै गयो । पहिलो खेल जितेको केन्यालाई भने कसरी बढीभन्दा बढी रन बनाउने भन्ने दबाब पर्न थाल्यो । झन्डै ह्याट्रिक लगातार दुई विकेट झारेपछि ह्याट्रिक विकेट लिने चान्स थियो, भेषवाकरलाई । बल पनि उनले राम्रै दिशामा फालेका थिए । तर, ब्याट्सम्यानले रोकिदिए । उनी भन्छन्, ‘ह्याट्रिक लिन्छु कि जस्तो लागेको थियो, बल पनि पहिले आउट गरेकै लाइनमा थियो । ब्याट्सम्यानले मिस गर्छ कि भन्ने लागेको थियो, तर रोकिदियो । ह्याट्रिक नभए पनि लगातार दुई विकेट चड्काएँ, म त्यसमै खुसी छु ।’ बल घुमाएर चौथो विकेट ४७औँ ओभरको पहिलो बलमै विकेट झार्दै भेषवाकरले केन्यालाई १ सय ५५ रनमा प्याक पारिदिए । अन्तिमतिर गतिला ब्याट्सम्यान हुँदैनन् भन्ने राम्रोसँग बुझेका उनले ब्याट्सम्यानलाई आफ्नो जालमा पारेरै छाडे । ‘ब्याट्सम्यानलाई लोभ्याउन सिम्पल बल फालेको थिएँ,’ अन्तिम विकेटबारे उनी ब्रिफिङ गर्छन्, ‘उसले हान्न खोजोस् र मिस गरोस् भनेर फालेको बल सोचेजस्तै भयो । बल टर्न भयो र सीधै विकेटमा गएर लाग्यो ।’ खेलमा ४ विकेट लिएसँगै नेपालको तर्फबाट डब्लुसिएल लिगमा व्यक्तिगत एकै खेलमा धेरै विकेट लिने खेलाडी बने भेषवाकर । धेरै पछि बलिङ गरेर ४ विकेट लिन सफल भएकोमा उनी खुसी छन् । भन्छन्, ‘बलिङ गर्न सक्छु भन्ने ममा आत्मविश्वास थियो । तर, टोलीमा ब्याट्सम्यानका रूपमा रहेकाले बलिङको अवसर कम नै आउने गरेको छ । टिमका लागि गर्नुपर्ने स्थानमा म पछि हट्दिनँ ।’ अर्को खेलदेखि त बलिङ पनि गर्नुहुन्छ होला होइन ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘त्यो त कप्तानले डिसिजन गर्ने कुरा हो ।’ जमेपछि जस्तो बल पनि सजिलो नेपालले मध्यम रनको लक्ष्य पाए तापनि सुरुवाती ओभरमा सस्तैमा दुई विकेट गुमायो । तेस्रो विकेटका लागि आएका दीपेन्द्रसिंह ऐरी र कप्तान मल्ल मिलेर १ सय ११ रनको शतकीय साझेदारी गरेपछि खेल नेपालको पक्षमा देखियो । ६२ रन बनाएर ऐरी ओबुयाको बलमा क्याच आउट भएपछि नेपालको इनिङ सम्हाल्न क्रिजमा भेषवाकर आए । सुरुवाती तीन बल डट खेलेका उनले चौथो बलमा २ रन जोड्दै खाता खोले । अर्को ओभरमा उनको ब्याटबाट तीन चौका बर्सियो । उनीसँगै जमिरहेका ज्ञानेन्द्रले ३०औँ ओभरमा १ छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत स्कोर ६४ पुर्या‍ए । ३१औँ ओभरमा भेषवाकरले ओबुयाको पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । ११ बलमा २४ रन हिर्काएका उनको स्ट्राइक रेट २१८.१८ बन्यो । ‘ब्याटिङका लागि स्टार्टिङ राम्रो भयो, म जाँदा हामीलाई थोरै रन आवश्यक थियो, हामीसँग विकेट धेरै थियो । त्यसैले विनाप्रेसर खुलेर खेल्न पाएँ,’ आफ्नो इनिङबारे भेषवाकर भन्छन्, ‘मैले टिमको रनरेट बढाउन चाहेँ र सोहीअनुसार ब्याटिङ गर्दै गएँ ।’ अन्तिम बलमा स्टाइलिस पारामा छक्का हान्नुभयो नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘क्रिकेट भनेको अवस्था हेरेर खेल्ने खेल हो, बलरले कसरी आउट पार्न खोजेको छ भन्ने बुझेर मैले काउन्टर दिएको हुँ । क्रिजमा जमेपछि जति राम्रो बल फाले पनि इजी लाग्छ । त्यतिवेला बल पनि त्यस्तै भेटेँ, कम रिस्कवाला सर्ट थियो त्यो ।’ इमर्जिङ कप जित्ने लक्ष्य यही मार्च २५ गतेदेखि अप्रिल ४ गतेसम्म बंगलादेशमा इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यू–२३ टिम तथा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलमा आफूहरू उपाधिका लागि प्रतिस्पर्धा गर्ने भेषवाकर बताउँछन् । भन्छन्, ‘प्रतिस्पर्धी देश र नाम हेरेर भन्दा पनि क्रिकेट ब्याट र बलको खेल हो । हामीले खेलमा सय प्रतिशत एफर्ट लगाउने हो, एउटा खेलाडी जहिल्यै देशका लागि खेल्छ । उसको लक्ष्य केवल जित हुन्छ । त्यसका लागि टिमवर्क चाहिन्छ, जुन हामीसँग छ । त्यसैले हाम्रो लक्ष्य केवल जित नै हुनेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE